६५ बर्ष नाघेका जापानीको संख्या ३ करोड ६० लाख अर्थात् विश्वकै धेरै

अशोज ५, २०७७ मा प्रकाशित | 1109 views

गोकर्ण अधिकारी टोकियो, जापान ।

जापानमा ६५ बर्ष वा सो भन्दा बढी उमेरका नागरिकको संख्या ३ करोड ६० लाख नाघेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ६५ बर्ष पुगेका वा सो भन्दा बढी उमेरका व्यक्तिको संख्या ३ करोड ६० लाख १७ हजार पुगेको छ ।

बृद्ध उमेर मानिने ६५ बर्ष पार गरेका नागरिकको यो संख्या जापानमा अहिलेसम्मकै धेरै हो । तथ्यांक अनुसार हाल जापानको कुल जनसंख्याको २८.७ प्रतिशत बृद्ध व्यक्तिहरुको संख्या रहेको छ । जापानको जनसंख्या १२ करोड ७१ लाख भन्दा केही बढी रहेको छ ।

जापानमा हरेक बर्षको सेप्टेम्बर तेस्रो साताको सोमबार मनाईंदै आएको पाका उमेरका व्यक्तिहरुको दिवस केईरो नो ही को संघारमा सरकारले आईतबार यो तथ्यांक सार्वजनिक गरेको हो । मन्त्रालयले जापानको कुल जनसंख्यामा बृद्ध व्यक्तिहरुको यो प्रतिशत रेकर्ड विश्वकै पहिलो समेत भएको बताएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको जनसंख्याको अनुमानित तथ्यांक अनुसार ६५ बर्ष उमेर नाघेका ३ लाख नागरिक पछिल्लो एक बर्षमा थपिएका छन् । एकै बर्ष यतिधेरै बृद्ध उमेरका नागरिक थपिएको जापानको ईतिहाँसमै यो पहिलो रेकर्ड समेत भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

अर्को तर्फ गत बर्षको तुलनामा जापानको जनसंख्या २ लाख ९० हजारले घटेको छ ।  जापानमा ६५ बर्ष उमेर भन्दा माथिका बृद्ध व्यक्तिहरुको संख्या प्रतिशतको आधारमा अघिल्लो बर्षको तुलनामा ०.३ ले बृद्धि भएर २८.७ प्रतिशत पुगेको छ ।

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार जापानको बृद्ध व्यक्तिहरुको संख्या दोस्रो स्थानमा रहेको ईटालीको भन्दा ५ प्रतिशतले बढी हो । जापानमा कुल बृद्ध व्यक्तिहरु मध्ये १ करोड ५० लाख ७३ हजार पुरुष रहेका छन् । यसैगरि महिलाहरुको संख्या २ करोड ४४ हजार रहेको छ । पुरुषको तुलनामा बृद्ध महिलाको संख्या ४० लाख ७१ हजार बढी रहेको तथ्यांकमा उल्लेख छ ।

जापानमा ७० बर्ष वा सो भन्दा बढी उमेरका महिलाहरुको संख्यामा पनि रेकर्ड बनेको छ । महिलाको जनसंख्याको २५ प्रतिशत ७० बर्ष पुगेका बृद्धाहरु छन् । परिश्रमी नागरिकको परिचय बनाएका जापानीहरुमा बृद्धको संख्या बढेपनी उमेर बढेसँगै रोजगार गरिराखेका जापानीको संख्या पनी बढेको छ ।

तथ्यांक अनुसार करिव ८१ लाख बृद्ध व्यक्तिहरु नियमित काम गरिरहेका छन् । जुन जापानमा श्रम गर्ने जनशक्तिको १३.३ प्रतिशत हुन आउँछ । ६५ बर्ष पार गरेका नागरिकहरु निरन्तर काममा सक्रिय रहेको यो संख्या पनी जापानको नयाँ रेडर्क बनेको छ ।

जापानमा बृद्ध उमेरमा गनिएका व्यक्तिहरुको जनसंख्या मध्ये २४.९ प्रतिशत रोजगार गरिरहेका छन् । जुन संख्या लगातार आठौं बर्ष उकालो लागिरहेको तथ्यांकले देखाउँछ ।  अन्तर्राष्ट्रिय तथ्यांकसँग तुलना गर्ने हो भने पनी जापानमा उमेर पुगेका बताईने ६५ बर्ष नाघेका व्यक्तिहरु रोजगारमा आवद्ध यो संख्या विश्वकै उच्च हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web