राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतीष्ठान जापान शाखा संयोजकमा युवराज, उपसंयोजकमा सुर्य र पुरुषोत्तम

भदौ २६, २०७४ 2017-09-11 मा प्रकाशित
Published at 2017-09-11

994 views

टोकियो ।

रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेका नेपाली लोकगित तथा दोहोरिगीतका क्षेत्रमा क्रियाशिल संगितकर्मीहरु एकजुट भएका छन् ।

लामो समयदेखी जापानमा रहेर पनि लोक तथा दोहोरीगीतमा सक्रिय रहँदै आएका नेपाली संगितको क्षेत्रमा क्रियाशिलकलाकर्मीहरुले युबराज आचार्यको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतीष्ठान जापान शाखा गठन गरेका छन् ।

उप –संयोजकमा सुर्य खड्का र पुरुषोत्तम सिग्देल रहेको शाखाको सचिबमा नारायण कंडेल रहेका छन् । राजधानी टोकियोको कामतामा भएको भेलाले कोषाध्यक्षमा ऋषीराम कंडेललाई चयन गरेको छ ।

सर्वसम्मत रुपमा नेतृत्व चयन हुने क्रममा सदस्यहरुमा ऋषी पौडेल, छवि पाण्डे,दिपक शर्मा,महेन्द्र न्यौपाने ,चेतन घर्तीमगर,यदुराम सापकोटा, कुलबीर थापा,दिलेन्द्र जोशी,श्याम शितल श्रेष्ठ,सोना के सी , प्रभा न्यौपाने,अमित सापकोटा ,दिपक बशन्त कार्की, होम पुन, मुक्ती सुवेदी र समुन्द्रराज पौडेल रहेका छन् ।

जापानमा रहेका सबै कलाकारहरुको साझा संगठन गर्ने बिषयमा भएको निरन्तरको प्रयास पछी शाखा गठन गरीएको बताइएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल संग समन्वय गरी जापानमा रहेका कलाकार तथा बिभिन्न ब्यक्तित्वहरुको रोहबरमा तदर्थ समीती गठन गरीएको नवनियुक्त संयोजक युवराज आचार्यले जानकारी दिए ।

भेलाले पिताम्बर चापागाई ९पदमपानी० को संयोजकत्वमा ५ सदस्यीय बिधान मस्यौदा समिती र रामकृष्णबम मल्लको संयोजकत्वमा ३ सदस्यीय अधिवेशन तयारी तथा निर्वाचन समिती समेत गठन गरेको आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.