जापानमा सडक दुर्घटनामा निधन भएका जिसीको शव नेपाल लगिने

साउन ११, २०७४ मा प्रकाशित | 1002 views

जापानमा सडक दुर्घटनामा निधन भएका जिसीको शव नेपाल लगिने

टोकियो ।

सडक दुर्घटनामा परि निधन भएका नेपाली युवा हृदेश जिसीको पार्थिव शरीर नेपाल लगिने भएको छ ।

जापानको गुन्माकेनको ओईजुमीमाचीमा सडक पार गर्ने क्रममा आइतबार गाडीको ठक्करबाट गम्भिर घाइते भएका जिसीको उपचारको क्रममा सोमबार निधन भएको थियो ।

ठक्कर दिने सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र नेपाली राजदूतावाससँगको समन्वयमा अनुसन्धान एवं कारवाही तथा क्षतिपूर्ती प्रक्रिया अघि बढेको बताइएको छ ।

दुर्घटनास्थलमा पुगेर नेपालीहरुले मंगलबार निधन भएका जिसीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घटनाबारे बुझेर फर्केको एनआरएन जापानका उपाध्यक्ष देबीलाल भण्डारीले जानकारी दिए ।

मंगलबार भण्डारी सहित प्रवासी नेपाली मञ्च जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, कानागावा नेपाल कम्यूनिटीका अध्यक्ष हरि सापकोटा, नवलपुर समाजका सल्लाहकार नारायण कडेल, नवलपुर समाज जापानका कोषाध्यक्ष राम खड्का, सदस्य माधव पौडेल लगायत सहभागी थिए ।

जिसीको पार्थिव शरीर नेपाल लैजाने कानुनी प्रकृया पुरा गर्नका लागि टोकियो होएईस्या कम्पनीलाई जिम्मा दिइएको भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web