क्यान्सर मात्रै हाेइन, ब्लड प्रेसर र किड्नी समेत ठीक गर्छ नेपाली जमराले…

साउन २७, २०७४ मा प्रकाशित | 1094 views

दशैँ न त तिहार, बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छ । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलामा । बिहान उठ्ने बित्तिकै गहुँ भिजाउनु, माटो तयार गर्नु, जमरा रोप्नु, उम्रीसकेका जमरामा पानी हाल्नु र तयार भईसकेका जमरा उखेलेर त्यसको रस निकाली बिरामीलाई खुवाउनु काठमाडौँ माकलबारीकी सीता भट्राईको दैनिकी हो । उनलाई बिहान उठेदेखि राती सुत्ने बेलासम्म जमराको स्याहार सुसार गर्दैमा भ्याई नभ्याई हुन्छ ।

हिन्दुहरुले बडा दशैँमा पवित्र मानेर शीरमा लगाउने जमराको सेवनले मुटु रोग, दम, क्यानसर र अन्य कैयौँ रोग निको हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर जमराको रसको सेवनले हाड जोर्नी सम्बन्धी रोग, पाचन प्रणालीको समस्या, स्वास प्रस्वास सम्वन्धी रोग, मुत्र सम्वन्धी गडबडी, मुटु रोग तथा अन्य सबै खालका दीर्ध रोग निको हुने भन्दै सीता भट्राई बिगत १ वर्ष यता अनबरत रुपमा यसको खेती गरि यसलाई औषधीको रुपमा प्रयोग गर्दै आएकी छिन् । घरको वल्लो कुनादेखि पल्लो कुना सम्म र तलदेखि माथि सम्म जमराका गमलाले खचाखच भरिएको हुन्छ । अझ भनौं, उनको घर नै जमरामय बनेको छ ।

त्यसो त सीता भट्टराई आफै पनि क्यान्सर पीडित थिइन् । आजभन्दा १९ वर्षअघि ‘एनिमिया’ रोगले ग्रसित उनको गर्भावस्थाका बेला छातीको क्षयरोग देखाप¥यो । लामो समयसम्म क्षयरोगको औषधी सेवन गरिरहेकी उनलाई औषधीको साइड ईफेक्ट देखा पर्न थाल्यो । एनिमिया र क्षयरोगको उपचार गरिरहेकी उनी फेरि थाइराइडले ग्रसित भईन् । उपचारका लागि विभिन्न अस्पताल धाइन् । तर, नेपालका कुनै पनि अस्पतालले उनको समस्या समाधान गर्न सकेनन् ।

नेपालमा उपचार सम्भव नदेखेपछि उनी भारतको नयाँ दिल्ली पुगिन् । उनलाई दिल्लीको डंकन अस्पतालले क्यान्सर रोग भएको पुष्टि ग¥यो । दिनानुदिन एकपछि अर्को गर्दै रोग थपिँदै गएकाले सीता आक्रान्त बनेकी थिइन् । उपचारमा थुप्रै रकम खर्च भयो तर उनको रोग बीसको उन्नाईस भएन । उनका श्रीमान् प्रताप भट्राईले श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेनन् । नेपाल र दिल्लीमा मात्र करिव १२ लाख रुपैयाँ उपचारमै खर्च गरे तर सब निरर्थक भयो । आफूसँग भएको सबै पैसा रित्तियो । उनीसँग अन्य कुनै विकल्प बाँकी रहेन । जति खर्च गरे पनि रोग निको हुने संकेत नदेखेपछि निराश हुँदै उनीहरू नेपाल फर्किए । नाम चलेका देश–विदेशका थुप्रै अस्पताल चहार्दा समेत उपचार सम्भव नभएपछि उनको बाँच्ने आशा पनि मरिसकेको थियो ।

घरमा नाबालक दुई छोरा र श्रीमानलाई देखेर सीता भक्कानिन्थिन् । मृत्युको कल्पना कति भयङ्कर हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । यही यथार्थ भोगाई थियो सीताको । आफू मरेपछि नाबालक छोराहरूको बिचल्ली हुने पीरले उनी गहिरो मानसिक डिप्रेशनबाट गुज्रिन थालिन् । माईग्रेनले टाउको दुखेर सहनै गाह्रो हुन्थ्यो । दिनानुदिन सीताको अवस्था नाजुक बन्दै गयो । रोग निको हुने कुनै संकेत देखिएन । बाँचेर केही गर्ने र छोराहरुको खुसी हेर्ने उनको रहर पुरा नहुने भए पछि उनी मानसिक रुपमा समेत विक्षिप्त बनिन् ।

अन्ततः बाँच्ने आशा मारिसकेकी सीताले पुनर्जीवन प्राप्त गरिन् । पत्याउनै मुस्किल, उनलाई जमराले साँच्ची नै नयाँ जीवन दियो । ‘नवजीवन योगाश्रम’का पहनबहादुर महतराको आश्रममा गएर उनले केही समय ध्यान गरिन् र जमराको रस खान थालिन् । महतराले आफ्नो योगाश्रममार्फत् लामो समयदेखि जडिबुटि, योग र तान्त्रिक पद्धतिअनुसार बिरामीलाई उपचार गर्दै आएका थिए । त्यहाँ उनलाई जौँको जमराको औषधीय गुणका बारेमा थाहा भयो । केही समय महतराको आश्रममै गएर जमराको रस खान थालेपछि शरीर तन्दुरुस्त बन्दै गएको बताउँदा सीताको मुहारै उज्यालिन्छ ।

विज्ञान–प्रविधिको यो युगमा कैयौँ नाम चलेका अस्पतालले समेत निको पार्न नसकेको उनको रोग जमराले निको बनाएको पत्याउन मुस्किल छ । तर विगत २ वर्षयता जमराको रस नियमित खाँदै आएकी उनी आफूभित्र भएका सबै रोग निको भएको दाबी गर्छिन् । केही महिनाअघि उनले डाक्टरलाई देखाउँदा क्यान्सर पुरै निको भइसकेको रिपोर्ट आयो । क्यान्सर समेत निको भएको देखेर सीता आश्चर्यचकित भईन् । जमराले साँच्ची नै उनलाई नयाँ जीवन दियो ।

जमराको चमत्कार देखेर सीता र उनको परिवारको खुसीको सीमा रहेन । भन्छिन्, ‘जमराको रस अमृत–रस रहेछ, जसले मलाई पुनर्जीवन दियो ।’जमराको रस नियमित सेवनबाट आफ्ना असाध्य रोग सबै निको भएपछि उत्साहित बनेकी उनले आफ्नै घरमा जमरा उमार्न थालिन् । हाल उनी आफूजस्तै क्यान्सर र अन्य रोगबाट पीडित बनेकालाई जमराको रस खुवाउँछिन् । अहिले उनीकहाँ क्यान्सर र अन्य विभिन्न दीर्घरोगबाट पीडित करिव १५० जनाभन्दा बढीले नियमित जमराको रस पिउने गर्छन् । बिहानैदेखि घरमा जमराको रस खान आउनेको भिड लागेको हुन्छ । बिहन ४ वजेदेखि राती १० वजे सम्म भ्याई नभ्याई हुन्छ उनलई ।

विगत १० महिनायता सीताले व्यावसायिक तरिकाले जमराको खेती गर्दै आएकी छिन् । आफूले उन्नत जातको बीउ, माटो र मल प्रयोग गरी जमरा उमार्ने गरेको उनी बताउँछिन् । जमरामा रोग प्रतिरोधात्मक तत्व प्रशस्तै पाइने हुँदा यसको बहु–उपयोगिताको बारेमा धेरैलाई थाहा नभएको उनको भनाइ छ । जुन सुकै रोगका लागि पनि जमराको रस उपयुक्त हुने भएकाले घरघरमा यसको खेती गरेर स्वस्थ जीवन जीउनका लागि सर्वसाधारणलाई उनी सुझाव दिन्छिन् । भन्छिन्, ‘नेपालीले स्वस्थ जीवनयापन गर्ने हो भने सबैले आआफ्नो घरमा जमरा उमार्नु पर्छ र नीयमित यसको रस पीउनु पर्छ’ ।

हरेक दिन बिहान खाली पेटमा ३० मिलिलिटर जमराको रस अमृत समान हुने उनको भनाई छ ।उनीसँगै ९ महिनादेखि जमराको जुस पिउँदै आएकी काठमाडौं माकलबारीकी ५८ वर्षीया कृष्णमाया राईको आँखा कमजोर थियो । चामल केलाउन, सियोमा धागो हाल्न लगायत अन्य मसिनो काम गर्न अरुको सहारा लिनु पथ्र्यो । चस्मा विना कुनै पनि काम गर्न नसक्ने उनी २०४७ सालदेखि चस्माको भरमा काम गर्थिन् । तर जमराको रस पीउन थाले देखि आखाको ज्योती फर्केको उनको भनाई छ । अहिले चस्माबिना नै राम्रो सँग आँखा देख्ने भएको उनी बताउछिन् । ‘आजकाल सियोमा धागो पनि आफै हाल्छु’ उनले खुसी हुँदै भनिन् । जमराको रसले आँखा देख्ने भएको भन्दै उनले खुसि ब्यक्त गर्छिन् ।

माकलबारीकै ५४ वर्षीया सुभद्रा पौडेल पनि नियमित जमराको रस सेवनले उच्च रक्तचाप र बाथरोग नै निको भएको दाबी गर्छिन् । हात खुट्टा झमझमाउने हुँदा राम्रो संग हिडडुल गर्न समेत गाह्रो हुन्थ्यो । पहिले औषधि उपचारमा निकै खर्च भयो तर निको भएन । तर आजकाल जमराको रस पीउन थालेदेखि पहिले जस्तै तन्दरुस्त भएको उनी बताउछिन् । ‘प्रेशर पनि घटेको छ, आजकाल प्रेशरको औषधि पनि खान छोडेँ जमरा त साँच्चीकै अमृत रहेछ’। आफु सबै रोगबट आफु मुक्त भएको उनको भनाई छ ।

त्यसो त अमेरिकी भू–विज्ञ डा. आर्क टक्सले गरेको अनुसन्धानबाट जमराको औषधीय गुणका बारेमा पुष्टि भईसकेको छ । डा. टक्सका अनुसार जमरा आहार र औषधि मध्ये सर्वोत्कृष्ट वनस्पती हो । अन्य हरिया सागपातमा पाईने पौष्टिक तत्वहरु भन्दा जमरामा पाईने तत्वहरु तुलनात्मक रुपमा बढि हुन्छ । यसमा रोग संग लड्ने प्रतिरोधात्मक शक्ति हुने भएकाले क्यान्सर समेत निको हुने दावी डा. टक्सको छ ।

आन विगमोर नाम गरेकी एक जना अमेरिकी महिला डाक्टरले गहुँ तथा जौँको जमराको रसको प्रयोग र खोज गर्ने क्रममा पृथ्वीमा भएका अन्य ४७०० विभिन्न वनस्पती संग यसको तुलना गरेर हेरिन् । उनले १ औँस (२८.४ ग्रा.) जमराको रसमा ४० औंस (११३ ग्रा.) साग सब्जीको रसमा पाईने भन्दा बढि खनिज तत्व, पोषण र भिटामिन रहेको पाईन् ।

जमराको रस मानव जातीको रगत संग ४० प्रतिशतले मेल खाने र यसमा ७० प्रतिशत हरितकणिका रहेको पत्ता लगाईन । यसको नियमित सेबनले मानिसको रक्त बिकार कलेजोको विषाक्तता, पेट र आन्द्राको खरावीलाई समेत ठिक गरिन् । जमराको रसको सेवनले पुराना घाउ, मधुमेह तथा क्यान्सर समेत निको पार्न उनी सफल भईन् । गहुँ तथा जौँको जमराको रस सेवनबाट रोगको उपचार भएपछि डा. विगमोर आफै

संसारका बिभिन्न देशमा पुगेर उपचार गरि धेरै प्रकारका रोगीहरुलाई निको पारिन् । उनले भरतमा समेत जमराको उत्पादन गरेर क्यान्सर लगायत अनेक रोग निको बनाएको प्रत्यक्ष उदाहरण पेश गरिन् । अहिले उनी बिभिन्न देशहरुमा जमरा सेवनबाट उपचार गरिरहेका चिकित्सक, जमरा उत्पादक र सर्वसाधारण नागरिकलाई तालिम दिईरहेकी छिन् ।

नेपालमा बिगत केहि वर्ष यता जमराको प्रयोग भएको पाईतापनि यसले खासै व्यापकता पाउन सकेको छैन । जमराको औषधीय गुणका बारेमा बिभिन्न देशले अनुसन्धान तथा प्रयोग गरिरहेका छन् । नेपालमा हालै मात्र विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले जमराको बारेमा खोज र अनुसन्धान सुरु गरेको जनाएको छ । जमराका बारेमा अनुसन्धान जारी रहेको प्रतिष्ठानअन्तर्गत विज्ञान संकायका प्रमुख जयश्री सिजापतिले जानकारी दिईन् । जमरामा धेरै औषधीय गुण व्याप्त रहेको बताउँदै यसबारेमा प्रचार–प्रसार हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, जमराको बारेमा लामो समयदेखि खोज–अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डाक्टर तीर्थ बहादुर श्रेष्ठ पनि जमरामा प्रशस्तै औषधीय गुण भएको बताउँछन् । परम्परागत रूपमा मानिसले रोग लागेमा जमराको प्रयोग गर्ने गरेको भए पनि आधुनिक चिकित्साको विकासक्रम सँगसँगै यसको उपयोग र ज्ञानमा समेत कमी आएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web