अब प्रधानमन्त्री सहित १८ मन्त्रालय मात्र हुने, यस्ता छन् मन्त्रालयका नाम

जेष्ठ १७, २०७४ मा प्रकाशित | 1063 views

काठमाडौं ।

सरकारले संघीय सरकारमा प्रधानमन्त्री सहित १८ जना मन्त्री मात्रै रहनेगरि प्रस्ताव गरेको छ ।

सरकार टिकाउनकै लागि ५० बढी मन्त्री समेत बनाएका नेताहरुलाई नियममा बाध्नेगरि यस्तो प्रस्ताव राखिएको हो ।

अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना समितिले बुधवार संसदको राज्यव्यवस्था समितिमा पेश गरेको प्रतिवेदनमा १८ मन्त्रालयको प्रस्ताव गरिएको छ ।

सरकारले गत वैशाख २१ गते सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा अधिकार सम्पन्न समिति गठन गरेको थियो ।

समितिमा एमाले सांसद राजेन्द्र पाण्डे, कांग्रेस सभापती शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा, माओवादीकी रेखा शर्मा, राप्रपाका भुवन पाठक सदस्य थिए ।

यसबारे आगामी शुक्रवारको बैठकमा छलफल हुने भएकोछ । राज्यमन्त्रीहरु समेत राखेर बढिमा २५ सदस्यीय मन्त्रिपरिषद गठन हुने संवैधानिक प्राबधान राखिएको छ ।

प्रस्ताव कार्यन्वयन सहजीकरण समिति समेत बनिसकेको छ । समितिमा प्रशासनिक क्षेत्र तथा सुचना विज्ञ काशिराज दाहाल संयोजक हुनुहुन्छ भने कुमार योन्जन तामाङ, मधुरमण आचार्य, माधवप्रसाद रेग्मी, बिजयकुमार मल्लिक सदस्य रहेका छन् । यसैगरि समितिको सदस्य सचिवमा निता पोखरेल अर्याल रहेकी छन् ।

यस्ता छने प्रस्ताव गरिएका नयाँ १८ मन्त्रालयहरु

गृह मन्त्रालय

जलस्रोत तथा उर्जा मन्त्रालय

परराष्ट्र मन्त्रालय

भौतिक पुर्वाधार, यातायात तथा नागरिक उड्डयन मन्त्रालय

रक्षा मन्त्रालय

अर्थ तथा योजना मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

पर्यटन तथा संस्कृति मन्त्रालय

सूचना तथा सञ्चार मन्त्रालय

स्वास्थ्य मन्त्रालय

कृषि सहकारी तथा भूमी व्यवस्थापन मन्त्रालय

शिक्षा तथा खेलकुद मन्त्रालय

वन तथा वातावरण मन्त्रालय

विज्ञान प्रविधि मन्त्रालय

महिला समावेशीकरण तथा सामाजिक न्याय मन्त्रालय

मानव संशाधन, युवा, श्रम तथा रोजगार मन्त्रालय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web