टोकियो ।

सामान्यत परिवन्धमा परेरै नेपाली युवाहरु परदेश पसिरहेका छन् । भोलीको सपना संगालेर परदेशीएका यस्ता एकदर्जन नेपाली हरेक दिनजसो नेपालको एयरपोर्टमा बाकसमा फिर्ता हुन्छन् । अर्थात् मृत्युवरण गरेर ।

हरेक देशमा अध्ययन, काम र व्यवसाय गरिरहेका सबै नेपालीको कथा अवस्था अनुसार फरक पाइन्छ । यस्तै फरक कथामा छोटो चलचित्र बनाएका छन् जापानका युवा नेपालीहरुले ।

जापानमा छायाँकन गरेर निर्माण गरिएको चलचित्र चेक पोष्ट खाना पकाउने कुकका रुपमा वर्किगं भिषामा जापान आउने नेपाली युवाको कथामा आधारीत रहेको छ ।

केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका सञ्चारकर्मी मुक्ति सुबेदिको मुख्य अभिनय रहेको चलचित्रलाई ओम प्रकाश गुरुङले निर्देशन तथा छायाँकन गरेका हुन् ।

परदेशीएको युवामा परिवार र आफ्नो प्रेयसीसँग साँचेका सपनालाई दृश्यमा उतारेको चलचित्र मबियोगान्त रहेको छ ।

नेपाली शैलि र मौलिकता झल्काउने प्रयास गरिएको चलचित्र चेकपोष्ट व्यवसायिक चलचित्रको दाँजोमा प्राविधिक, संवाद तथा अभिनयमा अनेक खोट लगाउने ठाउँ देखिएपनि प्रवासमा रहेर नेपालीका कथा समेटिएको विषयलाई समेटेको आधारमा सह्रानिय प्रयासका रुपमा हेर्न सकिन्छ ।

चलचित्रले बिदेशीएका नेपाली त्यसमा पनि जापान आउने नेपालीहरुको कथासँगै पैसाको लागि स्वास्थ्यमा खेलवाड नगरौं भन्ने सन्देश दिन खोजेको कलाकार मुक्ति सुवेदीले टपनेपालन्युजडटकमलाई जानकारी दिए ।

नेपालमा कुनै देश जाने भनेपछि पैसा तिरेर भएपनि स्वास्थ्यको वेवास्ता गरि कागजात मिलाउने अनि बिदेश गएर पनि नियमीत स्वास्थ्य परिक्षण नगर्ने गर्दा परिवारको भरोसा र आफ्नै सपना साँचिरहेका युवाहरुको अकालमा निधन हुने क्रम बढेको भन्दै कलाकार सुवेदीले यसमा सचेत बनौं भन्ने सन्देश दिने सानो प्रयास गरिएको बताए ।

स्मरणीय छ पछिल्लो समय करिव ७० हजार नेपालीहरु रहेको जापानमा नेपालीहरु स्वास्थ्य समस्यामा पर्ने क्रम बढ्नुका साथै नियमीत स्वास्थ्य परिक्षण नगर्ने एवं नेपालबाट आउँदा समेत गलत कागजात बनाएर आउने गरेका कारण समस्यामा पर्नेगरेका घटनाहरु बढ्दै गएका छन् ।

चलचित्रमा मुक्तिबाबुसँगै बिक्रम अर्याल, सुरेश रेग्मिको अभिनय रहेको छ । चलचित्रमा ईश्वरी कँडेल, कासी गुरुगं, चेतन अर्याल, लाल शोभा गुरुगं सहित जापानी नागरिक ओता केन्जिको पनि अभिनय देख्न सकिन्छ ।

चलचित्रको कथा सुरेश रेग्मिले लेखेका हुन् ।

चलचित्रको कथालाई सुहाउँदो नाम दिइएको चलचित्र चेकपोष्ट एक कार्यक्रमका बिच सोमबार जापानको राजधानी टोकियोमा प्रदर्शन गरिएको छ भने चलचित्र हाल युट्युवमा राखिएको छ ।

युट्युवबाट हेर्नको लागि तल क्लिक गर्नुहोस्

13.12¡ÆC