जापानमा कोरोनाको डबल म्युटेन्ट भाइरस आक्रामक रुपमा फैलियो

साउन २७, २०७८ 2021-08-11 मा प्रकाशित
Published at 2021-08-11

1165 views

टोकियो (एजेन्सी) । जापानमा कोभिड-१९ संक्रमणको संक्रामक प्रकार डबल म्युटेन्ट भाइरस फैलंदो क्रममा रहँदा अवस्था थप बिग्रन थालेको छ ।

अगष्ट ११ तारिख बुधवार ओसाका, शिजुओखा लगायत आधा दर्जन प्रान्तमा एकैदिन संक्रमितको सर्वाधिक संख्या पुष्टि हुँदा देशमै नयाँ रकेर्ड बनेको छ ।

राजधानी टोकियो लगायत उच्च संक्रमण रहेको क्षेत्रमा नयाँ किर्तिमान नबनेपनि बुधवार जापानमा अहिलेसम्मकै धेरै कोरोनाका बिरामी पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार साँझ ७ बजेसम्ममा १५ हजार ८ सय १३ जना संक्रमित पुष्टि भएका छन् । यो एकैदिन संक्रमित कोभिड १९ संक्रमितको सबैभन्दा धेरै संख्या हो ।

बुधवार सम्ममा जापानमा कोरोना संक्रमण भएकाको संख्या १० लाख ७१ हजार ४ सय १५ पुगेको छ ।

जापानमा कोरोना संक्रमणबाट निधनको संख्या १५ हजार ३ सय पार भएको छ ।

कुल संक्रमित मध्ये हालसम्म ९ लाख बढी व्यक्ति निको भइसक्दा हाल उपचाररत १२ सय ५० जनाको अवस्था गम्भिर रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.