काठमाडौं,कात्तिक ९ । नेपाल भारत पेट्रोलियम पाइपलाइन विस्तारमा सरकारी निकाय नै बाधक देखिएका छन् । आपूर्ति मन्त्रत्रालयका अनुसार वन मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, उर्जा मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, पर्सा वन्यजन्तु आरक्ष लगायतले पाइपलाइन विस्तारमा आसहयोग गरिरहेका छन् । यसका कारण पाइपलाइन विस्तारको काम निर्धारित समयमा सुरु हुन नसक्ने भएको छ ।

पाइपलाइन ओछ्याउन आवश्यक रुख कटानी, टेलिफोनको तार हटाउनुपर्ने, विद्युत र टेलिफोनको पोल हटाउनुपर्ने र जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । तर,सम्बन्धित निकायले यसमा सहयोग गरेका छैनन् ।

इन्डियन आयल कर्पोरेशनले सबै बाधा हटेपछि आगामी डिसेम्बरमा टेन्डर आब्हान गरी पाइपलाइन निर्माणको काम अघि बढाउने जानकारी दिएको छ । अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

काठमाडौं,कात्तिक ९ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक १९ देखि तीन दिन भारत भ्रमण गर्ने भएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकीय भ्रमण सकेर दिल्ली फर्किने दिन नै देउवा दिल्ली हुँदै गोवा जान लागेका हुन् । स्रोतका अनुसार भ्रमणमा देउवाले भारतमा उच्च राजनीतिक भेटघाटसमेत गर्नेछन् ।

भारतीय जनता पार्टी भाजपा निकट रहेको थिङ ट्यांक ‘इन्डिया फाउन्डेसन’ले गोवामा गर्न लागेको एक सेमिनारमा भाग लिन देउवा भारत आउन लागेका हुन् । गोवामा उनी प्रजातन्त्र, विकास र बीपी विषयक सेमिनारको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

सेमिनारमा भारतका अर्थमन्त्री तथा भाजपा नेता अरुण जेटलीलगायत विभिन्न राजनीतिक दलका नेताहरूसमेत सहभागी हुनेछन् । गोवाको कार्यक्रम सकेर देउवा सोही दिन दिल्ली फर्किने छन् । देउवाले २० र २१ गते दिल्लीमा राजनीतिक भेटघाट गर्ने स्रोतले बतायो ।

देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने तालिका रहेको भए पनि भेट निश्चित भइसकेको छैन । उनले भाजपा अध्यक्ष अमित शाह तथा महासचिव राम माधवलाई भेट्ने छन् ।

‘अहिलेसम्म भेटको मिति तय भएको छैन,’ स्रोतले भन्यो, ‘देउवाले मोदीलाई अवश्य नै भेट्ने छन् ।’

मधेसवादी दलहरूको माग सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेका बेला वर्तमान गठबन्धनको मुख्य पार्टीका सभापतिको भारत भ्रमणलाई निकै अर्थपूर्ण रूपमा लिइएको कान्तिपुर दैनिकमा समाचार छ ।

काठमाडौं,कात्तिक ९ । नेपाल सद्भावना पार्टीले संयुक्त लोकतान्त्रिक मधेसी मार्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने निष्कर्ष निकाल्दै मोर्चालाई फिर्ताको निर्णय गर्न अपिल गरेको छ । रौतहटको गौरमा तीन दिनदेखि जारी संघीय कार्यसमितिको विस्तारित बैठकबाट सद्भावनाले यस्तो निष्कर्षसहित फिर्ताको अपिल गरेको प्रवक्ता डा. डिम्पलकुमारी झाले बताइन । आजको राजधानी दैनिकमा खबर छ ।

नेपाली कांग्रेस , नेकपा माओवादी , माधेसी मोर्चासहितको संघीय गठबन्धनकाबीचमा भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधनका विषयमा सरकार गम्भीर नभएको आरोप लगाउँदै पार्टी यस्तो निष्कर्षमा पुगेको हो ।

९ कार्तिक, काठमाडौं ।
अर्को बर्षको दसैंँसम्म काठमाडौंका बासिन्दाले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी खान पाउने भएका छन् । आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले १५ असोज ०७४ मा उपभोक्ताको धारामा मेलम्चीको पानी आउने प्रतिवेदन संसद्को विकास समितिमा पेस गरेका छन् ।

मेलम्ची खानेपानी वितरण गर्न नौ ठाउँमा पानी जम्मा गर्ने रिजर्भ ट्यांकी निर्माण गरिँदै छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार आरुबारी, महांकालचौर, बाँसबारी, पानीपोखरी, खुमलटार, बालाजु, कीर्तिपुर, टिङ्नी र कटुन्जेमा ट्यांकी निर्माण हुँदै छ ।

चार प्याकेजमा विभाजन गरी ट्यांकी निर्माण गरिँदै छ । प्याकेज १ को आरुबारी, महांकाल चौर र बाँसबारीमा ट्यांकी निर्माणको काम ५९ प्रतिशत सकिएको आजको नयाँ पत्रिकामा समाचार छ ।

प्याकेज २ मा पानीपोखरी र खुमलटारमा ट्यांकी निर्माण ६७।५ प्रतिशत सकिएको छ । प्याकेज ३ अन्तर्गतको बालाजुमा निर्माणाधीन ट्यांकीको काम ५८।४५ प्रतिशत सकिएको छ । प्याकेज ४ अन्तर्गतको कीर्तिपुर, टिङ्नी र कटुन्जेमा पनि ट्यांकी प्रारम्भिक चरणमा निर्माण हुँदै छ । सबै काम सक्न एक वर्ष लाग्ने निर्देशनालयले जनाएको छ ।

९ कार्तिक, काठमाडौं ।
अख्तियार प्रमुख लोकमासिंह कार्कीविरुद्ध संसदमा दर्ता महाभियोग प्रस्तावमा कांग्रेसले औपचारिक धारणा सार्वजनिक नगर्ने भएको छ ।

केन्द्रीय समितिको बैठकमा सदस्यहरुको धारणा सुनेपछि सभापति शेरबहादुर देउवाले लोकमाविरुद्ध लागेको आरोप र उनको स्पस्टीकरण सुनेपछि मात्रै औपचारिक निर्णयमा पुग्ने संकेत दिएका आजको अन्नपूर्णमा समाचार छ ।

‘लोकमानले आरोप कसरी जवाफ दिन्छन्, त्यसपछि मात्रै पार्टीको औपचारिक धारणा आउँछ’ देउवा निकट एक केन्द्रीय सदस्यले भने,’त्यसैले संसदको महाभियोग समितिले कार्कीमाथि लगाइएका सात आरोपबारे स्पस्टीकरण लिएपछि मात्रै कांग्रेसले निर्णय गर्छ ।’

कांग्रेसले कार्कीको स्पस्टीकरणपछि मात्रै औपचारिक निर्णय गर्ने भने पनि विपक्षमा मतदानको सम्भावना एकदमै न्यून रहेको उनको भनाइ छ ।

९ कार्तिक, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सर्वसाधरणसमेतले महाभियोग सिफारिस समितिमा उजुरी दिन पाउने भएका छन् ।

समितिको कार्यविधि तय गर्दै सिफारिस समिति मातहतको उपसमितिले कार्कीका काम कारबाहीविरुद्ध सर्वसाधरणले पनि उजुरी दिनसक्ने व्यवस्था गरेको खबर आजको गोरखापत्रमा छापिएको छ। तर, सर्वसाधरणले उजुरी दिन पाउने व्यवस्था उपसमितिले कार्यविधिमा राखे पनि उजुरी दर्ताअघि कम्तीमा तीन जना सांसदले प्रमाणित गर्नुपर्नेछ।

उपसमितिले कार्यविधिलाई करिब अन्तिम रूप दिएको छ । मङ्गलबार दिउँसो बस्ने बैठकले मात्र कार्यविधिबारे अन्तिम निर्णय गर्नेछ । उपसमितिको प्रतिपेदन समितिमा पेस भई पारित भएपछि कार्यान्वयनमा आउनेछ । उपसमिति सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले उपसमितिले सर्वसाधरणले उजुरी दिन सक्ने व्यवस्था गरेको जानकारी दिए। उजुरीकर्ता सर्वसाधरणलाई समितिले आवश्यक परे थप प्रमाणसमेत माग्न सक्नेछ ।

संसद्को कार्यसञ्चालन नियमावलीले नै समितिको धेरै कार्यविधि तय गरेको छ । नियमावलीले आरोपितलाई सफाइको मौका दिनुपर्ने समयसीमा, काम सुरु गरेपछि प्रतिवेदन दिने समय, विज्ञसँग राय लिन सक्ने व्यवस्था नियमावलीमा नै गरेको छ । अन्य समितिको हकमा यस्ता प्राविधिक विषय कार्यविधिले नै तय गर्ने गरेको छ ।

समितिमा महाअभियोग दर्ताका हस्ताक्षरकर्ता नै समितिमा रहेको लगायतका प्राविधिक प्रश्न पनि उपसमितिको बैठकमा उठेका छन् । हस्ताक्षरकर्ता समितिमा रहेको प्रश्न उपसमिति बैठकमा हस्ताक्षरकर्ता सांसद नै सिफारिस समितिमा भएको भन्ने प्रश्न उठेको छ । अभियोग लगाउने सांसद नै सदस्य भएपछि आरोपितले न्याय पाउँछन् वा पाउँदैनन् भन्नेमा प्रश्न उठेको हो । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा प्रतिनिधित्व गर्ने सदस्यमध्ये काँग्रेसका चार सदस्यले हस्ताक्षर गरेका छैनन् ।

यस्तै राप्रपा नेपालका गिरीले पनि हस्ताक्षर गर्नुभएको छैन । समितिमा रहेका माओवादी केन्द्रका दुवै सदस्यले हस्ताक्षर गरेका छन् भने, एमालेका चारै सदस्यले नै हस्ताक्षर गरेका छन्।यस्तै, सर्वोच्चमा विचराधीन कार्कीको योग्यतासम्बन्धी मुद्दामा पक्ष भई वकालत गरेका माओवादी केन्द्रका सांसद रामनारायण बिडारी पनि समितिमा सदस्य छन्। संसद्को नियमावलीको नियम २३३ ९ज० मा कुनै स्वार्थ जोडिने विषय आफूले प्रतिनिधित्व गर्ने समितिमा भए सोको जानकारी सदस्यले दिनुपर्ने व्यवस्था छ ।

प्रस्तावमा छलफल हुँदै

संसद्मा पेस भएको महाभियोग प्रस्ताव मङ्गलबारबाट छलफल हुँदैछ । संसद् सविचलायले मङ्गलबार दिउँसो प्रस्ताव पेस गरी सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ ।

गत आइतबारको बैठकमा नै प्रस्ताव पेस गरी सैद्धान्तिक छलफल गर्ने तयार भए पनि अन्तिम समयमा छलफलको दिनमात्र तोकेर छलफल स्थगित गरिएको थियो । नेपाली काँग्रेसले दुई दिन बैठक स्थगित गर्न आग्रह गरे पनि संवैधानिक प्रावधानअनुसार सभामुखले एक दिनमात्र बैठक स्थगित गरेकी थिइन्।

संसद्को प्रक्रियाअनुसार सैद्धान्तिक छलफल भएपछि प्रस्ताव महाभियोग सिफारिस समितिमा जानेछ । समितिले उक्त प्रस्तावमा अनुसन्धान गरी बढीमा ३० दिनभित्र संसद्लाई महाभियोग लाग्ने नलाग्ने विषयमा कारणसहित प्रतिवेदन दिनेछ । समितिका प्रतिवेदनमा संसद्मा छलफल हुनेछ।

९ कार्तिक, काठमाडौं ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट झण्डै एक अर्ब रुपैयाँको सुख्खा फलफूल 'ड्राई फ्रुट्स' आयात भएको छ । तिहारलाई लक्षित गर्दै व्यापारीले खरिद बढाएकाले साउनदेखि असोजसम्मै कुल बार्षिक आयातको एक तिहाई ‘ड्राइ फ्रुट्स’ नेपाल भित्रिएको हो । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

भन्सार विभागको तीन महिने तथ्याङ अनुसार साउनदेखि असोजसम्ममा ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुन्छ । भाइटिकामा दिदी–बहिनीले दाजुभाईलाई टिका लगाएर सगुनको रुपमा दिने भएकाले यसलाई कतिपयले ‘भाई मसला’ समेत भन्ने गर्छन् ।

तिहारमा ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदामलगायतका सुख्खा फलफूलको खपत धेरै हुने गर्छ । नेपालमा छिमेकी मुलुक भारत र चीन सहित बेलायत, इटाली, भियतनाम, युएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिकालगयातका मुलुबाट यस्ता उत्पादन आयात हुने गरेका छन् ।

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ८१ लाख किलोभन्दा बढी ‘ड्राइ फ्रुट्स’ आयात भएको हो । यस अवधीमा स्याउ, केरालगायतका हरिया तथा अन्य सुख्खा गरि करिब ३ अर्ब ४ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७२र७३ मा ‘ड्राई फ्रुट्स’ को आयात मात्र करिब तीन अर्ब ३९ करोड भएको थियो । गत वर्ष विभिन्न मुलुकबाट करिब तीन करोड ६७ लाख किलो ‘ड्राई फ्रुट्स’ नेपाल भित्रिएको थियो । गत वर्ष सुख्खा र हरियो गरि करिब १० अर्ब ८२ करोड रुपैयाँ बराबरको फलफूल नेपालमा आयात भएको भन्सारको तथ्याङमा उल्लेख छ।

९ कार्तिक, काठमाडौं ।

भदौको अन्तिम साता रोल्पाको एक प्रहरी चौकी हतियारधारी समूहले घेरा हाल्यो । रातमा बन्दुक र पेस्तोल बोकेर चौकी आक्रमण गर्न १०–११ जनाको समूह पुगेको थियो । शंकास्पद व्यक्ति वरिपरि रहेको आशंकामा सेन्ट्रीका प्रहरीले ढुंगा हाने । प्रहरीले थाहा पाएपछि त्यो समूह भाग्यो ।

चौकी आक्रमण गरेर सशस्त्र युद्धको घोषणा गर्ने योजनामा रहेको मंगोल मूलबासी राष्ट्रिय फोर्स पार्टीको समूह थियो त्यो । त्यसपछि अरू ठाउँमा आक्रमणको तयारी गरेको उक्त भूमिगत पार्टीका अध्यक्ष उपेन्द्र घर्तीमगरसहित १३ नेता–कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

‘आफूहरूसँग थोरै हतियार भएकाले आक्रमण गर्न गएर पनि उनीहरू फर्किएका थिए,’ नेपाल प्रहरीको विशेष ब्युरोका डिआइजी बमबहादुर भण्डारीले भने, ‘राजनीतिक आवरणमा उनीहरू आपराधिक गतिविधिमा संलग्न थिए ।’

आठजना काठमाडौंमा र पाँचजना रोल्पामा पक्राउ परेका हुन् । उनीहरूबाट नौ थान बन्दुक, दुई पेस्तोल, दुई रिभल्वर र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उपत्यका, सिन्धुपाल्चोक र रोल्पामा संयुक्त अप्रेसन चलाएर सशस्त्र युद्ध सुरु गर्न लागेको उक्त पार्टीका नेता÷कार्यकर्तालाई पक्राउ गरेको हो । उनीहरूले रोल्पामा एउटा तथा सिन्धुपाल्चोकको ग्रामिण क्षेत्रका दुई प्रहरी चौकीमा आक्रमणको योजना बनाएका थिए ।

रोल्पामा सो पार्टीको एसटिफ कमान्डर रहेका डेपुटी सुवास राईको नेतृत्वमा आक्रमण गर्न गएको थियो । तर, आक्रमण असफल भएपछि अन्यत्र योजना बनाएका थिए । बैंक र रात्रिबस लुट्ने तयारी गर्दा उनीहरू पक्राउ परेको महानगरीय प्रहरी आयुक्त एआइजी प्रतापसिंह थापाले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

प्रहरीका अनुसार रुकुमको उच्च भेगमा उनीहरूले सैन्य तालिमसमेत गरेका थिए । प्रहरीमा भर्नाजस्तै लडाकु भर्नामा पनि मापदण्ड बनाएका थिए । हतियारसम्बन्धी तालिम दिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पार्टी अध्यक्ष उपेन्द्र घर्ती, पूर्वक्षेत्रीय इन्चार्ज पृथ्वीनारायण लिम्बू, मध्य क्षेत्रीय इन्चार्ज टेम्डी शेर्पा छन् । त्यस्तै, केन्द्रीय सदस्यसचिव पालुवाङ लिम्बू, लडाकु कमान्डर बनाइएका सुवास राई र अन्य कार्यकर्ताहरू रविन श्रेष्ठ, वनबहादुर स्याङ्बो, अजय तामाङ, रामबहादुर मगर, लोकबहादुर मगर, चन्द्रवीर घर्तीमगर, दुजमान घर्तीमगर र जोगबहादुर घर्तीमगर छन् ।

०७२ मा गठन भएको सो फोर्सका नेता सबैजसो आपराधिक पृष्ठभूमिका छन् । उपेन्द्र घर्तीमगरको मंगोल नेसनल पार्टी, पृथ्वीनारायण लिम्बूको किरात मूलबासी राष्ट्रिय फोर्स तथा टेम्डी शेर्पाको संयुक्त जातीय मुक्ति मोर्चा समायोजन गरेर सो फोर्स स्थापना गरेको डिआइजी भण्डारीले बताए ।

जातीय नारा दिएर पार्टीलाई आपराधिक गतिविधिमार्फत चर्चामा ल्याई पैसा उठाउनु नै उनीहरूको प्रमुख उद्देश्य रहेको एआइजी प्रतापसिंह थापा बताउँछन् । रुकुम, रोल्पालगायत जिल्लामा उनीहरूको चन्दाआतंक थियो । पछिल्लो समय उनीहरूले हातहतियार संकलनलाई तीव्रता दिएका थिए । पूर्व, मध्य र पश्चिम गरी आफ्नो संगठनलाई तीन क्षेत्रमा विभाजन गरेका थिए । मंगोल नेसनल आर्मी नामक भ्रातृ संगठन स्थापना गरी त्यसअन्तर्गत मंगोल मुक्ति सेना, मंगोल मुक्ति कमान्डो तथा स्पेसल टाक्सफोर्ससमेत बनाइएको थियो । गत वर्ष नै उनीहरूले रुकुमको जाङखार खोलामा सैन्य तालिमसमेत दिएका थिए ।

आफ्नो परिचय लुकाउन उनीहरूले नक्कली नागरिकतालगायत कागजपत्र बनाउने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका प्रहरी चौकीमा आक्रमण गरी हतियार लुट्ने योजना बनाएका थिए । बैंक तथा सुनपसलसमेत लुट्न उनीहरूले रेकी गरिसकेको एआइजी प्रतापसिंह थापाले बताए । रुकुममा यार्सागुम्बा लुट्ने योजना बनाएका थिए भने दुईपटक बस लुट्ने योजना असफल भएको अनुसन्धानमा खुलेको छ । सो पार्टीका तल्लो तहका नेता भने फरार रहेको डिआइजी बमबहादुर भण्डारीले बताए ।

९ कार्तिक, काठमाडौं ।
नेपाल भारत पेट्रोलियम पाइपलाइन विस्तारमा सरकारी निकाय बाटै तत्परता नदेखिएको पाइएको छ ।

आपूर्ति मन्त्रत्रालयका अनुसार वन मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, उर्जा मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, पर्सा वन्यजन्तु आरक्ष लगायतले पाइपलाइन विस्तारमा आसहयोग गरिरहेका छन् । यसका कारण पाइपलाइन विस्तारको काम निर्धारित समयमा सुरु हुन नसक्ने भएको छ ।

पाइपलाइन ओछ्याउन आवश्यक रुख कटानी, टेलिफोनको तार हटाउनुपर्ने, विद्युत र टेलिफोनको पोल हटाउनुपर्ने र जग्ग अधिग्रहण गर्नुपर्ने हुन्छ । तर,सम्बन्धित निकायले यसमा सहयोग नगरेका आजको अन्नपूर्णामा समाचार छ ।
ऋयिकभ बम ह्

इन्डियन आयल कर्पोरेशनले सबै बाधा हटेपछि आगामी यिडसेम्बरमा टेन्डर आहृवानग गरी पाइपलाइन निर्माणको काम अघि बढाउने जानकारी दिएको छ ।

८ कार्तिक, काठमाडौं ।
अखिल नेपाल फुटबल संघमा पूर्व भ्रष्ट अध्यक्ष तथा सांसद गणेश थापाका विश्वासपात्र नरेन्द्र श्रेष्ठ विजयी भएका छन् । यस्तै उपाध्यक्षमा उनै थापाका आफ्नै सालो मणि कुवर बिजयी भएका छन् ।

कुल खसेको ६७ मत मध्ये नरेन्द्र श्रेष्ठले ३६ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कर्मा्छिरिङ्ग शेर्पाले ३१ मत पाए ।

कुँवरले कुल मतको ३४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी शेर्पा समुहका दिपक खातीले २५ र स्वतन्त्र उम्मेद्वार उपेन्द्रमान सिंहले ८ मत पाउनु भयो ।

निर्वाचनमा देशभरका ए डिभिजन क्लवबाट १२ जना, बि डिभिजनबाट चार जना, सि डिभिजनबाट चार जना, जिल्ला संघबाट ४४ जना, खेलाडी, प्रशिक्षक, महिला र रेफ्रि समितिबाट एक–एक गरी ६७ जना प्रतिनिधि सहभागी थिए ।

तत्कालीन अध्यक्ष गणेश थापालाई फिफाले भ्रष्टाचार गरेको आरोपमा १० वर्षका लागि निलम्बन र जरिवाना गर्दै बर्खास्त गरेपछि रिक्त रहेको पदमा सोमबार निर्वाचन भएको हो । नयाँ कार्यसमितिको कार्यकाल एक वर्षको हुनेछ ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सोमबार बिहान ९ बजेदेखि शुरु भएको साधारणसभाले बन्दसत्र हुँदै मतदान प्रकिया अघि बढाएको थियो ।

यसैबीच, फिफा र एएफसीबाट आएका प्रतिनिधिले समेत निर्वाचन प्रक्रियाबाटै अध्यक्ष र उपाध्यक्ष चुन्नु राम्रो रहेको प्रतिक्रिया दिएका थिए ।

८ कार्तिक, काठमाडौं ।
नजिकँदो तिहार पर्वका लागि यस वर्ष भारतबाट ६० लाख मूल्य बराबरको सयपत्री फूलको माला आयात गर्ने योजना फूल व्यवसायीहरुले बनाएका छन् ।

गत बर्ष तिहारमा एक लाख ५० हजार माला आयात गरेकोमा यस वर्ष दुई लाख माला आयात गर्ने योजना रहेकोे फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले गत वर्षभन्दा यस बर्ष फूलको माला केही सस्तो हुने र प्रतिमाला बढीमा ८० सम्ममा पाइने बताउनु भयो ।

तिहारमा नेपालमा हरेक वर्ष झन्डै डेढ अर्ब मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ । तिहारमा मात्र मुलुकभर करिब ११ लाख मालाको कारोबार हुने गरेको छ ।

तीमध्ये नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बन्दछन् । नेपालमा प्रयोग हुने मालाको ४० प्रतिशत खपत काठमाडौँ उपत्यका नै हुने गरेको एसोसिएसनले जनाएको छ ।

नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ४०० प्रजातिका फूल उत्पादन भइरहेको तथा पुष्प व्यावसायवाट ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

८ कार्तिक, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुल्चोकस्थित साझा प्रकाशन केन्द्रीय कार्यालयको जग्गा लिलामी प्रक्रिया रोक्न निर्देशन दिनुभएको छ ।

ऋण तिर्न नसकेपछि सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीको प्रक्रिया प्रारम्भ गरेकोमा आज प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षामन्त्रीसहित सम्बन्धित निकायका प्रतिनिधिलाई निर्देशन दिनुभएको हो ।

प्रकाशनले बैंकलाई तिर्नुपर्ने रु सात करोड ५० लाख र अन्य ऋण भुक्तानीका लागि आफ्ना अन्य जग्गा बिक्री गर्नेसमेत निर्णय गरेकोमा प्रधानमन्त्रीले अनुदान र ऋण गरी रु ४० करोड निकासा दिइने आश्वासन दिनुभयो ।

शिक्षामन्त्री धनीराम पौडेल, साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, सञ्चालक प्रदीप नेपाल, दीनानाथ शर्मालगायतको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्रीले प्रकाशनलाई सरकारले रु २० करोड ऋण र रु २० करोड अनुदान दिई सो संस्था बचाउने बताउनुभयो ।

प्रधानमन्त्रीले सरकारले ऐतिहासिक संस्था बन्द हुन नहुनेमा जोड दिन्ुभयो ।