रेडियो चौतारीका पत्रकारले कार्यालयमै निःशुल्क सेनेटरी प्याड पाउने

साउन १६, २०७८ मा प्रकाशित | 355 views

लमजुङ । लमजुङको रेडियो चौतारीले कार्यालयमा कार्यरत पत्रकार महिलाका लागि सेनेटरी प्याडको व्यवस्था गरेको छ । बेंसीशहरमा कार्यालय रहेको रेडियो चौतारीले पत्रकार महिलाको सहजताका लागि सेनेटरी प्याडको व्यवस्था गरेको हो ।

आज रेडियो सञ्चालक संस्था लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको बैठकले रेडियोमा कार्यरत पत्रकार महिलाका लागि मासिक रुपमा सेनेटरी प्याडको व्यवस्था गर्ने निर्णय गरेको सञ्चालक संस्थाका अध्यक्ष ईश्वरबाबु पाण्डेले बताउनुभयो । उहाँका अनुसार रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी महिलालाई कार्य क्षेत्रमा सहज बनाउन महिला मैत्री अवधारणा अपनाइएको हो ।

महिनावारीको समयमा सहज रुपमा सेनेटरी प्याडको प्रयोग गर्न र काममा सहज बनाउन उक्त व्यवस्था गरिएको पाण्डेले बताउनुभयो । अध्यक्ष पाण्डेले पत्रकार महिला साथै सञ्चालक संस्थाका पदाधिकारी महिला तथा सदस्यलाई पनि सेनेटरी प्याडको व्यवस्था गरिएको बताउनुभयो ।

रेडियोका स्टेशन प्रमुख बेलिना थापाले रेडियोेमा कार्यरत पत्रकार महिला र सञ्चालक समितिमा रहेका महिलालाई महिनावारीको समयमा उनीहरुलाई सहज वातावरणको महसुस गराउन सेनेटरी प्याडको व्यवस्था गरिएको बताउनुभयो ।

दैनिक कार्य सम्पादनमा खटिएका पत्रकार महिला तथा कर्मचारी महिलालाई महिनावारी भएको समयमा काम गर्न सहज हुने भएकाले सेनेटरी प्याड उपलब्ध गराइएको उहाँले बताउनुभयो । यो व्यवस्थाले पत्रकार महिलालाई काम गर्न सहज महसुुस हुने रेडियोले जनाएको छ । रेडियोले कर्मचारीको हितका लागि विभिन्न व्यवस्था गर्दै जाने रेडियो संचालक समितिले जनाएको छ ।

रेडियो चौतारी ९१.४ मेगाहर्ज ९ बर्ष पूरा गरी १० औं बर्षमा प्रवेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web