बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध नगर्न सरकारको अनुरोध

भदौ २१, २०७८ मा प्रकाशित | 423 views

काठमाडौँ । सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमित सेवा प्रवाहमा अवरोध नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरेको छ ।

प्रतिष्ठानका समस्या पहिचान तथा छानबिन गरी उच्चस्तरीय कार्यदलले सरकारसमक्ष प्रस्तुत गरेको प्रतिवेदन कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रतिष्ठान शुद्धीकरण अभियान, संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति भइसकेको सन्दर्भमा कोभिड महामारीको अहिलेको अवस्थामा स्वास्थ्यजस्तो संवेदनशील र अत्यावश्यक सेवा सञ्चालन गतिरोध सृजना नगर्न सरकारले अनुरोध गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनरत पक्ष र सरकारबीच भएका सहमति कार्यन्वयनमा गइसकेको जानकारी दिँदै नौ बुँदै प्रेस विज्ञप्तिमा सम्बोधन हुन बाँकी माग पनि कार्यान्वयनको प्रक्रियामा रहेकाले स्वास्थ्यसेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

यसैबीच, संघर्ष समितिका सदस्य डा. पदम नेपालीले तत्काल सम्बोधन गर्न सकिने मागलाई बेवास्ता गर्न नहुनेमा जोड दिए । जनस्वास्थजस्तो संवेदनशील विषयप्रति आफूहरू पनि संवेदनशील रहेको बताउँदै उहाँले सेवा प्रवाहमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web