एउटा मात्रै विक्यो चीनले दिएको इन्डक्सन चुलो

बैशाख २०, २०७३ मा प्रकाशित | 933 views

Default News Image

काठमाडौं,बैशाख १ । भारतीय नाकाबन्दीका बेला चीन सरकारले उपलव्ध गराएको इन्डक्सन चुलो एक थान मात्र बिक्री भएको छ। चीनले नेपाललाई केरुङ नाका हुँदै चार महिना अघि १३ सय थान र साढे तीन महिना अघि हवाई मार्ग हुँदै १० हजार थान इन्डक्सन चुलो उपलव्ध गराएको थियो। भारतीय नाकाबन्दीले इन्धन अभाव भएपछि सर्वसाधारणको चुलो बल्न छाडेको बेला चीन सरकारले उपलव्ध गराएको इन्डक्सनमध्ये १३ सय थान नेशनल ट्रेडिङका अधिकारी गत मंसिर २७ गते केरुङ नाका पुगेर बुझेका थिए। गत पुस १४ गते पुन: चीनले हवार्इ मार्गबाट १० हजार थान चुलो पठाएको थियो। दोस्रोपटक पठाएको चुलो जिम्मा लिने निकाय नहुँदा त्रिभुवन विमास्थलमा अलपत्र छन्।
 
बिक्रीको जिम्मा लिएको नेसनल ट्रेडिङका पदाधिकारीले चुलो बिक्री गर्न सक्दो प्रयास गरे पनि कुनै उपलब्धि हात नलागको बताए।  नाकाबन्दीको सुरुवाती चरणमा बजारमा इन्डक्सनको चर्को माग भएपनि चिनियाँ चुलो बिक्री नहुनुमा महंगो मूल्य कायम गरिनुलार्इ लिइएको छ। 
 
नेशसनल ट्रेडिङका महापेरवन्धक सत्यनारायण मेहताले मूल्य निर्धारण समितिले निकै बढी मूल्य तोकेका कारण बिक्री नभएको बताए।  मूल्य निर्धारण समितिले चिनियाँ इन्डक्सनको प्रतिथान मूल्य ११ हजार नौ सय ९६ रुपैयाँ मूल्य तोकेको थियो । नागरिक दैनिकमा समाचार छ – चुलो भने अहिलेसम्म एक थान मात्र विकेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web