क्योदाई रेमिटको नया शाखा फ़ुकुओका हाकातामा, संघसंस्थालाई बैठक गर्न निशुल्क सभाहल

फुकुओका ।

जापानवाट नेपाल लगायत विश्वका बिभिन्न देशहरुमा रेमिट्यान्स् कारोवार गर्दै आएको आईएमई इन्टरनेसनल मनि ट्रान्सफर ९क्योदाई रेमिटेन्स० ले फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ ।

आफ्नो सञ्जाल बढाउने क्रममा जापानको फुकुओका शहरको हाकातामा थप एक शाखा शुक्रबारबाट संचालनमा ल्याएको हो ।

आईएमका प्रमूख सुमन पोखरेलको उपस्थितिमा क्योदाई रेमिटेन्सका प्रमुख लगायत एनआरएन जापानका उपाध्यक्ष टंक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ गरिएको हो ।

आईएमी इन्टरनेसनल मनि ट्रान्सफरले नेपालमा आर्थिक कारोबार मात्र नभई अन्य क्षेत्रमा पनि लगानी गरिरहेको उल्लेख गर्दै आईएमईका कार्यकारी प्रमुख पोखरेलले विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आईएमइको नाम आउने हुँदा यसको छुट्टै पहिचान रहेको र अतिनै बिश्वाशिलो र भरपर्दो माध्यम बनेको धारणा सो अवसरमा राखे ।

सबैको विश्वास जितेकै कारण यसको शाखा अझै विस्तार हुँदै जाने पोखरेललको भनाई छ ।

टोक्यो पछि नेपाली बिध्यार्थीहरुको बाहुल्यता फुकुओकामा रहेको हुनाले नेपाली विद्यार्थी सहित सबैको लागि सहज होस् भन्ने उदेश्यले फ़ुकुओकामा शाखा विस्तार गरिएको हाकाता शाखा प्रमुख राम कृष्ण श्रेष्ठले बताए ।

नया शाखा विस्तारसँगै क्योदाई रमिटेन्सले फुकुओकामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुको लागि विशेष अवसरका छलफलको लागि निशुल्क बैठक हल उपलब्ध गराउने समेत बताएको छ ।

प्रतिक्रिया

TOP