काठमाडौं, चैत १०— सरकारले स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना खुलाएको छ । विहिवार सार्वजनिक सूचना निकालेर भर्नाका निम्ति दर्खास्त आह्वान गरेको हो । ५५ दिनको नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवानसरह तलबसुविधा बुझ्नेछन् ।

दोस्रो संविधानसभा निर्वाचनमा म्यादी प्रहरीमा दर्खास्त हाल्न ५० वर्षको उमेरहद तोकिएकोमा यसपालि बढाएर ५३ वर्ष पुर्याइएको छ । अघिल्लो निर्वाचनमा अनुभव बटुलेकालाई पनि समेट्न उमेरहद बढाइएको हो ।

पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक म्यादी प्रहरी छनोटको प्राथिमकतामा पर्नेछन् ।

निजी कम्पनीका सुरक्षा गार्डलाई पनि प्राथमिकतामा राखिएको छ । छनोट प्रक्रियामा १८ वर्ष पुगेर ५३ वर्ष ननाघेका नेपालीले सहभागी हुन पाउनेछन् । गृहले म्यादी भर्नासम्बन्धी कार्यविधि ७५ वटै जिल्लामा पठाइसकेको छ ।

स्थानिय तहको निर्वाचन २०७४ लाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना गर्ने सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशित गरिएको छ ।

20.26¡ÆC