टोकियो ।

काभ्रेली समाज जापानले हिजो आयोजना गरेको राजु लामा विथ लाईभ अन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ ।

राजधानी टोकियोको मेगुरो कुमिन सेन्टरमा आयोजित लाईभ कन्सर्टमा गायक राजु लामाले आफ्ना करिव एक दर्जन नयाँ पुराना गित गाउँदा उपस्थित दर्शकहरुले नाचगान गरेर भरपुर मनोरञ्जन लिएका थिए ।

मंगोलियन हर्ट व्याण्डका सदस्यहरुसहित उपस्थित भएका गायक लामासँगै उनका फ्यान तथा सयौं युवायुवतीहरुले नाचगान सहित रमाइलो गरेका थिए ।

यसैबिच आयोजक संस्था काभ्रेली समाजले कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको भन्दै प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरेको छ ।

संस्थाका अध्यक्ष मेख वाईबा तामागंले कार्यसमितिका संरक्षक श्री भुवन अधिकारी तथा कपिलदेव खनाल, प्रमुख सल्लाहकार, सल्लाहकार र सदस्यहरूलाई कार्यक्रम सफल बनाउन गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरेका छन् ।

आगामी दिनहरूमा पनि यही किसिमको माया र साथ पाउने विश्वास व्यक्त गरेको आयोजक संस्था काभ्रेली समाजले आज गायक राजु लामाको बिदाइमा रात्री भोजको आयोजना गरेको छ ।

राजधानी टोकियोको सिनओकुबोमा रहेको नमस्ते गित गजल रेष्टुरेण्टमा साँझ ५ बजेबाट ११ बजेसम्म बिदाई पार्टी आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

आयोजक संस्था काभ्रेली समाजले लोकप्रिय कलाकार गायक राजु लामाको बिदाई पार्टीमा उपस्थित हुन सबैमा अनुरोध समेत गरेको छ ।

19.29¡ÆC