जापानी सांसदको टोलीले काँग्रेस नेता पौडेललाई भेटे

साउन १२, २०७४ मा प्रकाशित | 903 views

काठमाडौं ।

नेपाल भ्रमणमा रहेको जापानी प्रतिनिधिसभाका सांसदहरुको टोलीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् ।

जापानी सांसद युकी नाकागावाको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलले बुधवार काँग्रेस केन्द्रीय कार्यालयमा पौडेलसँग भेट गरेका हुन् ।

भेटमा दुई देशबीच रहेको सम्बन्ध एवं सहयोग विस्तार तथा लगानी प्रवद्र्धनका विषयमा कुराकानी भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web