उपप्रधानमन्त्री सहित उच्चस्तरीय टोलीद्धारा त्रिशूली थ्रि एको अवलोकन

असार ८, २०७३ मा प्रकाशित | 1088 views

रामहरी न्यौपाने-८ असार, त्रिशुली ।
भुकम्पका कारण रोकिएको ६० मेगावाट क्षमताको त्रिशूली थ्रि ए आयोजनाको काम हालसम्म शुरु हुन नसकेपछि आजउपप्रधान तथा उर्जा मन्त्री टोपवहादुर रायमाझि नेतृत्वको उच्च स्तरीय टोलीले आयोजनास्थलको अवलोकन गरेको छ ।

अवलोकनपछि संचारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै उपप्रधान तथा उर्जा मन्त्री रायमाझिले सरकार उर्जा संकट प्रति संवेदनशिल रहेकोले निर्माण अवरोधमा रहेका थ्रि ए लगायतका आयोजनाको निर्माण सम्पन्न गराउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो ।

आयोजना डेढ वर्ष पहिले नै सकिनुपर्नेमा ६० बाट ९० मेगावाट बनाउने विवादले ढिलो भएको थियो ।

चीनको एक्जिम बैैकले १ दशमलव ७५ प्रतिशत सहुलियत व्याज दरमा साढे १० अर्बको ऋण सहयोगमा आयोजना निर्माण भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web