एन्फामा भ्रष्ट गणेश थापाका समर्थक बिजयी, उपाध्यक्ष आफ्नै भतिज

कार्तिक ८, २०७३ मा प्रकाशित | 1248 views

८ कार्तिक, काठमाडौं ।
अखिल नेपाल फुटबल संघमा पूर्व भ्रष्ट अध्यक्ष तथा सांसद गणेश थापाका विश्वासपात्र नरेन्द्र श्रेष्ठ विजयी भएका छन् । यस्तै उपाध्यक्षमा उनै थापाका आफ्नै सालो मणि कुवर बिजयी भएका छन् ।

कुल खसेको ६७ मत मध्ये नरेन्द्र श्रेष्ठले ३६ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कर्मा्छिरिङ्ग शेर्पाले ३१ मत पाए ।

कुँवरले कुल मतको ३४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी शेर्पा समुहका दिपक खातीले २५ र स्वतन्त्र उम्मेद्वार उपेन्द्रमान सिंहले ८ मत पाउनु भयो ।

निर्वाचनमा देशभरका ए डिभिजन क्लवबाट १२ जना, बि डिभिजनबाट चार जना, सि डिभिजनबाट चार जना, जिल्ला संघबाट ४४ जना, खेलाडी, प्रशिक्षक, महिला र रेफ्रि समितिबाट एक–एक गरी ६७ जना प्रतिनिधि सहभागी थिए ।

तत्कालीन अध्यक्ष गणेश थापालाई फिफाले भ्रष्टाचार गरेको आरोपमा १० वर्षका लागि निलम्बन र जरिवाना गर्दै बर्खास्त गरेपछि रिक्त रहेको पदमा सोमबार निर्वाचन भएको हो । नयाँ कार्यसमितिको कार्यकाल एक वर्षको हुनेछ ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सोमबार बिहान ९ बजेदेखि शुरु भएको साधारणसभाले बन्दसत्र हुँदै मतदान प्रकिया अघि बढाएको थियो ।

यसैबीच, फिफा र एएफसीबाट आएका प्रतिनिधिले समेत निर्वाचन प्रक्रियाबाटै अध्यक्ष र उपाध्यक्ष चुन्नु राम्रो रहेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web