काठमाडौं,कात्तिक ८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा नेपालको चुनावी चिन्ह गुम्ने खतरा देखिएको छ। व्यवस्थापिका संसदमा छलफलमा रहेको राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ मा राखिएको प्रावधानका कारण एमालेको सूर्य र राप्रपा नेपालको गाई चिन्ह गुम्न सक्ने खतरा देखिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

विधेयकमा राष्ट्रिय झण्डा या चिन्ह प्रयोग गर्ने राजनीतिक दल चुनावका लागि दर्ता हुन नसक्ने व्यवस्था राखिएको छ । एक सातायता संसदमा छलफलमा रहेको सो विधेयक जस्ताको जस्तै पारित भए दुबै दल आगामी चुनावका लागि दर्ता हुन सक्ने छैनन्। या त उनीहरुले चुनावी चिन्न फेर्नुपर्नेछ।

८ कार्तिक, काठमाडौं ।
कम्तीमा २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट नेपाली पाइलट बेद उप्रेतीले खरिद गर्ने पक्कापक्की भएको छ।

आइतबार उक्त जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकल र बेद उप्रेती ट्रष्टबीच जहाज खरिद बिक्री सम्झौता हुनेछ। मर्मत गरेर उडान गर्न नमिल्ने उक्त विमानको खरिद रकम भने दुवै पक्षले सार्वजनिक नगरेको खबर आजको कान्तिपुरमा छापिएको छ।

‘हामीबिच खरिद रकम केही समयकालागी सार्वजनिक नगर्ने सहमति भएको छ,’ विमान खरिद गर्ने बेद उप्रेती ट्रष्ट निकट स्रोतले भन्यो। एटीआर विमानका परीक्षक तथा प्रशिक्षक पाइलट उप्रेती डडेल्धुराका हुन्। हाल उनी इन्डोनेशियाको लायन एयरको विमान उडाउँछन्।

दुई वर्षअघि कैलालीको धनगढीमा पाइलट उप्रेतीले डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम लोकप्रिय छ। बन्द भएको नेपाली एयरलाइन्स कस्मीक एयरको १ सय १० सिट क्षमताको फोकर विमानलाई काठमाडौंबाट तीन टुक्रा बनाई लरीट्रकमा राखेर उनले स्थापना गरेको म्युजियम त्यस भेगका स्थानिय तथा भारतको उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकहरुकालागि अनिवार्य घुम्नै पर्ने थलो बनेको छ।

यता टर्किससँग खरिद गरिने एयरबस ए–३३० विमान भने पाइलट उप्रेतीले काठमाडौं उपत्यकाभित्रै राख्ने बताएका छन्। ‘यो विमान बाहिर लैजान सकिँदैन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमै राखिने छ,’ उप्रेतीले भने।

काठमाडौंमा स्थापना गरिने म्युजियमले सर्वसाधरणलाई नेपाली उडड्यन, यस्का चुनौती र अन्तर्राष्ट्रिय उड्डयनबारे जानकारी गराउने भनेको छ। ‘विश्वमै एभिएसन सम्बन्धित जनशक्तिको कमी हुँदै गएको छ, हामीले स्थापना गर्ने म्युजियमले आउँदो पुस्तालाई यस क्षेत्रमा आर्कषित गराउन उत्प्रेरणा दिने छ,’ एटीआर ७२–६०० सिरिजको विमान उडाउँदै आएका उप्रेतीले कान्तिपुरसँग भने।

उक्त विमानभित्र ३ सय बढी जहाजका मोडल राखिने, उडानमा रहेका पाइलटरएयरहोस्टेस आदीकालागी तालिम केन्द्र लगायतका सुविधा राखिने छन्। ट्रष्टले संग्राहलय ६ देखी ८ महिनाभित्रै स्थापना गर्ने बताउँदै कुल लगानी ५ करोड हाराहारी हुने भनेको छ।

हाल विमानस्थलमा रहेको एयरबसको लम्बाई २ सय ८ फिट, उचाइ ५५ फिट र पखेटाको चौढाई १सय ९७ फिट रहेको छ।

०७१ फागुन १९ गते साझ इस्तानबुलबाट उडेको यो विमान २० गते विहान काठमाडौं विमानस्थालमा अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो।

नौ महिना मात्रै उडेको यो विमान काठमाडौंमा मर्मत गर्न जहाजको मूल्यको हाराहारी खर्च र कम्तीमा एक वर्ष सयम लाग्ने भएपछि टर्किसले विमान विमा गर्ने जर्मनी कम्पनीबाट बिमा दाबी रकम लिई पुनस् बिमा कम्पनीबाट यो विमान लिलामी भाउमा खरिद गरेको थियो।

८ कार्तिक, काठमाडौं ।
सशस्त्र प्रहरी बलमा लामो समयदेखि तीन नायब महानिरीक्षक 'डीआईजी' पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अगाडि बढ्न सकेको छैन। लामो समयसम्म बढुवा प्रक्रिया अगाडि नबढ्दा वृत्ति विकासमा अवरोध पुग्ने भए पनि सम्बन्धित निकायले यसलाई गम्भीरतापूर्वक लिएको देखिँदैन। यो खबर हामीले सेतोपाटीका लागि आजको राजधानी दैनिकबाट लिएका हौ।

डीआईजी दुर्गाबहादुर कुँवरको राजीनामा र शैलेन्द्र खनाल तथा जितबहादुर पुनको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवासँगै सशस्त्रमा तीन डीआईजी पद रिक्त हुन गएको हो।

कुँवरले अमेरिकी ग्रिनकार्ड होल्डर भएकै कारण १५ महिनाअघि राजीनामा दिएका थिए। सरकारी कर्मचारीले कुनै पनि मुलुकको स्थायी आवासीय अनुमति डीभी र पीआर लिन नपाउने कानुन बनेलगत्तै डीआईजी कुँवरले २०७२ सालको साउन दोस्रो साता राजीनामा दिएका थिए। यस्तै, खनाल र पुनः पाँच महिनाअघि असार पहिलो साता एआईजीमा बढुवा भएका थिए।

आफूहरूको वृत्ति विकासमा अवरोध पुगेको भन्दै बढुवा हुने क्रममा रहेका सशस्त्र प्रहरी अधिकारीहरूले पटकपटक आईजीपी दुर्जकुमार राईको ध्यानाकर्षण गराउँदै आएका छन्। तर, आईजीपी राईले यसलाई टुंगोमा पु¥याउन सकेका छैनन्। कतिपय अधिकारीहरू आईजीपी राईको कार्यकालमा डीआईजी बढुवा हुनेमा आशंकासमेत व्यक्त गर्छन्। असार पहिलो साता एआईजीमा बढुवा भएका खनाल र पुनलाई पदस्थापन गर्न चार महिनाभन्दा बढी लगाएकाले पनि उनीहरूले यस्तो आशंका गरेका हुन्।

हाल डीआईजी बढुवामा वरिष्ठताका क्रममा एसएसपी खड्कबहादुर राई अगाडि छन्। बढुवामा वरिष्ठताका साथै कार्यक्षमता, शैक्षिक योग्यता, पदकलगायतको नम्बरले ठूलो अर्थ राख्ने गर्छ।

यसैगरी, वसन्तकुमार बानियाँ, मन्दिप श्रेष्ठ, प्रजाभक्त श्रेष्ठ, राजुराम सुवाल, सञ्जयविक्रम राणा र चीरञ्जीवी अधिकारी डीआईजीका दाबेदार हुन्। डीआईजीमा बढुवा रोकिँदा हाल मुख्यालयदेखि मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयसम्मका प्रमुख पद रिक्त छन्। मध्यपश्चिम बाहिनीमा सरुवा भएका डीआईजी अरविन्द धिताल तत्कालीन आईजीपी वन्तलाई ‘सहयोग’ गरेको भन्दै अख्तियारले छानबिन थालेपछि निलम्बनमा परेकाले सो बाहिनीमा डीआईजी पद रिक्त हुन गएको हो। सरकारले सशस्त्रका डीआईजीहरू सरुवा गरेको भोलिपल्टै अख्तियारले डीआईजी धितालमाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेलगत्तै सरकारी कर्मचारीहरू स्वतः निलम्बनमा पर्ने प्रावधान छ।

६ महिनाभन्दा बढी निलम्बनमा राख्न नपाइने भए पनि धिताल १० महिनादेखि निलम्बनमै छन्। धितालको संयोजकत्वमा वन्तले गरेका कामबारे प्रतिवेदन तयार पार्न लगाइएको थियो। सो प्रतिवेदन वन्तको पक्षमा भएको भन्दै उनलाई अख्तियारले छानबिनका लागि भन्दै निलम्बन गरेको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी दिवाकर केसीले भने बढुवा प्रक्रिया अघि बढेको दाबी गरे। ‘लामो समय खाली भएको सत्य हो, तर प्रक्रिया अघि बढिरहेकाले छिट्टै बढुवा हुन्छ,’ उनले भने।

८ कार्तिक, काठमाडौं ।
संसदीय समितिको निर्देशन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन विपरित दुई साताअघि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलको लाभांश रकम विदेश लैजान दिएको खुलासा भएको खबर आजको कान्तिपुरमा छापिएको छ।

स्वीकृति नलिई कम्पनीमा लगानी थप गरेका कारण चार वर्षदेखि रोकिएको ८ अर्ब ८० करोड रूपैयाँ राष्ट्र बैंको एकलौटी निर्णयबाट विदेश लैजान दिइएको हो ।

उक्त रकम वेष्ट इन्डिजमा दर्ता रहेको ‘रेनहोल्ड होल्डिङ’ कम्पनीमा ट्रान्सफर भइसकेको राष्ट्र बैंक स्रोतले बतायो।

कार्कीको निरन्तर दबाबपछि राष्ट्र बैंकका गभर्नर चिरञ्जीबी नेपालले दसैं विदा सकिएको भोलिपल्टै असोज २७ गते उक्त रकम विदेश लैजान दिने निर्णय गरेका हुन्।

८ कार्तिक, गोरखा ।
गोरखाबाट तिब्बत जोड्ने सडक नेपाली सेनाले बनाउने भएको छ ।

रक्षामन्त्री बालकृष्ण खाँडले पृथ्वीराजमार्गको बेनीघाटबाट लार्केभोटसम्मको १ सय ८० किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने जानकारी दिएका हुन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

सेनाको हेलिकप्टरमा आइतबार तिब्बत सीमाना सामागाउँ गाविस पुगेर मन्त्री खाँडले आरूघाट हुँदै सामागाउँसम्मको सडक निर्माण गर्न सेनालाई जिम्मा दिने बताएका हुन्।

सोही हेलिकप्टरमा सामागाउँ पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तिब्बत जोड्ने रणनीतिक महत्वको बेनीघाट आरुघाट लार्के सडक निर्माण गर्न नेपाली सेनालाई दिने निर्णय सडक विभागले गरिसकेको बताए।

सडक योजना कार्यालय गोरखाका प्रमुख इन्जिनियर प्रेमप्रकाश खत्रीका अनुसार यो सडक करिब ८० किलोमिटर ट्रयाक खोल्ने काम भइसकेको छ। यसका लागि चालु आर्थिक वर्षमा १० करोड रकम विनियोजन गरिएको जानकारी उनले दिए।

८ कार्तिक, काठमाडौं ।
चालू आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब २० अर्ब ६० करोड रुपैयाँबराबरका विदेशी सामान भित्रिएका छन् ।

निर्यात भने १८ अर्ब १० करोड रुपैयाँबराबरको मात्रै भएको छ । यो अवधिमा निर्यातभन्दा आयात ११.७ गुणा बढिरहेको तथ्यांकले देखाएको आजको कारोबार दैनिकमा समाचार छ ।

गत आर्थिक वर्षको भदौ र असोजमा मधेसी मोर्चा गरेको आन्दोलन र भारतको नाकाबन्दी वैदेशिक व्यावपारमा ठूलो अवरोध वेहोरेको थियो ।

नाकाबन्दीले न्यून मात्रै वस्तु आयात भएकोले यस वर्ष आयत उल्लेख्य बढेको तथ्यां देखिएको छ ।
ऋयिकभ बम ह्

कुल अयातको ६५ प्रतिशत भारतीय वस्तु भित्रने गरेका छन् । भारतबाट १ खर्ब ४३ अर्ब ९४ करोड रुपैयाँबराबरको वस्तु भित्रिएको छ ।
नियार्नत भने आयातको ७ प्रतिशतमात्र छ ।

चीनमा निर्यातभन्दा आयत ८६ गुणा बढी छ । चीनबाट ३ अर्ब १० करोड र निर्यात ३८ करोडको मात्र छ ।

८ कार्तिक, काठमाडौं ।
बजारमा नगद डलर अभाव हटाउनका लागि राष्ट्र बैंकले सुंगापुरबाट कात्तिक महनिाभित्र १ करोड डलर ल्याउने भएको छ ।

राष्ट्र बैंकले सिंगापुरको सीएमबी बैंकबाट डलर ल्याउने व्यवस्था मिलाउनका लागि कार्यकारी निर्देशक जनकबहादुर अधिकारीलाई केही दिन अगाडि सिंगापुर पठाएको थियो ।

अधिकारीले सिंगापुरमा गएर गरेको संझौता अनुसार एकैपटक १ करोड डलर नेपाल ल्याइने आजको कारोबार दैनिकमा समाचार छ ।

राष्ट्र बैंकले १ सय रुपैयाँ नोटका दरले १ करोड डलर सिंगापुरबाट चार्टर्ड गरेर ल्याउन लागेको हो । यसरी नेपालमा नगद डलर ल्याउँदा राष्ट्र बैंकलाई २३ हजार अमेरिकी डलर खर्च हुनेछ ।

८ कार्तिक, काठमाडौं ।
चीनबाट इन्धन भित्र्याउन गृहकार्य सुरु भएको एक वर्ष पुग्दा पनि प्रगति शून्य छ ।

चिनियाँ इन्धन आयातबारे छलफल र अध्ययन गर्न नेपाल आयल निगम र तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालय र हालको आपूर्ति मन्त्रालयका उच्च अधिकारीले पटकपटक चीन भ्रमण गरे ।

नियमदेखि मन्त्रालयसम्मका अधिकारी महँगा होटेलको खर्च र आकर्षक भत्ता पनि बुझे । तर, इन्धन आयात गर्ने विषय अझै अन्योलमा छ ।

यसै विषयमा अध्ययन गर्न आपूर्ति र परराष्ट्र मन्त्रालयका अधिकारी सम्मिलित समिति पनि गठन भयो ।

व्यपार गर्ने विषयमा चीन सरकारको स्वामित्वमा भएको पेट्रो चाइना र निगमबीच द्विपक्षीय सहमति भएको एक वर्ष वितिसक्दा पनि इन्धन आयात हुने या नुहेन निश्चित नभएको आजको अन्नपूर्णमा समाचार छ ।

काठमाडौं,कात्तिक ७ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष विभिन्न माग राखि आइतबार ज्ञापनपत्र बुझाएको छ । खेलाडी संघका अध्यक्ष दीपक विष्टले राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई सातदोबाटोमा ज्ञापन पत्र हस्तान्तरण गरे । ज्ञापन पत्र बुझाउन गएका समूहमा विशेष गरी विभिन्न दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता थिए ।

खेलाडी संघले सागका स्वर्णधारी र एसियाली खेलकुदका पदकधारी खेलाडीले पुनः पाउन सुरु गरेको आजीवन भत्ता हाल रोकिएकाले निरन्तरता पाउनु पर्ने, बंगबन्धु गोल्डकप र साग फुटबलका स्वर्ण विजेतालाई दिने भनिएको पुरस्कार दिनु पर्ने, खेलाडीले शिक्षा, स्वास्थ्य, यातायात र विमामा सहुलियत पाउन परिषद्ले पहल गरी दिनु पर्नेलगायतका माग राखेको छ ।

सदस्य–सचिव विष्टले सहुलियतका सम्बन्धमा सरोकार निकायसंग पहल गर्न कार्यदल बनाएर प्रकृया अगाडि बढाउने र अन्य माग पनि चाँडो भन्दो चाँडो पूरा गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

७ कार्तिक, काठमाडौं ।
स्वास्थ्य मन्त्रालयले तराईका विभिन्न जिल्लामा देखिएको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नियन्त्रणका लागि विशेषज्ञ टोली खटाएको छ ।

जसमध्ये डेंगुबाट बढी प्रभावित चितवन र झापामा विशेष अभियान सर्च एण्ड डिस्ट्रोए अभियान चलाएको हो । चितवनमा तीनदिनदेखि जारी अभियानलाई आजदेखि दमकमा पनि विस्तार गरिएको हो ।

यो संगै डेंगुको संक्रमण भएका र हुनसक्ने तराईका जिल्लाहरुमा विशेष सतर्कताका साथै डेंगु नियन्त्रणको अभियान चलाइएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जानकारी दिनुभयो । डेंगु विरुद्धको विशेष अभियानलाई तीव्रता दिन निर्देशक आचार्यले आइतबारदेखि तय भएको एकहप्ते थाइल्याण्ड भ्रमण समेत रद्द गर्नुभएको छ ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले आज मन्त्रालयमा बसेको बैठकमा डेंगु नियन्त्रणका लागि विशेष अभियान चलाउन मातहतका महाशाखालाई निर्देशन दिनुभएको हो । बैठकमा मन्त्री थापाले डेंगुको संक्रमण न्यूनीकरण गर्न मन्त्रालय गम्भीरतापूर्वक लागेको बताउनुभयो । ३४ वटा डेंगुको केस देखिएको झापाको दमकमा डा यदुचन्द्र घिमिरे र ल्याव टेक्नीसियन डवल वहादुर विसिको टोली संक्रमीत क्षेत्रमा भोलि बिहानै पुगी अभियान सुरु गर्ने महाशाखाका निर्देशक डा. आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार दमकमा डेंगु परीक्षणका लागि मन्त्रालयबाट खटाइएको टोली पुग्नुका साथै आवश्यक किट समेत उपलब्ध गराइएको छ । थप किट बुधबार नपाल आइपुग्नछ । मन्त्रालयले प्रभावित १६ जिल्लामा संचार माध्यमहरुबाट चेतनामूलक सूचना समेत प्रसारण गरिरहेको छ । डेंगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण नै एकमात्र उपाय भएकाले त्यसको लागि आवश्यक सतर्कता अपनाउन मन्त्रालयले सबैमा आह्वान समेत गरेको छ ।

यसैबीच,
रौतहटको गरुढा नगरपालिकाको वडा नं तीन, चार र पाँचमा स्यालको टोकाइबाट घाइते भएकामध्ये एकजनाको मृत्यु भएपछि मन्त्रालयले त्यसतर्फ विशेषज्ञ टोली पठाएको छ ।

पशु चिकित्सक अभिनास सिंहको नेतृत्वको टोली आइतबार त्यसतर्फ गएको छ । टोलीले सोमबार बिहान हेटौंडामा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा रमेश विक्रम सिंहसँग समन्वय गरी घटनास्थलमा गएर विस्तृत अध्ययन एवं उपचार सुरु गर्नेछ ।

स्यालको टोकाइबाट घाइते भएकाहरुको उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरिएको समेत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जानकारी दिनुभयो । रौतहटको गरुडा तीनका ३२ वर्षीय बसन्तकुमार यादवको स्यालको टोकाइबाट शनिवार मृत्यु भएको थियो ।

Vice President Nanda Bahadur Pun has urged all parties to make a single stand for holding three-tier elections successfully in the country.

While inaugurating the first Tamu SAARC Assembly in Dharan today, Vice President Pun opined that once the disgruntled political parties were also brought on board, it would help ensure their ownership on the constitution.

Common stand among political parties could drive country towards economic, social and political progress, he said.

On different note, the Vice President said different languages, religions and cultures should be promoted and preserved in the country to maintain the diverse glory of the nation.

Joint Students Union this morning drew the attention of Nepali Congress President, Sher Bahadur Deuba, for endorsement of the impeachment motion registered at the Legislature-Parliament against Commission for Investigation of Abuse of Authority (CIAA) Chief, Lokman Singh Karki.

Representatives of 13 different student unions met Deuba at his residence and appealed for immediate passage of the motion for sake of continuing supremacy of justice and the rule of law.

NC President Deuba responded to the memo by expressing his commitment to play his part in making the state and people's sovereign rights venerable, All Nepal National Free Students Union Secretary, RC Lamichane said.

Deuba confided that he would take the decision based on a mandate following a discussion over the process within the party and the NC Parliamentary Party meeting.