त्रिशूली । नुवाकोट जिल्ला कोरोना सक्रमणमुक्त भएको छ । यसअघि सक्रमित भएर उपचार गराउदै आएका विदुर नगरपालिका घर भएका दुईजना व्यक्ति सक्रमणबाट मुक्त भएसगैँ नुवाकोट जिल्ला हिजोदेखि कोरोना रोगको सक्रमणबाट मुक्त जिल्ला भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार नुवाकोटमा यसअघि पहिचान भएका सक्रमितहरु भएका सबैजना निको भएको र नयाँ सक्रमित थप नभएकाले कोरोना रोगको सक्रमणबाट जिल्ला भएको हो । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना रोग नुवाकोटमा सबैभन्दा पहिला २०७७ सालको जेठ ११ गते देखिएको थियो । कोरोनाको पहिलो लहर जेठ ११ गतेबाट सुरु भएर २०७७ फागुन २३ गते कोरोना सक्रमणमुक्त बनेको थियो । पुनः कोरोनाको दोश्रो लहरको सक्रमण आएसगैँ एक महिना पछि अर्थात २०७७ चैत २४ गते कोरोनाको नयाँ बिरामी पहिचान भएको थियो ।
त्यसपछि निरन्तर बढ्दै गएको रोगको सक्रिय सक्रमितको सङ्ख्या एकहजार २०० भन्दाबढी पुगेको थियो । पहिलो लहरमा एक जनाको मात्रै निधन भएकोमा दोश्रो लहरमा थप ५१ जनाको निधन भएसगैँ अहिलेसम्म ५२ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार कोरोनाको पहिलो लहरमा एक हजार १४५ जना सक्रमित पहिचान भएकोमा दोश्रो लहरमा सात हजार २४५ जना सक्रमित हुदै अहिलेसम्ममा कोरोना सक्रमित हुनेको कुल सङ्ख्या आठ हजार ३९० पुगेपछि सक्रमणमुक्त जिल्ला बनेको हो । अहिले कोरोना रोगबाट नुवाकोट जिल्ला सक्रमणमुक्त भएपनि नेपालमा रोगको सक्रमणको जोखिम भने कायमै रहेको र विश्वमा नयाँ भेरियण्ट ओमिक्रोन समेत फैलदै गएकाले रोगबाट सुरक्षित रहनको लागी अपिल गरिएको छ ।
कोरोना रोगबाट बच्न नुवाकोटबासीलाई अन्य जिल्लामा आउजाउ गर्दा सावधानि अपनाउन, बाहिर जिल्लाबाट आउने व्यक्तिको स्वास्थ्यप्रति निगरानी गर्न, कोरोना रोगबाट बच्नको लागी सरकारले निःशुल्क उपलब्ध गराइएको रोग विरुद्धको खोप सेवा लिनको लागी आग्रह गरिएको छ । नुवाकोट जिल्ला जस्तै रसुवा जिल्ला पनि यसअघि नै कोरोना सक्रमणमुक्त जिल्ला भएकाले दुवै जिल्लाले सावधान अपनाएर रोगको भाइरस भित्रन नदिनको लागी सजग हुनुपर्ने देखिएको छ ।
यसैगरी, कोरोना लगायतका अन्य सरुवा रोगबाट समेत बच्नको लागी स्वास्थ्य सुरक्षाको मापदण्डको पालना अन्तरगत घरबाट बाहिर सार्वजनिक स्थलमा आजजाउ गर्दा अनिवार्य रुपमा मास्क लगाउन, भौतिक दुरी कायम राख्न, साबुनपानीले राम्रोसंग हातधुन तथा स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्य कार्यालयले स्मरण गराएको छ ।
अहिले कोरोना रोगको सक्रमण नभएको समयमा नै रोगबाट बच्न सावधानी अपनाउनुपर्ने भएकाले स्वास्थ्य सुरक्षाको मपदण्डको पालना गर्न र रोगसंग मिल्दोजुल्दो लक्षण देखिएमा सतकर्ता अपनाउदै स्वास्थ्य परीक्षण गराउन एंव घरकै एकान्तबाँसमा बस्न स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले आग्रह गर्नुभएको छ ।
नुवाकोटका कोरोना रोग रोक्नको लागी त्रिशूली अस्पतालमा परीक्षणको लागी पिसिआर प्रयोगशाला, अक्सिजन उद्योग, भेण्टिलेटर, आइसियु र एचडियु सहित आइशोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ । त्रिशूली अस्पताल, खरानीटार अस्पताल र स्थानीयतहले करीब ५०० आइशोलेसन श्यया समेत सञ्चालनमा ल्याइएको थियो ।
16.09¡ÆC