नुवाकोटको ‘रक्तसञ्चार सेवा’ आफ्नै भवनमा, जिल्लामै प्लाज्मा संकलन सुरु गर्ने लक्ष्य

माघ १७, २०७७ मा प्रकाशित | 763 views

विदुर । नुवाकोट सहित याहँबाट अन्यत्र जाँच गराउन पुग्ने बिरामीको लागी रगत व्यावस्थापन गराउदै आएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटबाट सञ्चालित रक्तसञ्चार सेवाले आफै भवनबाट सेवा सुरु गरेको छ । त्रिशूली अस्पतालमा जाच गराउने बिरामीको लागी रगतको अभावले काठमाडौ पठाइने गरेको बाध्यता देखि ज्यानै जाने गरेको अबस्थालाई अन्त्यगर्दै चार वर्षअघि त्रिशूली अस्पताल परिसरबाट सेवा दिदै आएको रक्तसञ्चार सेवा आफ्नै भवन कोलनीबाट सञ्चालनमा आएको छ ।

स्वास्थ्य कार्यालयसगै रहेको रक्तसञ्चार सेवाको कार्यालयबाट बिरामीको लागी आवश्यक रगत उपलब्ध गराउन थालिएको छ भने रगत अभाव हुदाँ दातालाई आकस्मिक रुपमा रक्तदान गराउन समेत सुरु गरिएको छ ।

रक्तसञ्चार सेवा शुभारम्भको समयमा त्रिशूली अस्पतालमा उपचाररत बिरामी तथा गर्भवतीलाई प्रसुती गराउन आवश्यक परेको रगत चार जना दाताले आकस्मिक रक्तदान कार्यक्रम मार्फत दान गरेर थालिएको हो । रेडक्रस नुवाकोटका मन्त्री हरि श्रेष्ठ, रेडक्रस मार्फत नुवाकोटमा सञ्चालनमा रहेको प्रिपियर कार्यक्रमका कार्यक्रम अधिकृत मधुसुदन थापा, नुवाकोट सहित नेपालभरको लागी रगत व्यावस्थपन गर्दै आएको ब्लड अन रिक्योस्ट, नुवाकोटका एडमिन एंव सयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले बिरामीलाई रगत उपलब्ध गराउन र दातालाई रक्तदान गर्नको लागी नयाँ भवनबाट थालिएको सेवा थप प्रभावकारी र सरल बनाउदै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसअघि अस्पतालको प्रयोगशालालाई नै सञ्चालनमा रहेको रक्तसञ्चार भूकम्प प्रतिरोधी आफ्नै भवनबाट सुरु भएसगैँ अब सेवाग्राहीलाई थप सुविधा उपलब्ध गराउन नुवाकोटमा नै प्लाज्मा संकलन तथा उपलब्ध गराउने लक्ष्य लिइएको रेडक्रस नुवाकोट शाखाका मन्त्री हरी श्रेष्ठले बताउनुभएको छ ।

यसैगरी, रगतको सरल उपलब्ध गराउन अनलाइन मार्फत रगतको माग र रक्तदानमा सहभागी हुनको लागी ‘ब्लड अन रिक्योस्ट, नुवाकोट’ पेज मार्फत रक्तदाताहरु सदस्यको रुपमा जोडिनको लागी  ‘ब्लड अन रिक्योस्ट, नुवाकोट’का एडमिन मछिन्द्रनरसिंह प्याकुरेलले आह्वान गर्नुभएको छ । सबै व्यक्तिलाई आफ्नो रगत समूह थाहाँ पाउन, उमेर पुगेपछि नियमित रुपमा रगतदान गर्न तथा अरुलाई पनि रक्तदानलाई जीवन दान जस्तो पवित्र कार्यको रुपमा प्रोत्साहन गर्नको लागी रेडक्रस नुवाकोट मार्फत सञ्चालित प्रिपियर कार्यक्रमका कार्यक्रम अधिकृत मधुसुदन थापाले अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web