जुलाई ३० मा टोकियोमा जापानमा रहेका धादिङ्गेहरुबिच परिचयात्मक कार्यक्रम हुँदै

साउन ५, २०७४ 2017-07-20 मा प्रकाशित
Published at 2017-07-20

1087 views

टोकियो ।

जापानमा अध्ययन, रोजगारी तथा व्यवसाय गर्दै आएका नेपाल धादिङ जिल्ला घर भएकाहरुबिच परिचयात्मक कार्यक्रम हुने भएको छ ।

आयोजक धादिङ समाज जापानले दिएको जानकारी अनुसार यहि जुलाई ३० तारीख आईतबार कार्यक्रम हुने भएको छ ।

टोकियोको सिनओकुवोमा हुने कार्यक्रम दिउँसो १ बजेबाट सुरु गरिने बताईएको छ ।

जापानमा विभिन्न पेशा, व्यवसाय तथा अध्यायनका शीलशिलामा थुप्रै धादिङेहरु रहेका भएता पनि एक – अर्का बिचमा भेटघाट र परिचय हुन नसक्दा एक आपसमा आत्मियता र भाईचारा वृद्दि हुन नसकेको भन्दै यो परिचयात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

समाजका अध्यक्ष कृष्ण प्रसाद खनालका अनुसार,कार्यक्रममा धादिङेहरुबीच परिचय साटसाटका साथै, जापानमा रहेका धादिङ्कै,अग्रज तथा अनुभवी व्यक्तिहरुबाट,यहाँ आईपर्ने समस्या,चुनौती तथा विविध अवसरहरुको बारेमा छलफल पनि गरिनेछ । साथै,धादिङ् जिल्लामा विद्यमान समस्याहरु न्युनिकरण एवं विकास निर्माणका कार्यहरुमा कसरी लाग्न सकिन्छ भन्ने बारेमा पनि विचार विमर्श गरिनेछ ।

कार्यक्रममा धादिङकै अग्रज ब्यक्तित्व हरु,डा होम बहादुर रिजाल , डि पि अर्याल , अनुज थापा, कृष्ण सिम्खडा, तेज अर्याल,केशब अधिकारी, राजेन्द्र श्रेष्ठ, राजकुमार अधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहने जानकारी गराईएको छ ।

जुलाईयो सबै धादिङेहरुको आफ्नै र महत्वपूर्ण कार्यक्रम भएकाले जापानवासी सम्पूर्ण धादिङेहरुलाई उपस्थितीका लागि समाजले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.