गोकर्ण अधिकारी-टोकियो, जापान ।

जापानी वैज्ञानिक र प्रविधि निर्माताहरुले स्वासबाटै कोरोना भाइरस संक्रमण पत्ता लगाउने प्रविधि निर्माण गरेको घोषणा गरेका छन् ।

तोहोकु विश्वविद्यालय र सुक्ष्मता नाप्ने उपकरण निर्माता शिमादजु कर्पोरेशनले संयुक्त रूपमा श्वासबाटै कोरोना संक्रमण भए नभएको जाँच गर्ने

प्रविधि निर्माण गरेका हुन् ।

यस प्रणालीको परिक्षण शुद्धता व्यापक रूपमा प्रयोग गरिंदै आईएको पोलिमरेज चेन रिएक्शन पिसिआर टेस्टले हासिल गरेको स्तर जत्तिकै रहेको

विश्वविद्यालय र शिमादजु कर्पोरेशनले शुक्रवार घोषणा गरेका छन् ।

प्रविधि निर्माताहरुले करिव ६ महिना क्लिनिकल अनुसन्धान गरेपछि यसलाई व्यवहारिक उपयोगमा बजारमा लैजाने लक्ष्य राखेको बताएका छन् ।

यो प्रविधिले कोरोना परीक्षण गर्दा यसमा निहित पानीको बाफलाई जाँच्न ५ देखि १० मिनेटसम्म लगाउने बताईएको छ ।

पानीमा प्रोटिन र अन्य पदार्थहरूको विश्लेषण गर्दा, सिस्टमले तिनीहरू भाइरससँग सम्बन्धित छ कि छैन भनेर निर्णय गर्छ ।

यो प्रणालीले स्वासलाई विश्लेषण गरेपछि व्यक्ति संक्रमित छ वा छैन भनेर निर्धारण गर्दछ । यसका साथै उनिहरुमा संक्रमणको जोखिम कत्तिको छ भन्ने

अनुमान पनि लगाउँदछ ।

हालसम्मको अनुसन्धानमा तोहोकु विश्वविद्यालय र शिमादजु कर्पका अनुसन्धानकर्ताहरुले यो प्रणालीले स्वासकै भरमा कोरोना भाइरस

संक्रमितहरुलाई पत्ता लगाएर पुष्टि गरेको बताएका छन् ।

तोहोकु युनिभर्सिटीका अध्यक्ष हिदेओ ओनोले भनेका छन् यो प्रणालीले नयाँ कोरोना भाइरस बाहेक अरु धेरै भाइरसहरू पनि पत्ता लगाउन सक्छ र कोभिड

पश्चात अन्य संक्रमित रोगहरू विरुद्धको लडाईमा समेत सहयोग पुर्याउँदछ ।

15.65¡ÆC