जापानमा आमचुनावका लागि तयारी सुरु

अशोज १९, २०७८ मा प्रकाशित
Published at 2021-10-05

1032 views

काठमाडौँ । जापानमा आमचुनावको तयारी सुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री फुमियो किशिदाले आमचुनावको तयारी थाल्नुभएको हो ।

देशको १०० औं प्रधानमन्त्रीमा नियुक्त भएपछि किशिदाले चुनावको मिति घोषणा गर्ने तयारी थालेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले यही अक्टोबर ३१ का दिन चुनाव गर्नेगरी तयारी थाल्नुभएको छ ।

जापानको प्रतिनिधि सभाको अवधि यही अक्टोबर २१ देखि सकिँदैछ । प्रधानमन्त्री किशिदाले अक्टोबर १४ तारिखमा तल्लो सदन विघटन गर्ने योजना बनाएको खबरमा उल्लेख छ । गएको हप्ता सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व सम्हाल्नुभएको किशिदालाई हिजो संसदमा भएको मतदानले प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.