
ज्याक खड्का-टोकियो ।
जापानी युवतीलाई छुरा प्रहार गर्ने एक नेपाली युवा जापानमा पक्राउ परेका छन् ।
१९ वर्षीया जापानी छात्रालाई छुरा हान्ने २५ वर्षीय किशोर स्याङतान पक्राउ परेका हुन् ।
जापानको कोबे सिटीमा घटना घटेको जापानी प्रहरीलाई उदृत गर्दै जापानी सञ्चार माध्यमहरुले समाचार प्रशारण गरेका छन् ।
छुरा प्रहार गरिएकी जापानी छात्राको अवस्था चिन्ताजनक खतरामुक्त रहेको छ । छुरा प्रहर गर्ने नेपाली युवा पक्राउ परेका छन् ।
सोमबार मध्यराती युवतीको पेटमा छुरा हानेका स्याङतानले जापानी युवती आफ्नु पूर्व प्रेमीका भएको प्रहरीलाई बयान दिएका छन् ।
नाम नखुलाइएकी जापानी युवती आफ्नो पूर्व प्रेमिका भएको र उनले धोका दिएपछि आवेशमा आएर आफुले छुरा प्रहार गरेको स्याङतानले बताएका छन् ।