काठमाडौं ।

सरकारले शेरबहादुर देउवाकी सासु तथा राप्रपाकी नेत्री प्रतिभा राणालाई जापानका लागि राजदूत बनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकारले गरेको सिफारिसका आधारमा राणालाई राजदूत नियुक्त गरेकी हुन् ।

राप्रपा नेपालको कोटामा राजदूत नियुक्त भएकी राणा राप्रपा पार्टीमा लामो समयदेखी आवद्ध छिन् ।

आइतबार नै राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा इजिप्टमा रहेका राजदूत झवीन्द्र अर्याललाई गैरआवासीय राजदूतका रूपमा मोरक्को र लेबननको कार्यभार थपिदिएकी छन् ।

यस्तै, ब्रसेल्सका लोकबहादुर थापालाई लग्जेम्बर्ग, ब्राजिलका ताराप्रसाद पोखरेललाई अर्जेन्टिना, दक्षिण अफ्रिकाका अमृत राईलाई जिम्वावे र पाकिस्तानकी सेवा लम्साल अधिकारीलाई इरानको गैरआवासीय राजदूतको कार्यभार थपिएको छ ।

23.22¡ÆC