काठमाडौं ।

लुम्बिनी र ग्रेट माया ‘ए’ ले तेश्रो साइपल कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि हात पारेका छन् ।

धुम्बाराहीस्थित आयोजक साइपाल एकेडेमीमा सम्पन्न महिला तर्पmको फाइनलमा लुम्बिनीले धौलागिरीलाई ११–९ ले पराजित गरेको थियो ।

बुधबार नै सम्पन्न पुरुष तर्पmको फाइनलमा ग्रेट मायाले ए टिमलाई २१–१३ ले पराजत गरेको थियो ।

फाइनलका सर्वाधिक स्कोर कर्ताद्वय प्रतीक्षा मगर र साहिल विष्ट ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भएका थिए ।

प्रतिक्षा र साहिल दुवैले समान ६० हजार रुपैँया बराबरको छात्रवृत्ति पुरस्कार स्वरुप प्राप्त गरेका राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेनु भएका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, साइपाल एकेडेमीका अध्यक्ष निरञ्जन चापागाईं लगायतले परस्कार वितरण गर्नु भएको थियो ।

चारदिने प्रतियोगितामा पुरुषतर्फ ३७ र महिलातर्फ २४ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

27.12¡ÆC