जापानमा कोरोना भाइरसको लागि २१८ खर्ब ४० अर्ब येनको पूरक बजेट पारित

पुस १, २०७७ मा प्रकाशित | 1777 views

गोकर्ण अधिकारी,

टोकियो । जापानले २१८ खर्ब ४० अर्ब येन (२ खर्ब १० अर्ब अमेरिकी डलर) बराबरको पूरक बजेट पारित गरेको छ । मंगलबार त्यहाँको मन्त्री परिषद्ले कोरोना भाइरसको महामारीको मारबाट बिस्तारै उब्रिने क्रममा रहेको आर्थिक पुनःबहालीलाई टेवा दिन आर्थिक वर्ष २०२० का लागि सो पूरक बजेट पारित गरेको हो ।

बजेटमा २२४ खर्ब येनबराबरको राष्ट्रिय ऋणपत्र जारी पनि समावेश गरिएको छ । यसले मार्चसम्म चल्ने चालु आवको लागि कर राजस्वमा अनुमान गरिएको कमीको पूर्ति गर्नेछ । सरकारले यस अघि ६३५ खर्ब १० अर्ब येन हुने अनुमान गरेको कर राजस्व समेत घटाएर ५५१ खर्ब ३० अर्ब येनमा झारेको छ ।

योसँगै चालु आवका लागि जापानले जारी गरेको नयाँ ऋणपत्रको आकार १ हजार १२ अर्ब येनको कीर्तिमानी उचाईमा पुग्नेछ । यो विश्वव्यापी वित्तीय संक्टपछि आव २००९ मा जारी गरिएको ५१९ खर्ब ५० अर्ब येन बराबरको ऋणपत्रको तुलनामा दोब्बर भन्दा धेरै हो ।

तीन ओटा पूरक बजेटसँगै चालु आवका लागि जापानको कूल खर्च १ हजार ७५० खर्ब येनमा पुगेको छ । चालु आवको लागि प्रारम्भिक बजेट भने १ हजार २६ खर्ब ६० अर्ब येन थियो । कोरोना भाइरसको महामारी विरुद्धको लडाईका लागि सरकारको ऋण बढेसँगै जापानको वित्तीय स्वास्थ्य थप बिग्रिने चिन्ता बढेको छ ।

जापानको कर्जा प्रमुख विकसित देशहरुमध्ये सबैभन्दा खराब छ । जापानमा नयाँ भाइरस संक्रमित, संक्रमणका कारण म'र्ने र गम्भीर बिरामीको संख्या कीर्तिमानी उचाईमा पुगेकै बेलामा बजेट पारित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web