टोकियो ।

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले आयोजना गरेको दुइ दिवसीय तीज महोत्सव २०१७ को लागि गायिका सीता के सी नेपालबाट जापान आइपुगेकी छीन् ।

यहि अगष्ट २० तारिख आइतबार नाकानो जेरो हल र २२ तारिख मंगलबार मेगुरो कुमिन सेन्टरमा पूर्व निर्धारित समयमै कार्यक्रम शुरु हुने र २० तारिख आइतबार नाकानो जेरो हलमा हुने कार्यक्रममा कुनै औपचारिक कार्यक्रम नहुने र २२ तारिख मेगुरो कुमिन सेन्टर मेगुरोमा मात्रै निमन्त्रणा गरिएको पदाधिकारीहरुलाइ स्वागत तथा औपचारिक कार्यक्रम गरिने तीज कार्यक्रम संयोजक दिपा कार्कीले बताईन ।

बिपतमा मन खोलेर रमाऊन नसकिएला, देशको पिर भुलेर, खुलेर नाच्न नसकिएला तर वर्षमा एकपटक आऊने नारीहरूको चाड रमाईलो सँग मनाऔं ।

पिरले पिर बढाऊछ, साथी भाई भेटघाट र संगितले मानसिक तनाव कम गर्ने छ र यो सँगै देशलाई पनि सहयोग पुग्नेछ, तराइको शोकाकुल घडीमा शोकलाई शक्तिमा बदल्न र जुटेको रकम बाढिपीडितलाई सहयोग गर्ने प्रमुख लक्ष रहेको तिज महोत्सबका लागि आयोजक संस्था म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्यले जापानवासी नेपालीसंग सहयोगी भूमिका निर्बाह गर्नु अनुरोध गरेकी छिन ।

तीज महोत्सव २०१७ को सम्पूर्ण तयारि पुरा भएको र जापानमा रहेका विभिन्न संघ सस्थामा पत्राचार गरिसकेको र कारणबश पत्र नपुगेको खण्डमा यहि समाचारलाई निमन्त्रणा सम्झी कार्यक्रममा उपस्थितिको लागि विभिन्न संघ सस्थाका प्रतिनिधि,ब्यबसायी,अग्रजहरु र जापानबासी दाजुभाइ दिदीबहिनी सबैलाई आयोजक सदस्य सुमी केसी ले हार्दिक अपिल गरेकी छिन ।

17.32¡ÆC