तिहारलाई मात्रै भारतबाट ६० लाखको फुल किनिंदै

८ कार्तिक, काठमाडौं ।
नजिकँदो तिहार पर्वका लागि यस वर्ष भारतबाट ६० लाख मूल्य बराबरको सयपत्री फूलको माला आयात गर्ने योजना फूल व्यवसायीहरुले बनाएका छन् ।

गत बर्ष तिहारमा एक लाख ५० हजार माला आयात गरेकोमा यस वर्ष दुई लाख माला आयात गर्ने योजना रहेकोे फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले गत वर्षभन्दा यस बर्ष फूलको माला केही सस्तो हुने र  प्रतिमाला बढीमा  ८० सम्ममा पाइने बताउनु भयो ।

तिहारमा नेपालमा हरेक वर्ष झन्डै  डेढ अर्ब मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ । तिहारमा मात्र मुलुकभर करिब ११ लाख मालाको कारोबार हुने गरेको छ ।

तीमध्ये नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बन्दछन् । नेपालमा प्रयोग हुने मालाको ४० प्रतिशत खपत काठमाडौँ उपत्यका नै हुने गरेको एसोसिएसनले जनाएको छ ।

नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ४०० प्रजातिका फूल उत्पादन भइरहेको तथा पुष्प व्यावसायवाट ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

साझा प्रकाशनको जग्गा लिलामी रोक्न प्रमको निर्देशन

८ कार्तिक, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुल्चोकस्थित साझा प्रकाशन केन्द्रीय कार्यालयको जग्गा लिलामी प्रक्रिया रोक्न निर्देशन दिनुभएको छ ।

ऋण तिर्न नसकेपछि सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीको प्रक्रिया प्रारम्भ गरेकोमा आज प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षामन्त्रीसहित सम्बन्धित निकायका प्रतिनिधिलाई निर्देशन दिनुभएको हो ।

प्रकाशनले बैंकलाई तिर्नुपर्ने रु सात करोड ५० लाख र अन्य ऋण भुक्तानीका लागि आफ्ना अन्य जग्गा बिक्री गर्नेसमेत निर्णय गरेकोमा प्रधानमन्त्रीले अनुदान र ऋण गरी रु ४० करोड निकासा दिइने आश्वासन दिनुभयो ।

शिक्षामन्त्री धनीराम पौडेल, साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, सञ्चालक प्रदीप नेपाल, दीनानाथ शर्मालगायतको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्रीले प्रकाशनलाई सरकारले रु २० करोड ऋण र रु २० करोड अनुदान दिई सो संस्था बचाउने बताउनुभयो ।

प्रधानमन्त्रीले सरकारले ऐतिहासिक संस्था बन्द हुन नहुनेमा जोड दिन्ुभयो ।

एक वर्षभित्रमा मेलम्चीको पानी ल्याउन निर्देशन

८ कार्तिक, काठमाडौं ।
व्यवस्थापिका—संसद्अन्तर्गत विकास समितिले रातिमासमेत काम गर्ने व्यवस्था मिलाएर विसं २०७४ असोज मसान्तभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउन खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा सभापति रवीन्द्र अधिकारीले तालिका बनाएर सुरुङ निर्माणको कामलाई व्यवस्थित गर्ने व्यवस्था मिलाउन मन्त्रालयका सचिव र मेलम्ची खानेपानी विकास समितिका अधिकारीलाई निर्देशन दिनुभयो ।

मेलम्ची खोलाको पानी ल्याउने संरचना निर्माण अन्तिम चरणमा पुगेकाले याङ्ग्री र लार्केको पानी ल्याउन आवश्यक पूर्वाधारको काम छिटो सुरु गर्न पनि समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सुरुङसम्म पुग्ने पहुँच मार्गको स्तरोन्नति गर्न पनि सभापति अधिकारीले सरकारी निकायको ध्यानाकर्षण गराउनुभयो ।

मन्त्रालयका सचिव सञ्जय शर्माले आयोजनाको काम छिटो सम्पन्न गर्न मन्त्रालयका तर्फबाट महिनामा एकपटक मुहानस्थलमै गएर अनुगमन गर्ने गरेको जानकारी दिनुभयो ।

आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले भूकम्प र नाकाबन्दीका कारण सुरुङ निर्माणको काममा असर परेकाले असोज १६ देखि छ महिना निर्माण कम्पनीको म्याद थपिएको जानकारी दिनुभयो ।

महाअभियोग पारित गरेर कार्कीलाई कारवाही गर्नुपर्छ-चित्रबहादुर केसी‍

८ कार्तिक, बुटवल ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी‍ले महाअभियोगको प्रस्तावलाई पारित गरेर अख्तियार प्रमुखलाई कारवाही गर्नुपर्ने बताउनुभएको छ  ।

राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्न केन्द्रिय समितिको बैठकले गरेका निर्णयबारे जानकारी गराउन आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष के.सी.ले अरुको दबाबमा संविधान संशोधन गर्न नहुने बताउंदै संघिएताका कारण देशको सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डता खतरामा परेको बताउनुभयो ।

काँग्रेसका शिर्ष नेता कार्कीलाई बचाउने पक्षमा, साना कारवाहीको माग गर्दै

८ कार्तिक, काठमाडौं ।
बाहिर मौन बसेर भित्रभित्रै निलम्बित विवादीत अख्तियार पूर्व प्रमूख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन नदिने कसरतमा लागेका काँग्रेस नेता कृष्ण प्रसाद सिटौला लगायत नेताका कारण काँग्रेस अझै महाअभियोग प्रस्तावमा ढुलमुलमै अल्झिएको छ ।

नेपाली काग्रेसका नयाँ अनुहारका केन्द्रिय सदस्यहरुले कार्कीमाथि महाअभियोग प्रस्तावको समर्थन गर्नुपर्ने बताएपनि अभिकाशं शिर्ष नेता बचाउमा लागेका छन् ।

जारी केन्द्रिय समिति बैठकमा बोल्ने शिर्ष नेताहरु प्रस्तावको महत्व भन्दा एमाले माओवादीले प्रस्ताव गरेको भन्दै कार्कीमाथि महाअभियोग लगाउन नहुने बताउन थालेका छन् ।

यसैगरि काग्रेस केन्द्रिय कार्यसमितिको आजको बैठकमा अधिकासं वक्ताले उचित बिषयमा सविधान सशोधन गरेर कार्यान्वयनमा अघि वढनु पर्ने सुझाव दिएका छन् ।

अख्तियारका निलम्वित प्रमुख आयुक्तको महाभियोग प्रस्ताव एमाले र माओवादी केन्द्रले षडयन्त्र गरेर ल्याएको भए पनि काग्रेसले महाभियोग प्रस्तावको पक्षमा उभिनु पर्नेमा अधिकासंको मत रहेको केन्द्रिय सदस्य बद्रि पाण्डेले बताए ।

स्थानिय निकायको सख्या कम भएमा जनतालाई दुख हुने तर्क गर्दै छरितो र कम खर्च तथा चुस्त भन्दा पनि काँग्रेसका नेताहरुले वैठकमा दलहरुले प्रस्ताव गरेको इलाकालाई नै गाऊपालिका र नगरपालिका वनाउने प्रस्ताव उचित हुने बताएको बुझिएको छ ।

मूख्यत लोकमानसिंह कार्कीको मुद्दामा केन्द्रित बैठक अनिर्णित भइरहेको छ भने कैठक भोली बिहान ८ बजे फेरी डाकिएको छ ।

प्रधानमन्त्री प्रचण्ड भन्छन् इमान्दारमाथि तरबार झुन्डिएको महसुस हुन्छ

८ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर) को समग्र विकास एवम् प्रशासन सञ्चालनमा एकीकृत र समन्वयात्मक रुपमा काम गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायत, सङ्घीय मामिला तथा स्थानीय विकास, अर्थ, गृह र ऊर्जा लगायतका मन्त्रालयका सचिव तथा उच्चस्तरीय कर्मचारीको संयुक्त बैठकलाई आज निर्देशन दिँदै प्रधानमन्त्रीले एकीकृत र समन्वयात्मक कामले मात्र परिणाम निकाल्न सकिन्छ ।

प्रधानमन्त्री दाहालले खानेपानीले गरेको काम विद्युत् प्राधिकरणलाई जानकारी नहुने भौतिकले गरेको काम स्थानीयलाई थाहा नहुने यसले कसरी परिणाम निकाल्न सकिन्छ भन्ने प्रश्न गर्दै परिणाम निकाल्न एकीकृत र समन्वयात्मक रुपमा काम गर्न ती निकायलाई आग्रह गर्नुभएको उहाँका निजी सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालले उपत्यकाको ट्राफिक व्यवस्था सहज बनाउन, सडकमा खाल्डाखुल्डीलाई मर्मत गर्न, खानेपानी, सडक पूर्वाधार निर्माणमा समन्वय रुपमा काम गर्न निर्देशन दिनुभएको प्रम दाहालका निजी सचिवालयले जनाएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायतमन्त्री रमेश लेखक र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आ–आफ्नो मन्त्रालयको प्रगतिका वारेमा जानकारी गराउनुभएको थियो ।

कार्की बिरुद्धको महाअभियोग प्रस्ताव छिटो अघि बढाउन सभामुखको ध्यानाकर्षण

८ कार्तिक, काठमाडौं ।
संयुक्त विद्यार्थी सङ्गठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव चाँडो प्रक्रियामा लैजान माग गर्दै सभामुख ओनसरी घर्तीलाई आज ध्यानाकर्षण गराएका छन् ।

तेह्र विद्यार्थी सङ्गठनले संयुक्त रुपमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गई दिएको ध्यानाकर्षणपत्रमा संवैधानिक निकायको प्रमुखको जिम्मेवारीमा रहेका कार्कीले शृङ्खलाबद्ध रुपमा संविधान, कानुन र विधिको पालना नगरेको उल्लेख छ ।

चितुवाले ज्यान गुमाएका परिवारलाई ५ लाख राहत

८ कार्तिक, बैतडी ।
जिल्ला वन कार्यालय बैतडीले चितुवाको आक्रमणबाट गत भदौमा ज्यान गुमाएका बालिकाका परिवारलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले नगद राहत वितरण गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालय मार्फत प्राप्त राहत रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको जिल्ला वन कार्यालय बैतडीका प्रमुख जिल्ला वन अधिकृत केदार बरालले जानकारी दिनुभयो ।

गत भदौ ४ गते चितुवाको आक्रमणबाट ज्यान गुमाएका उदयदेव गाविस वडा नं ९ का ७ बर्षीया चञ्चला चन्दका बुवा हिरा चन्द र गत भदौ १८ गते चितुवाको आक्रमणबाट ज्यान गुमाएका उदयदेव गाविस वडा नं २ का ४ बर्षीया अञ्जली चन्दका बुवा हिरा चन्दलाई ५/५ लाखका दरले नगदका साथै एक एक थान सोलार वितरण गरिएको वन अधिकृत बरालले बताउनुभयो ।

Nepal Sambat is Nepal’s pride and unique identity: PM Dahal

Prime Minister Pushpa Kamal Dahal has said that Nepal Sambat is Nepal's pride and original identity.

During the meeting with representatives of the Nepal Sambat 1137 National Ceremony Organising Committee at Singha Durbar today, Prime Minister Dahal said that the government is serious to make the Nepal Sambat calendar established as it is unique identity.

Impeachment motion should be passed: Chairman KC

Chairman of the Rastriya Janamorcha, Chitra Bahadur KC, has said the impeachment motion against CIAA Chief Lokman Singh Karki must be passed by the parliament.

During a press meeting in Butwal today, Chairman KC accused the big political parties of appointing Lokman Singh Karki as CIAA Chief to hide their misdeed.

It is indeed the root of present problem, he argued.

Govt preparing to form National Farmers Commission

The Ministry of Agricultural Development has started preparations to constitute the National Farmers Commission.

In this connection, the Ministry has prepared the draft of the National Farmers Commission and Operation Order – 2073 BS and carrying out home work for its implementation.

The draft envisages forming a seven-member commission for the promotion of the agriculture sector as well as protecting the rights and interests of farmers.

Programmes on management of the market for agro-products, operation of agro-products processing plants, establishment of research centres for boosting agricultural production and agriculture education could be run once the commission is formed, said spokesperson of the Ministry, Yogendra Karki.

According to him, the commission would be constituted once the draft is approved after discussion by the Ministry of Finance. The draft also outlines the policy of maintaining the forest cover at around 45 percent.

Two persons killed in road mishap in Mugu

Two persons were killed on the spot in a road accident at Khamale VDC-5 in Mugu district today.

The deceased have been identified as Lalit Sarumagar, of Taranga VDC-8 in Surkhet and Dhan Bahadur Dangar, of Gamtha VDC in Mugu district, according to Information Officer at the District Police Office, Mugu, Lok Bahadur GC.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web