जापानमा कोरोना महामारी चरमोत्कर्षमा, राजधानी आसपास आपतकाल घोषणा

पुस २४, २०७७ मा प्रकाशित | 1577 views

गोकर्ण अधिकारी टोकियो, जापान । प्रधानमन्त्री सुगा योशिहिदेले कोरोना भाइरसको बिरूद्ध विशेष उपायहरु सम्बन्धी ऐनको आधारमा राजधानी टोकियो र आसापका क्षेत्रमा आपतकालिन अवस्था जारी गरेका छन ।

जनवरी ७ तारिख साँझ प्रधानमन्त्री सुगाले राजधानी टोकियो, साइतामा, चिबा र खानागावा क्षेत्रहरुलाई समेटेर आपतकाल घोषणा गरेका हुन ।

आपतकाल जनवरी ८ तारिखबाट लागू भइ फेब्रुअरी ७ तारिखसम्म जारी रहने घोषणामा उल्लेख छ ।

यसमा स्थानीय बासिन्दाहरुलाई घरभित्रै बस्न आग्रह गरिएको छ । रेस्टुरेन्ट र बारहरुलाई साँझ ७ बजेदेखि अल्कोहलको विक्री वितरण बन्द गर्न र साँझ ८ बजे पसल नै बन्द गर्न अनुरोध गरिएको छ । जिम र डिपार्टमेन्ट स्टोर र मनोरञ्जन एकाईहरुले पनि सञ्चालन अवधि कम गर्नु पर्नेछ ।

टोकियोमा संक्रमितको संख्या २ हजार ४४७ को नयाँ उचाईमा उक्लिएकै दिन यस्तो घोषण भएको हो । यो बुधवार कायम नयाँ उचाईभन्दा ८ सय बढी हो ।

शुक्रबार नै जापानमा कम्तिमा ७५ सय व्यक्ति कोरोना संक्रमित भएको अधिकारीहरुले बताएका छन् । यो संख्या कोरोना महामारी यताकै सर्वाधिक भएको यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

आपतकालले टोकियो, र आसपासका खानागावा, चिबा र साइतामा प्रिफेक्चरलाई  समेटेको छ । यहाँ बासिन्दाहरुलाई विशेषगरी साँझ ८ बजेपछि अत्यावश्यक

बाहेक अन्य कामका लागि घर बाहिर नजान भनिनेछ ।

कम्पनीहरुलाई पनि कर्मचारीहरुलाई घरबाटै काम गर्न वा भिन्ना भिन्नै समयमा कार्यालयमा बोलाउन प्रेरित गरिनेछ । कार्यालयमा आएर काम गर्ने कर्मचारीको

संख्या ७० प्रतिशत कम गर्ने सरकारी लक्ष्य छ ।

कार्यक्रमहरुमा दर्शकको संख्या कार्यक्रमस्थलको क्षमताको ५० प्रतिशत वा ५ हजारमा सीमित पारिनेछ । यी उपायहरु यस अघि अप्रिलमा घोषणा भएको आपतकालको

भन्दा अलि खुकुलो हो । त्यति बेला देशभर विद्यालय र व्यवसायहरु अस्थायी रुपमा बन्द भएका थिए भने कार्यक्रमहरु पनि रद्द गरिएका थिए ।

अनुपालना नगर्नेहरुलाई सजायको पनि व्यवस्था छ । विश्वविद्यालयका प्रवेश परीक्षाहरु यही महीनाको अन्त्यतिर तय मितिमै हुनेछ । सरकारले पब, बार र

रेस्टुरेन्टहरुलाई अनुरोध मानेर व्यवसाय सञ्चालन कम गरेबापत यस अघि दिँदै आएको दैनिक ४० हजार येन सहुलियत बढाएर अधिकतम् ६० हजार येनमा पुर्याउने

भएको छ । अनुपालना गर्न नमान्ने व्यवसायको नाम र ठेगाना सार्वजनिक गरिने आधारभूत योजना छ ।

साँझ ८ बजेपछि बन्द गर्नु पर्ने व्यवस्थाबाट टेक आउट र डेलिभरीलाई छूट दिइनेछ । टोकियोमा कोरोना भाइरस संक्रमितको संख्या ५०० अर्थात् अहिलेको

भन्दा २० प्रतिशतमा आयो भने आपतकाल हटाइने कोरोना भाइरस नियन्त्रणको जिम्मा पाएका मन्त्री यासुतोशी निशिमुराले बताएका छन् ।

अहिले देशव्यापी रुपमा संक्रमण बढिरहेको छ । बुधवार जापानमा दैनिक संक्रमितको संख्या पहिलो पटक ६ हजार नाघेको थियो । हालैका हप्तामा देशभर

देखिएको संक्रमित मध्ये करीब आधा टोकियोका छन् ।

कोरोना महामारीले जापानमा ८० हजार ब्यक्तिले रोजगार गुमाए :

जापानमा कोरोना भाइरस महामारीको असरकै कारण ८० हजार भन्दा धेरैले रोजगारी गुमाएको सरकारी तथ्यांकले देखाएको छ । श्रम मन्त्रालयका अनुसार गत वर्षको जनवरीको अन्त्यदेखि बुधवारसम्मको अवधिमा करीब ८० हजार १०० जना बेरोजगार भएको वा जागिर गुमाउने क्रममा छन् ।

मन्त्रालयको तथ्यांकले श्रम अधिकारी र सार्वजनिक कर्मचारी भर्ती कार्यालयसँग भएको तथ्यांकलाई मात्रै समावेश गरिएकोले वास्तविक आकार यो भन्दा पनि धेरै हुन सक्ने अनुमान गरिएको छ । तथ्यांक अनुसार म्यानुफ्याक्चरिङ क्षेत्र महामारीको सबैभन्दा धेरै मारमा छ । डिसेम्बर २५ सम्ममा यस क्षेत्रबाट १७ हजार जनाले रोजगारी गुमाएका छन् । यस सूचिमा दोस्रो स्थानमा रहेको रेस्टुरेन्ट उद्योगबाट रोजगारी गुमाउनेको संख्या ११ हजार छ । खुद्रा क्षेत्रमा १० हजार भन्दा थोरै बढीले रोजगारी गुमाएका छन् । होटल क्षेत्रबाट पनि ९ हजार ६०० जनाले जागिर गुमाएका छन् ।

बिहिवार टोकियो र आसपासका प्रिफेक्चरमा सरकारले आपतकाल घोषणा गर्दैछ । यसका कारण थप रोजगारी गुम्ने चेतावनी कर्मचारी संगठनहरुले दिइरहेका छन्

।मन्त्रालयले रोजगारी जोगाउन कम्पनीहरुलाई सरकारले दिने सहुलियतका लागि आवेदन दिन अनुरोध गरिरहेको छ । अर्को तथ्यांकले भने महामारीले मानिसहरुको आम्दानी खुम्चिरहेको देखाएको छ

। मन्त्रालयका अनुसार नोभेम्बरमा औसत मासिक तलब २ हजार ७०० रहेको छ । योसँगै आम्दानी लगातार ८ औं महीना पनि घटेको हो । गत वर्षको सोही अवधिको

तुलनामा भने यो येनमा २ दशमलव २ प्रतिशत कम हो । संकटका कारण केही कम्पनीहरुले बोनस ह्वात्तै घटाएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web