६५ जनामा कोरोना पुष्टि

फाल्गुन २९, २०७८ मा प्रकाशित | 680 views

काठमाडौँ । गएको २४ घण्टामा नेपालमा ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार नौ सय ४७ जनाको नमुना परीक्षण गर्दा ६५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा एक सय ९२ जना कोरोना सङ्क्रमित निको भएका छन् । अब नेपालमा चार हजार नौ सय १७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या शून्यमा झरेकाे छ ।

यसैबीच २४ घण्टामा ८८ हजार चार सय ८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web