जापानमा दुई नेपाली जापानी युवतीमाथि यौन दुराचार गरेको आरोपमा पक्राउ

टोकियो ।

पैसा दिएर जापानी किशोरीलाई होटलमा लगि यौन दुराचार गरेको आरोपमा दुई नेपाली युवा पक्राउ परेका छन् ।

समाचार अनुसार हाईस्कुल पढ्ने जापानी छात्रालाई पैसा दिएर होटलमा लगि यौन दुराचार गरेको घटनाको एक बर्षपछि उनिहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका नेपाली युवाहरुले १५ हजार येन दिएर उक्त किशोरीलाई यौन दुराचार गरेको बताएको छ ।

प्राप्त समाचार अनुसार सिजुओका प्रान्तको सिजुओका शहर, आओई वार्डमा बस्दै आएका उनीहरु पक्राउ परेका हुन् ।

सामाजिक संजालमा चिनजान भएकै आधारमा भेट गर्न बोलाएर पैसाको लोभ देखाइ सामुहिक यौन दुराचार गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका मध्ये एकले आरोप स्विकार गरेको समेत बताइएको छ ।

सन् २०१६ को मे महिनाको ८ तारिखमा भएको भनिएको उक्त घटना युवतीले घर फर्कंदा बाटो पत्ता नलागेपछि प्रहरीलाई सोध्ने क्रममा खुलासा हुन पुगेको थियो ।

प्रहरीले युवतीमाथि थप केरकार गर्दा घटनाबारे बताएकी थिइन् । युवतीको भनाई र सामाजिक सञ्जालमा युवतीमाथि सम्पर्क गर्न प्रयोग गरिएको ठेगाना हेरेर उनीहरुबारे खोजि र जानकारी बटुलीरहेको प्रहरीले युवतीले आफुमाथी होटलमा यौन दुराचार भएको बताएपछि उनिहरुलाई पक्राउ गरेको जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।

युवकहरु र युवतीबिच सहमतीमै यौन कृयाकलाप भएको भएको ठानिएपनि जापानी किशोरी १८ बर्ष उमेर भन्दा कम भएका कारण जापानी नियमानुसार कम उमेरको किशोरीमाथि यौन क्रियाकलाप कानुनी विषय भएकाले नेपाली युवाहरु पक्राउ परेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

TOP