हेटौडा । नेपाल क्रिकेट संघ (क्यान) प्रदेश ३ को अध्यक्षमा राजु बस्नेत र सचिवमा नुवाकोट क्यानका अध्यक्ष दुर्गाराज पाठक चयन हुनुभएको छ । शनिबार हेटौडामा सम्पन्न अधिवेशनले अध्यक्षमा बस्नेत र सचिवमा पाठकलाई चयन गरेको हो । अध्यक्ष पदमा भएको चुनावमा बस्नेतसँगै नरेश राना उम्मेदवार रहनुभएको थियो ।

बस्नेतले १३ मत पाउनुभयो भने रानाले १० मत मात्र पाउनुभयो । विशेष साधारणसभाले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको सचिव पाठकले जानकारी दिनुभयो । बस्नेत क्रिकेट प्रशिक्षक हुनुहुन्छ भने पाठक क्यानको जिल्ला अध्यक्ष, अम्पायर हुनुहुन्छ ।

अध्यक्ष बस्नेत र सचिव पाठक दुवैले प्रदेसभित्र क्यानलाई सक्रिय बनाउने, खेलाडी उत्पादनलाई प्रथामिकता दिनको लागी प्रतियोगिता सञ्चालन गर्ने, भौतिक पूर्वाधार निर्माण गर्ने, प्रत्येक जिल्लामा एकवटा खेल मैदान बनाउने लगायतका प्रतिबद्धता जनाउनुभएको छ ।

उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री सर्वसम्मत हुँदा सचिव दुर्गाराज पाठक र कोषध्यक्षमा अनिल अधिकारी विजयी भए । प्रदेस नं .३ को सदस्यमा नुवाकोटबाट अनुजमान श्रेष्ठ र प्रज्वल सापकोटा सदस्यमा चयन हुनुभएको छ ।

18.12¡ÆC