नेपालमा बिदेशी लगानि बढ्दै-जापानी लगानीकर्ता नेपालमा

कार्तिक २१, २०७४ मा प्रकाशित | 1675 views

काठमाडौं ।

नेपालमा लगानीको वातावरण अध्ययन गर्न गएको जापानी उद्यमी व्यवसायी र लगानीकर्ताहरु सम्मिलित प्रतिनिधिमण्डले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसँग अन्तरक्रिया गरेको छ ।

सिंगापुरमा लगानी गरिरहेका जापानका विभिन्न ८ वटा कम्पनीहरुको प्रतिनिधित्व गर्दै आएको १२ सदस्यीय जापानी प्रतिनिधिमण्डल र नेपाली उद्यमी व्यवसायीबीच भएको अन्तरक्रियामा जापानी लगानीकर्ताहरुले नेपालमा लगानीको वातावरण, लगानीका क्षेत्रहरु, बजार, नीतिगत व्यवस्थाका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

जापान चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज सिंगापुरका अध्यक्ष तोचीओरी ताकुहिरोको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले अन्तरक्रियामा नेपालको उर्जा, कार्गो, होटल व्यवसाय, लजिष्टिक सेवाहरु, कृषि, पर्यटन आदि क्षेत्रमा लगानी तथा आयात निर्यात व्यापार गर्न इच्छा देखाएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले विदेशी लगानी भित्र्याउन नेपाल सरकार अत्यन्त उत्साहित भएकाले यो समयमा लगानी गरी नेपालको विकास प्रयासमा सहयोग गर्न जापानी लगानीकर्तालाई आग्रह गर्नुभयो ।

नेपालका लागि जापानी राजदुत मासासी ओगावाले जापानी लगानी बढाउन कुटनीतिक पहल भइरहेको जानकारी गराउनु हुँदै नेपालमा जापानी लगानी तथा विकासको आदान प्रदान गर्न जापानी लगानीकर्तालाई अनुरोध गर्नुभयो ।

प्रतिनिधिमण्डलका नेता एवं जापान चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिज सिंगापुरका अध्यक्ष तोचीओरी ताकुहिरोले नेपालको उद्यम व्यवसायका बारेमा अध्ययन गरी लगानी विस्तारका योजना बनाउन भ्रमण गरेको भन्दै नेपालमा लगानी विस्तारका बारेमा नेपाल उद्योग वाणिज्य महासंघसँग नजिकमा रहेर काम गर्ने विश्वास दिलाउनु भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web