रेमिट्यान्स देखी हवाई टिकट एवं मोवाईल सेवा सहित इकेबुकुरोमा सिञ्जोउको सेवा

मंसिर २७, २०७४ मा प्रकाशित | 3570 views

<p>टोकियो ।</p><p>नेपालीहरुको बसोबास र आवागमन बाक्लो रहेको राजधानी टोकियोको इकेबुकुरोमा एकै छाना मुनि विभिन्न सेवा उपलव्ध गराउने उदेश्यले सिञ्जोउ कर्पोरेशन लिमिटेडले आफनो सेवा थालेको छ ।</p><p>नेपालीहरुका लागि लक्षित गरि खोलिएको कार्यालयबाट फुदो सान, मोवाईल सेवा, हवाई टिकट, डिजाईन, रेमिट्यान्स लगायतका सेवाहरु उपलव्ध गराइने कर्पोरेशनका सिइओ उत्तम कुमार श्रेष्ठले जानकारी दिए ।</p><p>
उद्घाटन कार्यक्रममा कर्पोरेशनका सिइओ उत्तम कुमार श्रेष्ठ, इजिलिंक रेमिट्यान्सका सिइओ डिपी अर्याल, सफ्ट बैकका शिव घिमिरे, सनराइज कर्पोरेसनका रविन्द्र गोर्खाली, कलाकार एवं पत्रकार ज्याक खड्का लगायतले रिवन काटेर कार्यालयको उद्घाटन गरेका थिए ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web