एमाले अध्यक्ष ओली कोरोनाबाट संक्रमित

माघ ९, २०७८ मा प्रकाशित | 407 views

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

ओली बालकोटस्थित निवासमा आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको उनले बताए ।

एमाले अध्यक्ष ओली मिर्गौला प्रत्यारोपणको बिरामी भएकाले यसअघि स्वास्थ्य सावधानीका उपाय अपनाउँदै आएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web