एकै दिन ४ हजारभन्दा धेरैमा काेराेना पुष्टि

साउन २०, २०७८ मा प्रकाशित | 358 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर चार हजार एक सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार तीन सय ५४ जनाको पीसीआर र चार हजार नौ सय ४४ जनाको एन्टिजेन गरी १६ हजार दुई सय ९८ नमुना परीक्षण गर्दा चार हजार एक सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षण गरिएकामध्ये २६ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको र यो दर निकै माथि भएकाले सचेतता अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

नेपालमा कोरोनाका सङ्क्रमितको सङ्ख्या सात लाख ६९ हजार नौ सय २२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा मात्रै एक हजार दुई सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । उपत्यकाको काठमाण्डाैमा नौ सय आठ जना, भक्तपुरमा दुई सय ६ जना र ललितपुरमा एक सय ६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ३५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६६ हजार ६ सय ५१ पुगेको छ ।

यही अवधिमा थप ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ । याेसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ सय ५७ पुगेको छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार चार सय ६४ रहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web