टोकियो ।

गैर आवासिय नेपाली संघ जापानको कान्तो क्षेत्र अधिवेशनका क्रममा भएको विवादको दृश्य तथा तस्विर संकलन गर्ने पत्रकारमाथि सामग्री हटाउन दिएको धम्कीको पत्रकार महासंघ जापान शाखाले भत्सर्ना गरेको छ ।

पत्रकार महासंघ जापानले पत्रकारले समाचार संकलन गरिरहँदा समाचार संकलनमा प्रभाव पार्ने, सञ्चारकर्मीहरुको क्यामेरा तथा मोबाइलमा कैद भएका सामग्रीहरु जर्वजस्ती डिलिट गर्न धम्की दिने काम भएको जनाएको छ ।

महासंघ जापान शाखाका अध्यक्ष मोहन घले र सचिव ऋतुकुमार दुराले हस्ताक्षर गरेको विज्ञप्तिमा स्वतन्त्र पत्रकारिताको सिद्धान्त र मर्म विपरित एनआरएन जापान कान्तो क्षेत्रको अधिवेशनमा उपस्थित व्यक्तिहरुले पत्रकारमाथि गरेमने हस्तक्षेपको खेद व्यक्त गरेका छन् ।

आगामी दिनहरुमा प्रेस स्वतन्त्रता बिरोधी यस्ता गतिविधि नदोहोर्याउन सचेत गराउँदै पत्रकार महासंघ जापान शाखाले सञ्चारकर्मीहरुलाई निर्धक्क भएर समाचार संकलन तथा प्रशारणमा लाग्न आग्रह समेत गरेको छ ।

गैर आवासिय नेपाली संघ जापान अन्र्तगत कान्तो क्षेत्रको आज भएको ५ औं अधिवेशनका क्रममा उम्मेद्धार तथा एनआरएन जापानका प्रतिनिधिबिच भएको हातहालाहालको अवस्थाको दृश्य तथा तस्विर संकलन गर्ने क्रममा सञ्चारकर्मी रमेश श्रीस मगर सहित अन्य केही सञ्चारकर्मीले संकलन गरेको भिडियो डिलिट गर्नुका साथै हटाउन धम्की दिइएको बताइएको छ ।

तस्विर तथा भिडियो खिच्ने क्रममा केही सञ्चारकर्मीको मोबाइल फाल्नुका साथै धम्क्याइएको सञ्चारकर्मीहरुले बताएका छन् ।

21.56¡ÆC