DFID provides 1.5 million pounds to WFP for post-earthquake reconstruction

The Department for International Development (DFID) has contributed GBP 1.5 million to the United Nations World Food Programme (WFP) for post-earthquake reconstruction work.

Through the donation, WFP will be able to support the Government of Nepal’s (GoN) efforts to rebuild critical infrastructure such as trails in remote areas affected by the quake in 2015, the WFP Nepal stated in a press release today.

Pippa Bradford, WFP Nepal Representative and Country Director said WFP knows that access to trails helps communities reach markets and social services, and is inextricably linked to food security and economic development.

PM issues directive to stop auctioning Sajha Publication’s land

Prime Minister Pushpa Kamal Dahal has issued directives to stop the auctioning process of the Sajha Publication Central Office's land property in Pulchok, Lalitpur.

The Prime Minister issued the directive to the representatives of the bodies concerned, including the Education Minister, calling them at the Office of the Prime Minister and Council of Ministers, Singha Durbar today, following the Sahakari Bikas Bank's starting the process of auctioning the Publication's land after it could not pay back the loan.
The Sajha Publications is yet to pay Rs 75 million that it took as loan to the bank.

On the occasion, the Prime Minister gave assurances to release Rs 400 million in grant and loan.

PM stated that the organization would be saved by issuing Rs 200 million as loan and the equal amount as grant.

Impeachment motion registered without consulting NC: Leader Koirala

Nepali Congress leader and central committee member Dr Shekhar Koirala has said that the CPN (UML) and CPN (Maoist Centre) registered the impeachment  motion against the CIAA chief in parliament in hurry without holding any discussion with NC.

Stating that the NC would not make any decision on such a sensitive issue of impeachment in any whim, Koirala said that his party would take decision only after holding discussion in the party for the same.

मधेशी मोर्चा लोकमान सिंह कार्की महाअभियोगमा ‘भारतीय निर्देशन’ कुर्दै !

८ कार्तिक, काठमाडौं ।
कार्यकारी अधिकारमा पुगेपछि सत्ता र भत्ता मात्र देख्ने अनि क्षेत्रियताका कुरा गर्दै भारतीय निर्देशनमा राजनीति गरिरहेको आरोप लाग्दै आएको मधेशी मोर्चा विवादीत लोकमानसिंह कार्कीबारेमा केही नबोली बसेको छ ।

निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाअभियोगपछि बचाउमा भारत लागेपछि उस्तै लाइन समात्दै मौन बसिरहेको मोर्चाका नेताहरु कार्कीको बचाउमा देखिएका छन् भने तल्लो पंक्ती कार्कीमाथि महाअभियोग लगाउनुपर्ने पक्षमा उभिएका छन् ।

महाअभियोगलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा मोर्चाका नेताहरु भित्रभित्र बिवाद गरिरहँदा बाहिर भने चुँक्क नबोली कार्कीको मौन समर्थनमा उभिएका छन् ।

कार्कीमाथिको महाअभियोग बिवादबाट बच्नकै लागि संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव दोलखा, रामेछाप हुँदै जनकपुर भ्रमणमा हिँडिरहेका छन् ।

महेन्द्र यादव, राजेन्द्र महतो र अनिल झा समेत काठमाडौंमा बस्दा मिडियाको निशानामा पर्ने भएपछि बच्नको लागि तराईतिर झरेका छन् ।

फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव समेत यसमा मौन बस्दै समय आएपछि बोल्ने बताउन थालेका छन् ।

यहाँसम्मकी बिवादीत कार्कीलाई हटाएर कारवाही गर्ने पक्षमा देशभर माग र जनस्तरबाट दबाव आइरहँदा मधेशी मोर्चा भने संविधान संशोधन छल्न कार्कीको काण्ड अगाडी ल्याइएको बताउन थालेको छ ।

केही मधेश केन्द्रित नेताहरुभने एमालेको नेतृत्वमा महाअभियोग ल्याइएको भन्दै विषयवस्तु भन्दा कसले ल्याएको भन्ने महत्वहिन कुरा अघि सारेर कार्कीको पक्षमा उभिने तरखरमा राजनीतिकरण गर्न थालेका छन् ।

उमेन्द्र यादव नेतृत्वको फोरमका उपाध्यक्ष लालबाबु राउतले महाअभियोगको बिरोध गरिसकेको अवस्थामा उनको पार्टी कार्कीको बचाउमा लागेको ठानिएको छ ।

राउतले महाअभियोग प्रस्तावको बिरोध गर्दा समेत पार्टी अध्यक्ष रहेका उपेन्द्र यादव मौन रहनुले भारतले पक्ष लिएर बचाउको प्रयास गरिरहेका कार्कीको बचाउमा उनको पार्टी पनि लागेको देखिएको छ ।

नेपाल दक्षिण एसियामै राम्रो कानुनी राज्य भएको देश, डेनमार्क विश्वमै पहिलो

८ कार्तिक, काठमाडौं ।
नेपालमा कानुनी दण्डहिनता बढिरहेको बताइँदै गर्दा नेपाल दक्षिण एशियामै सबैभन्दा राम्रो कानुनी राज्यमा देखिएको छ ।

यहाँ सम्मकी नेपालले नेपालमाथि राजनीतिक हस्तक्षेप र दवाव दिंदै आएको भारतलाई समेत तीन स्थान पछि पारेको छ ।

नेपाल विश्वका ११३ देशको सूचीमा ६३ औं स्थानमा पर्दा भारत ६६ औं स्थानमा परेको छ ।

वर्ल्ड जस्टिस प्रोजेक्टले रुल अफ ल इन्डेक्स २०१६ सार्वजनिक गरेको रिपोर्टमा श्रीलंका ६८, बंगलादेश १०३ र पाकिस्तान १०६ औं स्थानमा रहेको छ ।

पाकिस्तान भने अफगानिस्तान, इथियोपिया, जिम्बाब्बे, क्यामरुन, इजिप्ट, कोलम्बिया र भेनेजुयलाभन्दा माथि मात्र देखिएको छ ।

विश्वभरमा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश भने डेनमार्क बनेको छ भने नर्वे दोस्रो स्थानमा परेको छ । तेस्रो स्थानमा फिनल्याण्ड रहेको छ ।

विश्वभर कानुन र मानवअधिकार सिकाउँदै हिँड्ने बेलायत र अमेरिका भने क्रमश १० र १८ औं नम्वरमा परेका छन् ।

बन्चरोले हानेर श्रीमानको हत्या, श्रीमती पक्राउ

८ कार्तिक, कैलाली ।
घोडाघोडी नगरपालिका–६ बस्ने ४५ वर्षीय लालबहादुर बिष्टलाई उनकै श्रीमती ३२ वर्षीया मंगली बिष्टले घरायसी बिबादको कारण सोमबार बन्चरो प्रहार गर्दा लालबहादुरको घटनास्थलमै मृत्यु भएको छ ।

अभियुक्त मंगलीलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१० बर्षीया बालिकामाथि जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

८ कार्तिक, सर्लाही ।
लालबन्दी नगरपालिका–४ बस्ने बरायली थरकी १० वर्षीया बालिकालाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगि जबरजस्ती करणी गर्न खोजेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय आइते भन्ने रामबहादुर आलेमगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त जंगलमा बालिकालाई जबरजस्ती करणी गर्न खोजेको अवस्थामा स्थानियले देख्नासाथ भागी फरार भएका आलेमगरलाई तत्काल खोजी गर्ने क्रममा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

भियतनामी राजदूतले प्रधानमन्त्रीलाई भेटे

८ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि भियतनामी राजदूत टोनसिङ थान्हले शिष्टाचार भेट गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र भियतनामबीचको आपसी सम्बन्ध र द्वीपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्रीले नेपाल र भियतनामबीच लामो र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले पछिल्लो समय नेपाल र भियतनामबीचको सम्बन्धमा निकटता बढेकोमा खुसी व्यक्त गर्नुभयो ।

भेटमा भियतनामी राजदूत थान्हले नेपाल र भियतनामबीच उच्चस्तरीय राजनीतिक भेटघाट गरेर दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो ।

सप्तरी विद्युत प्राधिकरणले तीन महिनामा जरिवाना मात्र १९ लाख उठायो

८ कार्तिक, सप्तरी
नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय राजविराजले तीन महिना भित्रमा १८ लाख ९० हजार ४ सय ११ रुपैया ३० पैसा जरिवाना असुल गरेको छ ।

प्रधिकरणका प्रमूख  रामउदगार साहका अनुसार  प्रहरी र प्राधिकरणको संयुक्त चुहावत नियन्त्रणका क्रममा १ सय २३ जना बिद्युत चोरी तथा हुकिङ्ग प्रयोगकताहरु लाई प्रक्राउ गरेको थियो भने १ सय १६ जनाको समान बरामद गरको थियो । १ सय ४८ जनालाई कारवाही गरि जरिवना वापत सो रकम असुल गरेको हो ।

१ सय १६ जनाको मोटर,टि.भी.,फ्यान लगायतको प्रति समान न्युनत्तम वापत रु.३ हजारका दरले ७ लाख २९ हजार ३ सय ५० रुपैया ८८ पैसा, मिटर छडकेमा ५७ जनाको कारवाही वापत रु.११ लाख ६१ हजार ६० रुपैया ४० पैसा जरिवानाबाट असुल गरेको छ ।

हुकिङ्ग नियन्त्रण भएको मध्ये ३ हजार २ सय घरधुरीलाई हुकीङ्ग हटाइएको प्रमुख साहले जानकारी दिनु भयो  ।

सप्तरी जिल्लामा हाल सम्म घरेलु मीटर ४७ हजार ५ सय,उद्यमी ११ सय,सिंचाई तथा अन्य ४हजार ४सय गरी ५३ हजार मीटरको ग्राहक रहेको उहाले बताउनु भयो  ।

‘नेपाल सम्वत् हाम्रो मौलिक पहिचान हो’ : प्रधानमन्त्री

८ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान भएको बताउनु भएको छ ।

नेपाल सम्वत् ११३७ राष्ट्रिय समारोह आयोजक समितिका प्रतिनिधिहरुसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।

भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल सम्वत् हाम्रो मौलिक पहिचान हो, हाम्रो गर्व हो, यसलाई नेपालको मौलिक पहिचान सहित स्थापित गर्न सरकार गम्भीर छ ।’

भेटमा नेपाल सम्वत् राष्ट्रिय समारोह समितिका प्रतिनिधिहरुले कार्तिक १५ गते उपत्यकामा आयोजना हुने नेपाल सम्वत् ११३७ को कार्यक्रममा प्रमूख अतिथिको रुपमा आतिथ्यता गरी दिन प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए ।

नेपाल सम्वत् ११३७ को अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरमा अलग अलग कार्यक्रमको आयोजना गरिने न्हु दँ समारोहका समितिका अगुवा मोतिलाल शिल्पकारले जानकारी दिनुभयो ।

अपराधबाट बच्न लोकमानलाई महाअभियोग !

काठमाडौं,कात्तिक ८ । आज सुधार होला छैन भोलि सुधार होला छैन । कतिसम्म लुट्न सकेका यी नेताहरु ?’ एक भुक्तभोगी विद्धान भुनभुनाउँदै नेताहरूको कर्तुतको हिसाब गर्दै थिए । हुन पनि अन्य क्षेत्रमा सुशासनको कुरो उठिरहन्छ ।  तर त्यही राजनीति जसले देशलाई अगाडि डोहो¥याउने हैसियत राख्छ त्यही क्षेत्रमा भने जेसुकै बदनाम भए पनि फरक नपर्ने ।

प्रसङ्ग हो अख्तियार दूरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाउनु पर्ने भनी सत्ताधारी एकीकृत माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा माओवादीले संसद सचिवालयमा दर्ता गराएको महाअभियोगको प्रस्तावको निवेदन सम्बन्धमा । प्रस्तावमा कार्कीले सर्वोच्च अदालतको मानहानी गरेको आरोप छ ।

अदालतको मानहानी गरेको भए अदालतले आफैले कार्वाहीका लागि सिफारिस गर्छ । त्यसमाथि सर्वोच्च अदालतमा कार्कीले अख्तियार प्रमुख बन्दा न्यूनतम योग्यता पूरा गरेको हो कि हैन भन्ने मुद्दा हेरिरहेको छ । त्यो मुद्दाको आशय भनेको कार्कीले योग्यता पूरा नगरी अख्तियारको प्रमुख भए भन्ने हो । गत हप्तामात्र त्यो विषयले तामेली पाएको छ । छिनोफानो हुन बाँकी नै छ ।  यो अवस्थामा एकाएक एमालेका १०७ तथा माओवादीका ५० सांसदले हतारिएर कार्कीमाथि महाअभियोग लगाउनु पर्छ भनेर प्रस्ताव दर्ता गरे । जब कि सरकारले नै स्वीकृति दिएर कार्की क्यानडा गएका थिए ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनुपूर्व नै महाअभियोग दर्ता भइसकेको थियो । यो दर्ता हुनुको अर्थ हो कार्की स्वदेश फर्केपछि कार्यालयमा गएर काम गर्न नसकून् ।

यहाँबाटै स्पष्ट हुन्छ हतारिएर माओवादी र एमालेले किन कार्कीविरूद्ध महाअभियोग लगाउनु प¥यो । किनकि कार्कीले केही समयदेखि ‘अख्तियार ठूला माछा समाउँदैछ’ आएका थिए । उनले ठूला माछा नसमाउँदा भने उनी आलोचना खेप्दै आएका थिए । उनले ठूला माछा पक्रनका लागि समय कुर्न पनि आग्रह गर्दै आएका थिए ।

कार्की गत बुधबार राति काठमाडौं ओर्ले । बिहीबार ठूलामाछा पक्रनका लागि चिठ्ठी दिने कार्यक्रम थियो । स्रोतकाअनुसार चिठ्ठी तयार पार्न उनले आफ्नो मातहतका सहायकलाई कामको जिम्मा पनि दिइसकेका थिए । तर भइदियो के भने ती सहायकले आफ्नो प्रमुखको आदेश मान्नुको सट्टा आफ्नो दुनो सोझाउन नेताहरूकहाँ पुगे ।

बस् भएको यत्ति हो । किनकि गद्दार नेताहरू जुनसुकै बेला पक्राउ पर्न सक्थे । आफू पक्राउ पर्नुअगाडि नै पक्राउ गर्न आदेश दिनेलाई निलम्वनमा पार्न सकियो भने त कुरै खत्तम ।

यहाँनेर सवाल आउँछ देश र जनताको गद्दारी गर्ने अख्तियारका कर्मचारीलाई यदि दोष प्रमाणित भयो भने कस्तो कार्वाही गर्ने । त्यो त सबैभन्दा ठूलो द्रोह नै हो ।

लोकमान सिंह कार्कीलाई महाअभियोगको प्रस्ताव गरिएको हो । प्रस्ताव गर्दैमा कसैले महाअभियोग खेप्नुपर्छ भन्ने पनि छैन । यसअघि त्यस्ता थुप्रै व्यक्तिमाथि महाअभियोग लगाउन संसदमा बहस चल्यो । कोही कार्वाहीमा परे कोही परेनन् ।

यदि आफू देशद्रोहको कार्वाहीबाट बच्नका लागि नेताहरूले यस्तो घृणित कार्य गरेका रहेछन् भने अवश्य पनि लोकमान महाअभियोगमा पर्नेछन् ।

उनले गल्ती गरेका भए सजायको भागेदार हुनुपर्छ । तर के लोकमानले सजाय पाउँदैमा समस्याको समाधान भयो त ? अवश्य हुँदैन । किनकि अपराधबाट बच्न यदि लोकमानलाई बदनाम गर्ने प्रयास भइरहेको छ भने त्यसको पनि त छिनोफानो हुनुपर्ला नि !

भ्रष्टाचार नगर्ने कोही नेता भने यतिबेला अख्तियारको पक्षमा उभिनु जरूरी छ । अख्तियारका बेइमानलाई कार्वाही गरेर स्वच्छ छविका व्यक्तिलाई अख्तियारमा ल्याउनु जरूरी छ । अख्तियारभित्र कसैले गद्दारी गरेको छ भने त्यसलाई विभागीय कार्वाही गर्नुपर्छ ।

यहाँ लोकमानलाई मोहरामात्र बनाइएको हो । तर सिङ्गो अख्तियार नै दाउमा छ । त्यहाँ रहेका हरेक कर्मचारी लोकमान हैनन् । सिङ्गो अख्तियारलाई बदनाम गराउन लाग्ने एमाले र माओवादीको पूर्वाग्रही रणनीतिले सिङ्गो विधिको शासनको धज्जी उडाएको छ । भ्रष्टाचारको जालोमा मुछिएका नेताहरू आफू बच्न जुन किसिमको शाम, दाम, दण्ड र भेदको नीति अबलम्बन गरेका छन् भोलि यही नीति जनताले लिए भने के गर्ने ?

हिजो लोकमानलाई अख्तियार प्रमुख नबनाए मुलुक डुब्छ भन्नेहरू अहिले उनलाई नै कार्वाही गर्न तम्सनुले उनीहरूको अवसरवादी चरित्र छर्लङ्ग हुन्छ । विधिको शासनमा धावा बोलिंदा यदि काँग्रेस र अन्य दलहरू चुप लागेर बसे भने त्यो दुर्भाग्य हो ।

अख्तियारले केही समय अगाडि माओवादी लडकू प्रसङ्गलाई लिएर अर्बौं रूपैयाँ भ्रष्टाचार भएको प्रसङ्ग आएकै थियो । प्रमुखका हैसियतले माओवादी अध्यक्ष प्रचण्ड त्यसमा मुछिदै थिए ।

त्यसो त माओवादीका अरू ठूला नेता पनि मुछिने छन् । त्यतिमात्र हैन तत्कालीन सैन्य कमाण्डरको हिसाबले उपराष्ट्रपति नन्दबहादुर पुन उर्फ पासङ्ग पनि मुछिने निश्चित छ ।

त्यसैगरी एमालेका नेताहरू पनि विभिन्न मुद्धामा मुछिने निश्चित जस्तै थियो । एमालेले त्यसैले पनि बदनाम हुनुभन्दा अगाडि नै माओवादीसंग मिलेर लोकमानलाई कार्वाही गर्न सकियो भने बच्न सकिने जुक्ति निकालेको हो ।

गल्ती गर्नेले त सजाय भोग्नैपर्छ । लोकमानलाई बदनाम गर्दैमा अपराधीहरू बच्लान् भन्ने परिकल्पना गर्नु मुख्र्याइँ हो ।

त्यसो त केही नेताहरूको मुद्दा फिर्ता लिने हो भने लोकमानको महाअभियोग प्रस्ताव पनि तुहिन्छ । मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णको भनाइलाई मान्ने हो भने प्रमुख पार्टीका चार ठेकेदारको मुद्दा हट्यो भने कार्कीलाई लगाइएको महाअभियोग प्रस्ताव तुहिन्छ ।

सद्भावना पार्टीका सहअध्यक्ष कर्णले महाअभियोग समिति गठन गर्दा पनि काँग्रेस, एमाले, माओवादी र राप्रपा नेपालले ठेकेदारी देखाएको आरोप लगाए । उनले भने, ‘अरु दल छैन, यो देशमा, यी चार पार्टीले जे चाह्यो त्यही हुने ? यो कस्तो ठेकेदारी हो ?’

कर्णले यसअघि पनि सुशासन समिति गठन गर्दा यस्तै दादागिरी प्रमुख दलहरूले गरेको गुनासो पोखे । सांसदहरू सुशासनका मतियार हुन्थे भने संसदको दूरूपयोग पनि गर्दैनथे । आफू इमानदार भएका भए यसरी चोर बाटो पनि अपनाउने थिएनन् ।

एमाले र माओवादीको रणनीति

महाअभियोग लगाउनुमा एमाले र माओवादीको आफ्नै स्वार्थ छ । त्यो स्वार्थमा अब सबैभन्दा ठूलो दल काँग्रेसलाई पनि मुछ्ने प्रयास भइरहेको छ । सरकारले पूर्णत पाउनु अगाडि नै सत्ता गठबन्धन टुक्रने खतरासमेत बढेको छ ।

यसै सेरोमा काँग्रेसलाई पत्तो नै नभएको महाअभियोग लगाउने विषयको कुरो एमाले र माओवादीले काँग्रेससंगसमेत परामर्श गरेको बताउन थालेका छन् ।

अर्थात् जनताका अगाडि काँग्रेसलाई बेइमान सावित गर्न उनीहरु लागिपरेका छन् । गत साउनमा पानीबाराबारको स्थितिबाट गुज्रिएर फेरि सिङ्ग र पुच्छर जोड्न थालिसकेका उनीहरू लोकमानलाई हतियार बनाएर सिङ्गो सत्ता नै कब्जा गर्ने रणनीतिमा छन् ।

कार्कीविरुद्ध एमाले र माओवादीले दर्ता गराएको महाअभियोग प्रस्तावमा संसदको सबैभन्दा ठूलो दलको हैसियतले काँग्रेसको भूमिका निर्णायक हुन्छ । त्यसैले पनि एमाले र माओवादीले महाअभियोग प्रस्ताव दर्ता गर्नुअघि काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेरै अगाडि बढेको बताएका छन् ।

यसबारे देउवाले आफ्नो केन्द्रीय कार्य समितिको बैठकमा कुरा गरेर अन्तिम निर्णय गर्ने बताएका थिए । तर आफ्नो स्वार्थका लागि काँग्रेसलाई पनि घानमा पार्न खोजिदैछ ।

यसअघि काँग्रेस सांसद गगन थापा,  धनराज गुरुङ र माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठले अख्तियार प्रमुखविरूद्ध सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदा  तिनै एमाले र माओवादीले खिसिटिउरी गरेका थिए ।

अहिले अब बाँचिन्न भन्ने हेक्का गरेर बल्ल होमिए । कारण हो पदीय लोलुपतामा जति पनि मन्त्री भए तीमध्ये एकआधबाहेक बसै भ्रष्ट नै थिए र छन् पनि ।

लोकमानलाई नियुक्त गर्न कस्सेकाहरू अहिले फेरि महाअभियोग लगाउन कस्सिदा उनको प्रभाव कम हुँदै गएको आँकलन पनि गर्न थालिएको हो । तर त्यसका पछाडि आफू जेलमा कोचिनु पर्ने बाहेक अरू केही नभएको पार्टीका पिछलग्गु नभएका राजनीतिक विष्लेषकहरूको ठहर छ ।

स्वास्थ्य क्षेत्रमा रहेका अनियमिततालाई हटाउने अभियानका अभियन्ता डा. गोविन्द केसीले राखेका मागहरुको खुलेर विरोध गर्ने एमालेले किन केसीले उठाएको माग सम्बोधनमा जोडिन आयो भन्ने विषयसमेत रहस्यमय बन्न थालेको छ ।

डा गोविन्द केसीविरुद्ध अनसन बस्ने व्यक्तिसमेत तयार पारेको एमालेले महाभियोग दर्ताको अगुवाई गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अति गरेपछि खती हुन्छ भनेझैं एमालेले गरेको नेपाली राजनीतिवृत्तको अति र हैसियतबिना पनि मच्चिएको माओवादीबीचको छिनको हलजोडी र छिनको दुस्मनी अनौठो छ ।

दुवै बाम अवसरवादीताले कहाँ गएर मुलुकलाई भड्खालोमा खसाल्ने हो भन्ने अनुमान यसअघि पनि गरिएकै हो ।

माओवादीलाई चन्दा दिने समूहलाई कार्वाही गर्ने संकेत दिएसंगै गत बैशाखमा माओवादी पनि झस्किएको थियो ।

प्रचण्डले बैशाख २१ मै बसेको माओवादी पदाधिकारी बैठकमा मुख फोडेरै ‘हाम्रा पनि कयौं साथीहरू अख्तियारको छानबिनको घेरामा छन्, कुनै पनि बेलामा हामीलाई ठूलो संकट आइपर्न सक्छ’ भनेका थिए ।

त्यसकै भोलिपल्ट प्रचण्डले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने भनी काँग्रेस सभापति शेरबहादुर देउवालाई मोहरा बनाएका थिए ।

तत्कालीन अवस्थामा माहोल बिग्रिएपछि एमालेसंग माओवादी विचार टाढिंदै गएको थियो । पछि एमालेसँग केही स्वार्थ लिनका लागि प्रंचण्ड फेरि यूटर्न भएका थिए ।

लडाकु शिविरको अनियमिततामा मुछिएका जनार्दन शर्मा तत्कालीन संसदको सार्वजनिक लेखा समितिको सभापति हुँदा लोकमान सिंह कार्की चार पटक बोलाउँदा पनि उनको समितिमा उपस्थित भएका थिएनन् ।

उनले त्यतिबेला आफूलाई नटेरेको झोंकमा अहिले मन्त्री बहाल रहँदा रहँदै महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्नुले पनि प्रतिशोधको भावना उत्पन्न भएको छ । (जनभावना साप्ताहिक)

एमालेको सूर्य र राप्रपा नेपालको गाई गुम्ने खतरा

काठमाडौं,कात्तिक ८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा नेपालको चुनावी चिन्ह गुम्ने खतरा देखिएको छ। व्यवस्थापिका संसदमा छलफलमा रहेको राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ मा राखिएको प्रावधानका कारण एमालेको सूर्य र राप्रपा नेपालको गाई चिन्ह गुम्न सक्ने खतरा देखिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

विधेयकमा राष्ट्रिय झण्डा या चिन्ह प्रयोग गर्ने राजनीतिक दल चुनावका लागि दर्ता हुन नसक्ने व्यवस्था राखिएको छ । एक सातायता संसदमा छलफलमा रहेको सो विधेयक जस्ताको जस्तै पारित भए दुबै दल आगामी चुनावका लागि दर्ता हुन सक्ने छैनन्। या त उनीहरुले चुनावी चिन्न फेर्नुपर्नेछ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web