विदुर । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सोमबार नुवाकोटको ककनी गाँउपालिका वडा नं. १ र २ मा पर्ने सिसडोलको अनुगमन गरेको छ ।

काठमाडौ उपत्यकाको फोहोर बिसर्जन स्थल रहेको उक्त सिसडोलमा भइरहेको फोहोरको ब्यवस्थापनको सन्दर्भमा उत्पन्न विकराल अवस्थाको जानकारी लिन एंव नुवाकोट र धादिङको सिमाना बञ्चरे डाँडामा निर्माण गर्न लागिएको ल्याण्डफिल साइडको समितिले अनुगमन गरेको हो ।

समितिका सभापति कल्याणी खड्का सहित पदाधिकारी र नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरुले ककनी ओखरपौवामा गएको पहिरोबाट अवद्ध सडकको समेत अनुगमन गरी तत्काल मर्मतका सम्बन्धित निकायमा निर्देशन दिएको अनुगमन पश्चात प्रतिनिधिसभा सदस्य तथा नेकपाको नेता हितबहादुर तामाङले जानकारी दिनुभयो ।
तस्वीरहरु : नेकपाका युवा नेता डिबी तामाङको फेसबुकबाट ।

हेटौडा । नेपाल क्रिकेट संघ (क्यान) प्रदेश ३ को अध्यक्षमा राजु बस्नेत र सचिवमा नुवाकोट क्यानका अध्यक्ष दुर्गाराज पाठक चयन हुनुभएको छ । शनिबार हेटौडामा सम्पन्न अधिवेशनले अध्यक्षमा बस्नेत र सचिवमा पाठकलाई चयन गरेको हो । अध्यक्ष पदमा भएको चुनावमा बस्नेतसँगै नरेश राना उम्मेदवार रहनुभएको थियो ।

बस्नेतले १३ मत पाउनुभयो भने रानाले १० मत मात्र पाउनुभयो । विशेष साधारणसभाले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको सचिव पाठकले जानकारी दिनुभयो । बस्नेत क्रिकेट प्रशिक्षक हुनुहुन्छ भने पाठक क्यानको जिल्ला अध्यक्ष, अम्पायर हुनुहुन्छ ।

अध्यक्ष बस्नेत र सचिव पाठक दुवैले प्रदेसभित्र क्यानलाई सक्रिय बनाउने, खेलाडी उत्पादनलाई प्रथामिकता दिनको लागी प्रतियोगिता सञ्चालन गर्ने, भौतिक पूर्वाधार निर्माण गर्ने, प्रत्येक जिल्लामा एकवटा खेल मैदान बनाउने लगायतका प्रतिबद्धता जनाउनुभएको छ ।

उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री सर्वसम्मत हुँदा सचिव दुर्गाराज पाठक र कोषध्यक्षमा अनिल अधिकारी विजयी भए । प्रदेस नं .३ को सदस्यमा नुवाकोटबाट अनुजमान श्रेष्ठ र प्रज्वल सापकोटा सदस्यमा चयन हुनुभएको छ ।

विदुर । गाईबाच्छा ओसारपसारको क्रममा कुटपिट गर्ने दुई जनालाई नुवाकोट प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ । विदुर नगरपालिका–४ बाट शनिबार पक्राउ परेका उनीहरुलाई कारबाहीको लागी हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले आज जिल्ला अदालतबाट तीन दिनको म्याद लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाको अनुसार यहाँको किस्पाङ गाउँपालिका–३ का राज तामाङ र आइत तामाङले विभिन्न स्थानबाट संकलन गरेको गाईबाच्छालाई अन्यत्र लैजाने क्रममा निर्घात कुटपिट गरेको पाइएपछि कारबाही अघि बढाइएको हो ।

“विभिन्न स्थानबाट बट्टार स्थित हावाघरसम्म सवारी साधन मार्फत ल्याइएको गाईबाच्छा अन्यत्र लैजाने क्रममा कुटपिट गर्दा शनिबार एक गोरु मरेको थियो भने एक गाई सिकिस्त बिरामी अबस्थाको छ ।” थापाले भन्नुभयो “पन्ध्रवटा गाईबाच्छा सहित पक्राउ परेका तामाङद्धयलाई ‘पशुपन्छी सम्बन्धि कसुर’मा कारबाही हुनेछ ।”

उक्त अभियोगको कसुरमा प्रहरीले अनुसन्धान पूरा गरेपछि जिल्ला अदालतमा मुद्धा दर्ता गर्ने जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुले विभिन्न गाउँबाट संकलन गरेका गाईबाच्छा ओसारपसार गर्न पशु चिकित्सकको छोटपुर्जी नभएको र कुन उद्देष्यले लैजान लागेको समेत खुल्न सकेको छैन ।

विदुर । निजामती सेवा दिवसको अवशरमा आज नुवाकोटमा रक्तदान र वृक्षारोपण गरिएको छ । जिल्ला स्थित निजामती सेवा दिवस मूल समारोह समिति र आधिकारिक ट्रेड युनियनको सयुक्त आह्वानमा विदुरमा आयोजित रक्तदानमा चौध दाताले रगत दान गरे ।

जिल्लामा हाल रगतको मौजुदा प्रयाप्त भएकाले डेंगुबाट प्रभावित बिरामीको लागी सहयोग गर्ने उद्देष्यले दिवसको अवशरमा निजामती सेवामा आबद्ध कर्मचारी एवम् समाजसेवी मार्फत रगत संकलन गरिएको आधिकारिक ट्रेड युनियनका कार्यबाहक अध्यक्ष मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार संकलित रगत काठमाडौ पठाइएको छ । रगतदान कार्यक्रम जिल्ला रेडक्रस सोसाइटीसंगको सहकार्यमा गरिएको हो ।

यसैगरी, दिवसको अवशरमा आजै विदुर नपा–२ स्थित बाराबाही सामुदायिक वनमा विभिन्न काठ र फलफूल जन्य जातका विरुवा बृक्षारोपण गरियो । बृक्षारोपण कार्यक्रम डिभिजन वन कार्यालयसंगको सहकार्यमा गरिएको हो ।

दुवै कार्यक्रममा जिल्लामा कार्यरत निजामती कर्मचारी सहित सुरक्षानिकाय, सरोकारवाला एवम् सञ्चारकर्मीको सहभागिता थियो ।

अघिल्ला वर्षहरुमा निजामती कर्मचारीहरुले महत्वका साथ मनाउने गरेको भएपनि यो वर्ष खासै उल्लास भने देखिएन ।

अघिल्ला वर्ष दिवसलाई महत्वपूर्ण पर्वको रुपमा मनाउने निजामती कर्मचारीहरुले विभिन्न रचनात्मक गतिविधि, प्रतिस्पर्धात्मक क्रियाकलाप, उत्कृष्ट कर्मचारीलाई सम्मान लगायतका कार्य साताव्यापी रुपमा मनाउने र आजको दिन औपाचारिक कार्यक्रम हुने गरेको भएपनि यो वर्ष सामान्य रुपमा नै मनाइएको हो ।

पछिल्ला समयमा निजामती दिवसलाई आकर्षक बनाउनुपर्ने चुनौती बढिरहेको समयमा दिवसलाई सामान्य रुपमा मनाएको प्रति आबद्ध कर्मचारी पनि निराश बनेका छन् ।

सुनसरी । सुनसरीका २ वटा विद्यालयमा बम विस्फोट भएको छ ।

बिहीबार मध्यरातमा सुनसरीको इटहरीमा रहेको सुष्मा गोदावरी कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा बम विस्फोट भएको हो । विस्फोटबाट दुवै विद्यालयको कम्पाउण्डमा क्षति पुगेको छ । विस्फोटको जिम्मा नेत्र विक्रम चन्द समूहको नेकपाले लिएको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विनोद शर्माले बम पड्काएर चन्दा आतंक मच्चाउने योजनाकासाथ शहरको चलेका विद्यालयमा विप्लव समूहले बम प्रहार गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘प्रहरीले केहि दिन अगाडि विप्लव समूहका चन्दा उठाउने एक जनालाई इटहरीबाट पक्राउ गरेको थियो । त्यसैले डर देखाउन यो समूहले शैक्षिक संस्थामा बम प्रहार गरेको हो ।’

बम प्रहार गर्ने विप्लव समूहमाथि छिट्टै नै कारबाही गर्ने प्रहरीको भनाइ छ । चाडवाड नजिकिएसँगै सर्वसाधरण तथा अन्य स्कुलमा चन्दा असुल्न बम आतंक मच्चाइएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो ‘उच्च सुरक्षाकासाथ अपराधिको खोजी भइरहेको छ ।’

विरगञ्ज । वीरगञ्जको गणेशमानचौकमा शुक्रबार बिहान १५ वर्षीया एक किशाेरीमाथि एसिड (तेजाब) प्रहार भएको छ ।
विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी किशाेरीमाथि २ जना युवकले तेजाब प्रहार गरेका हुन् । तेजाबबाट किशाेरीको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको छ ।

तेजाब प्रहारबाट घाइते भएकी किशाेरीको नारायणी अस्पतालमा उपचार हुन नसकेकाेले काठमाण्डाैका लागि रिफर गरिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

किशोरीमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । बिहान ६ बजे विद्यालय जान लागेकी किशाेरीमाथि सम्सादले एसिड प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।

उहाँले किशाेरीमाथि तेजाब खन्याउने कार्यमा सहयोग गर्ने वीरगञ्ज–२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको बताउनुभयो । किशोरी वीरगञ्जको त्रिभुवन हनुमान माध्यमिक विद्यालायको कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्याे ।

धादिङ । धादिङको गजुरी गाउँपालिकाको किराञ्चोकमा भेटिएको विश्वमै दुर्लभ र लोपोन्मुख अवस्थामा पुगेको लोभीपापी गरुड (गाउँमा यसलाई हिलेगिद्ध र केही ठाउँमा भुँडीफोरको नामले चिनिन्छ) संरक्षणमा गाउँपालिकाले लगानी गर्ने भएको छ ।

गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले संसारबाटै हराउन लागेको दुर्लभ चरा गाउँमा हुनुलाई गाउँपालिकाको गौरवको रूपमा लिएर यसको संरक्षण गर्न लगानी गर्ने र गाउँवासी र विद्यार्थीहरुलाई सचेत बनाउने अभियान शुरु गरिएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष र चरा संरक्षणविद्को टोली गाउँमै पुगेर यो चराको संरक्षण गर्न अभियानको थालनी गर्दै पर्चा वितरण, होर्डिङबोर्डहरुको स्थापना र समुदाय र किराञ्चोक माविका विद्यार्थीहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरिएको छ ।

लोभीपापी गरुड करम, आँप, सल्ला र सिमलको ठूलो बोटमा बासस्थान बनाएर लामो समयदेखि बसेको भए पनि संरक्षणको अभावमा हराउँदै गएको थियो । केही वर्ष अघिसम्म गाउँमा ठूलो बथान भएको भए पनि केही मानिसले मारेर खाने, मलसाँप्रो लगायतको अन्य जीव जनावरले आक्रमण गर्ने, बालीनालीमा विषादीको प्रयोग गर्ने लगायतका कारणले यो हराउँदै गएको संरक्षणविद् कृष्णप्रसाद भुसालले गाउँवासीलाई जानाकारी दिनुभयो ।

धादिङका सञ्चारकर्मीहरुले केही दिनअघि यो पक्षी देखेपछि फोटो खिचेर चरा विज्ञलाई पठाइएका थिए । चरा विज्ञहरुको अनुसन्धानपछि यो पक्षी संरक्षणको सूचीमा रहेको बताएपछि संरक्षणकर्मीहरु नै गाउँ पुगेका हुन् । गाउँपालिकाको वडा नं ७ र ८ मा यो चराको गुँड रहेको छ ।

मानिसहरुको नजिकै रहने, खेतबारीको सर्प, भ्यागुता, गँगटो आदि आहारा खाएर किसानहरुलाई खेतमा यसले गरे पनि संरक्षण चेतनाको अभावमा हालसम्म जानकारी नभएर बेवास्ता भएको भन्दै किराञ्चोक माविका शिक्षक देवराज ओझाले अब यसको संरक्षणमा लाग्ने र विद्यार्थीहरुलाई समेत परिचालन गर्ने बताउनुभयो ।

नेपालमा पाइने आठ प्रजातिका गरुडमध्ये सेतो घाँटी भएको, चुच्चो रातो भएको, अलि होचो कदको चरा नै लोभीपापी गरुड हो । अहिलेसम्म धादिङको किरञ्चोकमा र कुम्पुर क्षेत्रमा यसको गुँड तथा बासस्थान फेला परेको छ । धादिङको किराञ्चोक क्षेत्रमा केही वर्षअघि धेरै सङ्ख्यामा यो चरा भेटिएको भए पनि पशुमा लगाइने डाइक्लोफेनिक नामक औषधिको प्रयोग, चोरी सिकारी, बासस्थान तथा आहाराको कमीले हालका दिनहरुमा हराउँदै गएको र विश्वमै दुर्लभ चरा भएकोले यसलाई संरक्षण गर्न सबै लाग्नुपर्ने लोभीपापी चराविज्ञ प्रशान्त घिमिरेले बताउनुभयो ।

खोटाङ । श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गएको छ ।

घरायसी विवादका क्रममा श्रीमान सिताराम राईले प्रहार गरेको खुकुरीले लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी देविका राईको ज्यान गएको हो ।

बिहीबार साँझ खुकुरी प्रहारबाट टाउकामा गहिरो चोट लागेको अवस्थामा जिल्ला अस्पताल पु¥याए लगत्तै मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो ।

खुकुरी प्रहार गर्ने सितारामलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धुञ्चे । रसुवामा नेपाल प्रहरीले कन्टेनर चालकमाथी निर्घात कुटपिट गरेको छ । चालकले गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी हबल्दारले चालकलाई निकै दुव्र्यबहारका साथ कुटपिट गरेको हो । चालकलाई कुटपिट गरेको भिडियो प्रत्यक्षदर्शीले कैद गरेर सामाजिक सञ्जालमा राखेपछि यो विषय अलिले चर्चामा आएको छ ।

रसुवाका प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालको अनुसार उक्त घटना मंगलबार टिमुरे क्षेत्रमा भएको र संलग्न ती दुवै प्रहरी र प्रहरीबाट कुटिएका चालक रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. ३ गत्लाङका श्रीमान तामाङलाई नियन्त्रणमा लिएर कारबाहीको लागी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

तामाङ रसुवागढी हुदै नेपाल–चीन सामाग्रि आयातनिर्यात गर्ने बा. ६ ख ४९२५ नं. को कन्टेनरका चालक हुन् ।
उक्त भिडियो ‘ओर्जिनल’ भए–नभएको र उक्त घटनामा देखिए अनुसारको दुब्यबहार के कति कारणले भएको हो त्यसको अनुसन्धान पश्चात घटना सम्बन्धमा थप विवरण बाहिर आउने र दोषीलाई हदैसम्मको कारबाही हुने प्रहरी प्रमुख ढकालले बताए ।

यसैगरी, उक्त घटनामा संलग्न विषयमा निश्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रहरी प्रमुखलाई निर्देशन दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी सन्तोष भण्डारीले बताए । उनले घटनाको सम्बन्धमा के भएको हो भनेर तथ्य बुझेर दोषीलाई कारबाही गर्न र प्रहरीको आचरण गलत देखिएमा संलग्नलाई कारबाही गर्न र मातहतमा पनि सुधार गर्न निर्देशन दिएको प्रजिअ भण्डारीले बताए ।
उक्त घटनाको यातायात क्षेत्रमा संलग्न पक्षहरुले चर्को बिरोध गरिरहेका छन भने प्रहरीको ब्यबहार प्रति सामाजिक सञ्जालमा पनि चर्को बिरोध भइरहेको छ । कन्टेनर चालकहरुले घटनाको बिरोधमा बुधबार रसुवामा चल्ने सवारी साधन बन्द गर्ने चेतावनी दिएका छन् ।
हेर्नुहोस भिडियो …

विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नं. ४ बट्टारमा रहेको गोसाइँकुण्ड ड्रिङकीङ वाटर उद्योगमा सोमबार जिल्ला प्रशासन कार्यालय नुवाकोटले सिल गरेको छ । उक्त कम्पनीले उत्पादन गरेर बजारमा पठाएको पानीमा किरा पाइएपछि जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनका आधारमा प्रशासन कार्यालयले उद्योगमा सिल लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अनुसार कम्पनी मार्फत बजारमा बिक्रीको लागी पठाएको पानीको जारमा किरा रहेको उजुरी उपभोक्ताबाट प्रहरीमा आएपछि कारबाहीको लागी उद्योगमा सिल गरेर परीक्षणको लागी नमूना संकलन गरिएको छ ।
“उद्योगबाट संकलन गरिएको दुई थान नमूना परीक्षणको लागी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइने छ ।” पोखरेलले भन्नुभयो “नमूनाको नतिजाको आधारमा बाँकी कारबाही अघि बढ्नेछ ।”
उक्त कम्पनीमा सिल गरेसगैँ त्याहाँबाट उत्पादित पानी बिक्री नगर्न पनि पत्र मार्फत सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नुवाकोटका प्रमुख नवराज श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार उक्त कम्पनीले पानी उत्पादनको लागी अनुज्ञापत्र (अनुमति) पत्र समेत लिन बाँकी रहेको पाइएकाले उक्त पानीमा कैफियत पाइएमा हदै सम्मको कारबाही हुने ब्यबस्था रहेको छ ।

नुवाकोटमा एक वर्ष अघि स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मार्फत विभिन्न सचेतना, जागरुकता तथा सहयोगात्म कार्यक्रम मार्फत उपभोक्ता र उद्योगीलाई जानकारी दिदै आइरहेको समयमा उक्त उद्योगको गतिविधि अटेर प्रवित्तिको रहेको पाइएको छ ।

धुञ्चे । पहिराका कारण आइतबारदेखि अवरूद्ध स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग आजदेखि खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार ठाडो पाखोबाट झरेको पहिराका कारण यहि भदौ १५ गते बिहानैबाट बन्द स्याफ्रुबेशीदेखि उत्तर गोसाँइकुण्ड गाउँपालिका–३ स्थित बृद्विम इलाका क्षेत्रको राजमार्ग अवरूद्व भएपछि रसुवागढी तथा लाङटाङ खोला भोटेकोशी हाईड्रोपावर, गाउँपालिका र सडक विभागको स्काभेटरको सहायताले खुलाइएको हो ।

राजमार्गका तीन स्थानमा गएका ठूला ठूला पहिरा पन्छाउने कार्य सम्पन्न भई भन्सार जाँचबाट छुटेका र केरूङतर्फ जान रोकिएका सबै ट्रक तथा कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसकेका प्रजिअ भण्डारीले जानकारी दिनुभयो ।

जिल्लाका सबै भूभागका राजमार्ग सञ्चालन भइरहेका र भारि वर्षा हुदाँ वा रातको समयमा अबेरसम्म सवारीसाधन नचलाउन र राजमार्ग भूभागमा बढी भिरपाखा भएका कारण दिनको समयमा पनि हेशियार भएर चलाउन प्रजिअ भण्डारीले आग्रह गर्नुभयो ।

काठमाडौ । शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानको तेश्रो वार्षिक साधारण सभा २०७६ भाद्र १४ गते सम्पन्न भएको छ ।

प्रदेश नं. ३ का उपसभामुख तथा प्रतिष्ठानका संरक्षक राधिका तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले विगत कार्ययोजनाको समिक्षा गर्दै आगामि नीति तथा योजना पारित गरेको छ ।

प्रतिष्ठानका आजिवन सदस्यहरु, संस्थापक सदस्यहरु, साधारण सदस्य विशिष्ट व्यक्तिहरु तथा आगन्तुक सदस्यहरुको उपस्थितिमा सम्पन्न सभाले केही आजिवन सदस्य र साधारण सदस्य थप गर्नुका साथै नयाँ कार्यसमिति चयन गरेको छ ।

साधारण सभाले थप गरेका नयाँ सदस्यसहित प्रतिष्ठनका नयाँ कार्यसमिति निम्न अनुसार रहेका छन :

अध्यक्ष : राजकुमार तामाङ
उपाध्यक्ष : बिरबहादुर तामाङ
सचिव : जुनु तामाङ
कोषध्यक्ष : दलबहादुर स्याङतान
सदस्य : श्याम पाण्डे
: सोम तामाङ
: प्रकाश रैला