म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा उक्लियो

चैत्र २८, २०७३ मा प्रकाशित | 758 views

एजेन्सी,चैत २८ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सन्डरल्याण्डलाई पराजित गरेको छ ।  १० खेलाडीमा सीमित भएको सन्डरल्याण्डलाई म्यानचेस्टर युनाइटेडले  ३–० पराजित गरेको हो । युनाइटेडका लागि जाल्टन इब्राहिमोविच, हेनरिक एमखिर्तियान र मार्कस रासफोर्डले एक एक गोल गरे ।

जितपछि युनाइटेड आर्सनललाई पछि पार्दै ३० खेलबाट ५७ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्सनलको ५४ अंक छ । युनाइटेड चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा चार अंकले पछि छ र एक खेल कम खेलेको छ । पराजित भएको पुछारको सन्डरल्याण्डको लिगका सात खेल बाँकी हुँदा मात्रै २० अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web