टोकियो ।

'दुई बर्षअघिको एनआरएन निर्वाचनमा उम्मेद्धारी फिर्ता लिन दबाव देखी, अन्तिममा प्राविधिक कारणबस झिनो मतले पछि पार्दै पराजित गराइएको थियो' टेलिफोन संवादको सुरुमै एनआरएनए जापानका कोषाध्यक्षमा उम्मेद्धारी घोषणा गरेका प्रेम प्रसाद कँडेलले भने -'म चाप्लुसी र चिप्लो कुरा गर्न जान्दिन बोलेर होइन काम गरेर देखाउँछु त्यसैले पुरानो चोट निकोपार्न फेरीपनि कोषाध्यक्षमा उम्मेद्धारी दिएको हुँ ।'

'अनेक बुँदा समेटेर यो गर्छु र त्यो गर्छु भन्ने बुट्टा भर्नु भन्दा इमान्दार भएर जापानमा रहेका नेपालीको पक्षमा र थोरै भएपनि देशको हितमा केही गर्ने प्रण सहित कोषाध्यक्षमा उम्मेद्धारी दिएको हुँ' प्रेम प्रसाद कँडेलले भने -'गुलिया, मिठा, चिप्ला कुरा गर्नु भन्दा सामान्य परिवारको दुखबाट हुर्केर आएको म एनआरएन जापानलाई कुक देखी विद्यार्थी अनि व्यवसाय र रोजगार गरिरहनुभएका सबै नेपालीको साझा संस्था हो भन्ने अनुभुती र आर्थिक रुपमा पारदर्शी बनाउने बाचा गर्छु ।'

एक दशक देखी जापानमा रहँदै आएका कँडेलको स्थायि घर बाग्लुङ बिहुँकोट हो । उनले यसअघि एनआरएन कान्तो क्षेत्रको उपाध्यक्षका रुपमा समेत सफल कार्यकाल विताइसकेका छन् ।

अघिल्लो एनआरएनए जापानको निर्वाचनमा मतसंख्याका आधारमा आफुले जितेपनि बदर मत बढी बनाएर पराजित गराइएको दाबी गर्दै कँडेलले आफुलाई मतदिने उतिबेलामा सबै मतदातालाई धन्यवाद समेत व्यक्त गरे ।

'हालको एनआरएन कोषको अवस्था र प्रयोग अनि पारदर्शीताबारे जापानका सबै नेपाली जानकार छन्' एनआरएनए जापानको कोषाध्यक्षमा २०१७-०१९ को लागि उम्मेद्धारी घोषणा गरेका प्रेम प्रसाद कँडेलले भने -'त्यसैले अब यस्ता कुराको साक्षि बस्ने अनि राम्रा फोटो, ठूला कुरा, पद, पैसा र पावर प्रयोग गरेर कोषाध्यक्ष पद हत्याउन आतुरभएकाहरुलाई जापानका ईमान्दार र सच्चा देशभक्त नेपालीले जवाफ दिन्छन् ।'

आदरणीय जापानवासी नेपाली बुबा मुमा दाजुभाई दीदी बहिनी सम्पुर्णमा नमस्कार ।
22.85¡ÆC