
काठमाडौं ।
ग्रामिण परिवेश तथा मनोरञ्जनात्मक कथामा आधारित प्रतिक्षित चलचित्र मिस्टर झोलेको ट्रेलर सार्वजनिक भएको छ ।
पौष २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको चलचित्र ‘मिस्टर झोले’ कमेडी कथावस्तू रहेको ट्रेलरमा देखिएको छ ।
सार्वजनिक ट्रेलरमा दयाहाङ राई, वर्षा राउत, बुद्धि तामाङ, दिया पुन, प्रविन खतिवडा, अरुणा कार्की लगायतका कलाकार देख्न सकिन्छ ।
टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘मिस्टर झोले’ २०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको चलचित्र झोलेको सिक्वेल हो । नाम सिक्वेल भएपनि कथावस्तू भने फरक छ ।
रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको चलचित्रलाई शैलेन्द्र डी कार्कीले छायांकन गरेका हुन् । यसैबिच मिस्टर झोले जापानमा आगामी जनवरी २१ तारिखमा प्रदर्शन गरिने भएको छ ।
टोक्यो ड्रिम्स इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको चलचित्र साँझ ६:३० बजेबाट नाकानो जिरोहलमा प्रदर्शनको मिति तोकिएको छ ।