एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘डि’ को उपविजेता बन्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ । अर्जेन्टिनाले मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह डि को विजेता भने क्रोएसिया भएको छ ।

अर्जेन्टिनाका लागि लियोनल मेसीले खेलको १४ औँ मिनेटमा गोल गरेका थिए भने त्यसलाई नाइजेरियाका लागि भिक्टर मोसेसले बराबरी गोल गरेका थिए।

नाइजेरियाले ५१ औँ मिनेटमा पेनाल्टी पाएको थियो, जसलाई मोसेसले गोलमा परीणत गरेका थिए। अर्जेन्टिनाका लागि मार्कोस रोजोले ८६ औँ मिनेटमा विजयी गोल गरेका थिए। यता, क्रोएसियाले खेल २-१ ले जित्दा नतिजा अर्जेन्टिनाको पक्षमा आएको हो। समूह डि को उपविजेता बनेसँगै अर्जेन्टिनाले फ्रान्स प्रतिद्धन्दी पाएको हो । प्रिक्वाटरफाइनलमा क्रोएसियाले डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौं । अर्ध सैनिक प्रकृतिको सशस्त्र प्रहरी बल आगामी साउनदेखि नयाँ संरचनामा परिवर्तन हुने भएको छ । सरकारले सशस्त्र प्रहरी बल पुनःसंरचना गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अब अर्ध सैनिक प्रकृतिको यो फौज पुरै फौजी संरचनामा जाने भएको छ । सशस्त्रको यो नयाँ संरचना कतिपय हकमा नेपाली सेनासँग हुबहु मिल्दोजुल्दोसमेत छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।

मन्त्रिपरिषद्ले संगठन पुनःसंरचनासम्बन्धी प्रस्ताव पारित गरेको भन्दै कार्यान्वयनका लागि गृह मन्त्रालयले पत्र पठाएसँगै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले अहिले यसका लागि थप गृहकार्य गरिरहेको छ ।

गृहले पठाएको निर्देशनमा हाल विद्यमान पाँचवटा बाहिनीको संख्या वृद्धि गरी प्रत्येक प्रदेशमा बाहिनी संरचना स्थापना गर्ने तथा उपत्यकाका लागि छुट्टै बाहिनीको स्थापना गर्ने उल्लेख छ ।

यस्तै, हाल विद्यमान सीमा सुरक्षा कार्यालयलाई गणमा स्तरवृद्धि गर्ने, आवश्यकतानुसार प्राविधिक समूह गठन गर्ने, हाल विद्यमान रहेका बोर्डर आउट पोस्ट (बीओपी) को मौजुदा अनाश्रित संरचना हटाउने उल्लेख छ । गृहले देशका सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति रहनेगरी गुल्म स्थापना गर्नेसहितको निर्देशनसमेत दिइसकेको छ ।

यसका अतिरिक्त एक–एकवटा एकेडेमी, अस्पताल र स्टाफ कलेजको व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयको यो परिपत्रसँगै अब प्रदेश ३ र प्रदेश ५ मा पनि सशस्त्र प्रहरी बलले बाहिनी खडा गर्नेछ । बाहिनीको नेतृत्व नायब महानिरीक्षक (डीआईजी) ले गर्दै आएका छन् ।

यस्तै, सशस्त्र प्रहरी बलको नयाँ संरचनामा महानगरीय सशस्त्र प्रहरी कार्यालय रहनेछैन । सशस्त्रले यो कार्यालयको नाम परिवर्तन गरी उपत्यका सुरक्षा कार्यालय राखिसकेको छ । पहिला अतिरिक्त महानिरीक्षक (एआईजी) ले नेतृत्व गर्दै आएको यो कार्यालयको नेतृत्व पनि अब डीआईजीले नै गर्नेछन् ।

स्रोतका अनुसार नयाँ संरचनाअन्तर्गत सशस्त्र प्रहरीमा अब बाहिनी आठवटाका अलावा शिक्षालय पाँचवटा, गण ३६ वटा र गुल्म ७७ वटा हुने भएका छन् ।

अहिले २७ गण, २१ सीमा सुरक्षा कार्यालय र ३८ गुल्म छन् । नयाँ संरचनामा सीमा सुरक्षा कार्यालयलाई पनि अब गणमा रूपान्तरित गरिने भएको छ ।

सशस्त्रमा अहिले कतिपय जिल्लामा गण र सीमा सुरक्षा कार्यालय दुवै छन् । अब भने एउटै मात्र गण रहनेछ ।

स्रोतका अनुसार सशस्त्रले आगामी साउनदेखि सबै गण तथा गुल्मका नामसमेत परिवर्तन गर्ने भएको छ । सशस्त्रको अधिकांश गण र गुल्मको नाम प्रख्यात देवी देवताका नाममा रहेकोमा अब अंकका आधारमा राखिने भएको छ ।

काठमाडौं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९० भन्दा माथि १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए । त्यसैगरी प्राविधिकतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी भएका थिए ।

माथिल्लो कक्षाका लागि भर्ना पाउन कठिन हुने विद्यार्थी संख्या झन्डै दुई लाख छ । नियमिततर्फ कुल चार लाख ५१ हजार पाँच सय ३२ रहेकामा जिपिए २.० भन्दा कम ल्याउने विद्यार्थी एक लाख ९५ हजार तीन सय १५ छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले झन्डै ४५ प्रतिशतको शैक्षिक स्तर कमजार रहेको र सुधार गर्नुपर्ने अवस्था रहेको बताए ।

नियमिततर्फ सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४ ल्याउने १४ हजार दुई सय ३४ जना छन् । जसमध्ये आठ हजार ७३ छात्र र ६ एक सय ६१ छात्रा छन् । अघिल्लो वर्ष नियमिततर्फ चार लाख ४५ हजार पा“च सय ६४ सहभागी भएकामा सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४.० सम्म ल्याउनेको संख्या १२ हजार दुई सय ८४ थियो ।

यसैगरी प्राबिधिक धारमा ५ सय ३८ ले सबैभन्दा माथिको जिपिए ३.६५ देखि ४ ल्याएकामा छात्र तीन सय ४५ र छात्रा एक सय ९३ छन् । साधारण र प्राबिधिक तर्फका एक्जाम्टेड विद्यार्थी कसैले पनि जिपिए ३.६५ ल्याएका छैनन् ।

सि ग्रेड भन्दा तलकोलाई ग्रेड बृद्धिको मौका

यस वर्षको परीक्षामा सैद्धान्तिक विषयतर्फ सि, डि प्लस, डि र इ प्राप्त गर्ने विद्यार्थीले सबै विषयमा ग्रेडबृद्धि गर्न पाउने भएका छन् । ती विषयमध्ये विद्यार्थीले चाहेका विषयमा र मुल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा ग्रेडबृद्धि परीक्षा दिन पाउनेछन् । परीक्षा नियन्त्रण कार्यालयले ग्रेडबृद्धिको परीक्षा २३ साउनमा गर्ने भएको छ ।

यसरी गरिएको छ ग्रेड निर्धारण

प्राप्तांकको बर्गान्तर ग्रेड ग्रेड पोइन्ट

९० र त्यसभन्दा माथि ए प्लस ४.०
८० र त्यसभन्दा माथि ९० भन्दा कम ए ३.६
७० र त्यसभन्दा माथि ८० भन्दा कम बी प्लस ३.२
६० र त्यसभन्दा माथि ७० भन्दा कम बी २.८
५० र त्यसभन्दा माथि ६० भन्दा कम सी प्लस २.४
४० र त्यसभन्दा माथि ५० भन्दा कम सी २.०
३० र त्यसभन्दा माथि ४० भन्दा कम डी प्लस १.६
२० र त्यसभन्दा माथि ३० भन्दा कम डी १.२
२० भन्दा कम ई ०.८

१३ हजार ड्रप आउट

साधारण र प्राबिधिक विषयमा नियमित र एक्जाम्टेडतर्फ एसइइको परीक्षा आबेदन फारम कुल चार लाख ८५ लाख ५ सय ८६ले भरेका थिए । तर, २१ हजार ८ सय ९७ विद्यार्थी अनुपस्थित भए । साधारणतर्फ नियमितका कुल १३ हजार ९०, एक्जाम्टेडतर्फ आठ हजार ६ सय ५७ ड्रप आउट भएका छन् । प्राबिधिकतर्फ नियमितका एक सय ४४ र एक्जाम्टेडका छ जना ड्रप आउट भए ।

११ जनाको रद्ध, ७४ कम उमेर

यस वर्षको एसइइमा ११ जनाको उत्तरपुस्तिका रद्ध भएको छ । ७४ जना कम उमेरका रहेको पनिकाले जनाएको छ । एक हजार ५० जनाको प्रयोगात्मक परीक्षा छुटेको भएको छ ।

एजेन्सी । विश्वकप फुटबलमा जर्मनीले स्वीडेनमाथि रोमाञ्चक जित हासिल गरेको छ । नेपाली समय अनुसार शनिबार राति २ बजे सकिएको खेलमा जर्मनीले खेलको अतिरिक्त समयमा गोल गर्दै स्वीडेनलाई २-१ ले पराजित गरेको हो। समूह चरणबाटै बाहिरिने खतरामा रहेको जर्मनी यो जीतबाट नकआउट चरणमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ ।

दोस्रो हाफको सुरुमै गोल जर्मनीले गोल फर्काएको थियो । जर्मनीका लागि रेयुसले गोल गर्दै स्वीडेनविरुद्ध १–१ गोलको बराबरीमा पुर्याएका हुन् । खेलको ४८औं मिनेटमा मार्को रेयुसले गोल गर्दै जर्मनीलाई बराबरीमा पुर्याए । स्वीडेनले पहिलो हाफसम्म १–० गोलको अग्रता लिएको थियो । जर्मनीको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै स्वीडेनले गोल गरेको थियो ।

खेलको ३२औं मिनेटमा ओला टाइभोनेनले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । जर्मनीले खेलको सुरुवातमै आक्रमक खेल खेलेको थियो । तर त्यसको सदुपयोग गर्न भने सकेन । पहिलो हाफको अन्तिम समयमा स्वीडेनले प्रहार गरेको बल जर्मनीका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने सम्भावना जर्मनीको बलियो बनेको छ । जर्मनीले २ खेलमा १ खेलमा हार र एक खेलमा जित हात पार्दै ३ अंक भएको छ । त्यस्तै, स्वीडेनको पनि समान ३ अंक रहेको छ । अब नकआउट चरणमा पुग्नका लागि जर्मनीले दक्षिण कोरियालाई पराजित गर्नै पर्ने हुन्छ । यता, स्वीडेनले अन्तिम खेल मेक्सिकोसँग खेल्दैछ । मेक्सिकोलाई स्वीडेनले पराजित गरेमा नकआउट चरणमा जाने सम्भावना कायमै हुन्छ । यस्तो अवस्थामा मेक्सिको, जर्मनी र स्वीडेनको समान ६–६ अंक हुनेछ ।

काठमाडौं । लामो समयदेखि उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको ६३ वर्षको उमेरमा निधन भएको छ । पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ काठमाडौंको बासवारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले डा. देवकोटाको साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको बताएका छन् ।
लामो समय बेलायतमा उपचार गराएका डा. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए । उनको चाहना अनु्सार गत हप्ता गृहजिल्ला गोरखा पनि लगिएको थियो ।

एसियाकै चर्चित न्युरो सर्जन डा उपेन्द्र देवकोटा उपचारका लागि गत मंसिर पहिलो साता बेलायत पुगेका उनी त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल फर्किएका थिए । वैशाख १५ गते नेपाल ल्याइएका डा देवकोटाको न्युरो अस्पतालको भिआइपी वार्डमा राखेर उपचार भइरहेको थियो । देवकोटाले आफ्नो करिअरको ३४ वर्षको अवधिमा २५ हजार भन्दा बढीको शल्यक्रिया र १० लाख भन्दा बढी बिरामी जाँचेका थिए ।

डा देवकोटालाई पित्तवाहिनी नलीको क्यान्सर मेडिकल भाषामा बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) भएको थियो । डा देवकाटाले एमबिबिएस सकेपछि सन् १९८६ मा डा मधु दीक्षितसँग विवाह गरेका थ ए। उनका तीन छोरी छन् ।

वीर अस्पतालमा २५ वर्ष सेवा गरेका उनी अहिले बाँसबारीस्थित न्युरो हस्पिटलमार्फत् बिरामीको सेवा गरिरहेका थिए । ७ महिना स्वास्थ्यमन्त्री हुँदा उनले थुप्रै राम्रा कामको सुरुवात गरेका थिए । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए ।

काठमाडौं । केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले काठमाडौं पश्चिम भेगमा नाम चलेको एक निजी विद्यालयसँग ‘मोटो रकम’ माग गर्यो । विद्यालय सञ्चालक र त्यहाँ पैसा माग्न पुगेका सो संगठनका विद्यार्थीबीच केहीबेर रकममा बार्गेनिङ भयो।

कुरा नमिलेपछि ती विद्यार्थी नेताहरू पछि आउने भनेर हिँडे । स्कुल सञ्चालक सकेसम्म कम रकम दिने र सो विद्यार्थी संगठन बढी असुल्ने प्रयासमा छन् । ‘हामीसँग लामो समयदेखि विप्लव निकट विद्यार्थी संगठनका नेताले रकम तोकेरै सहयोग गर्नुप¥यो भन्दै आइरहेका छन्,’ स्कुल सञ्चालकले भने, ‘नदिऊँ स्कुलमा आक्रमण गर्लान् भन्ने त्रास छ, दिऊँ भने विद्यालयको आर्थिक हैसियत छैन ।’ ती सञ्चालकले आफूसँग माग भएको रकमबारे भने खुलाउन चाहेनन्।

त्यस्तै ललितपुरको सानेपास्थित एक निजी विद्यालय सञ्चालकका अनुसार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले शुल्क वृद्धि घटाउनुपर्ने निहुँ बनाएर स्कुलहरुसँग ‘मोटो रकम’ असुल्न थालेको छ । ‘निजी विद्यालयले चर्को शुल्क लिएका छन् भने सम्बन्धित सरकारी निकायले अनुगमन गर्न सक्छ, कारबाही पनि गर्न सक्ने अधिकार छ,’ नाम उल्लेख नगर्ने सर्तमा ती सञ्चालकले भने, ‘राजनीतिक दलका भ्रातृ संगठनले शिक्षण शुल्क घटाउने निहुँमा जबरजस्ती लाखौं रकम मागेर विद्यालयमा त्रासको वातावरण सिर्जना गरिरहेका छन् ।’

चालू शैक्षिक सत्र सुरु भएयता करिब दुई महिनाको अवधिमा शुल्क घटाउने निहुँमा दुईपटक शैक्षिक हडताल भएको छ । यसबाट बालबालिका पढ्न पाउने अधिकारबाट वञ्चित भए । विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सरकारले आफ्ना कार्यकर्ता पक्राउ परेको निहुँमा आइतबार विद्यालय तहदेखि उच्च शिक्षासम्मका शिक्षण संस्थाहरु बन्द आह्वान गरेपछि पठनपाठन ठप्प भयो ।

देशभरका ८० लाख विद्यार्थी मर्कामा परे । यसअघि आठ विद्यार्थी संगठनले जेठ २३ गते निजी विद्यालयले बढाएको शुल्क फिर्ता लिनुपर्ने माग राखेर शिक्षण संस्था ठप्प पारेका थिए।अभिभावक संघ, नेपालका अध्यक्ष केशव पुरी पक्राउ परेका कार्यकर्ता छुटाउन दलका विद्यार्थी संगठनले शिक्षण संस्था बन्द गर्नुभन्दा गृह मन्त्रालयमा दबाब दिनुपर्ने बताउँछन् । नागरिक दैनिकबाट ।

काठमाडौं । संस्थापन कांग्रेस जिल्ला सभापतिहरूले आफ्नै खेमाका नेतालाई एकताबद्ध भएर अघि बढ्न दबाब दिएका छन् । राजधानीको वनस्थलीमा आइतबार भएको कांग्रेस संस्थापन रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको भेलामा उपलब्ध जिल्ला सभापतिहरूले पार्टीले बेहोरिरहेको वर्तमान संकटको अवस्थामा एकताबद्ध रूपमा अघि बढ्न आफ्नै खेमाका नेतालाई दबाब दिएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

उनीहरूले निर्वाचनपछि पार्टी झनै कमजोर भएको र प्रतिपक्षमा रहँदाको भूमिकासमेत खस्किएको भन्दै जिम्मेवार बन्न आफ्नै नेतृत्वलाई सुझाए ।
कांग्रेस नेता दीपक गिरीले पार्टीले भोगिरहेको वर्तमान अवस्थाको सामना एक भएर नै गर्नुपर्ने भएकाले जिल्ला सभापतिको भेलाले पार्टीभित्रको आन्तरिक एकताका पक्षमा सन्देश दिन नेतृत्वलाई सुझाएको बताए ।

‘पार्टी कमजोर बनेको अवस्थामा एकताको सन्देश दिएर अघि बढ्नुपर्छ भन्ने सभापतिहरूको राय हो । बैठकमा त्यहीअनुसार अघि बढ्न धेरैको सुझाव आएको छ,’ नेता गिरीले राजधानीसँग भने । उ

नले बैठकमा सभापतिहरूले निर्वाचनका बेला केन्द्रले जिल्ला सभापतिहरूको अधिकार खोसेकोप्रति गुनासो पोखेको बताए ।बैठकमा सहभागी नेतृ सरिता प्रसाईंले हेटौंडामा हुने सभापतिहरूको भेलामा कसरी प्रस्तुत हुने भन्ने विषयमा उपलब्ध जिल्ला सभापतिहरूको राय लिएको बताइन् ।

‘भेलामा कसरी प्रस्तुत हुने, केके कुरा राख्ने भन्ने कुरा भयो । जिल्ला सभापतिहरूले समेत आफ्नो राय राख्नुभएको छ । पार्टीलाई एकताबद्ध भएको सन्देश दिनुपर्छ भन्ने धेरैको राय आएको छ,’ नेतृ प्रसाईंले भनिन् ।

नुवाकोट कांग्रेसका सभापति जगदीशनरसिंह केसीले विगतमा भएको कमजोरीका विषयलाई सुधार गर्दै एकताबद्ध भएको सन्देश भेलामार्फत दिनुपर्ने आफूले धारणा राखेको बताए । ‘विगतमा कहाँ कसको कमजोरी भयो, को चुक्यो भन्ने विश्लेषण गरी आगामी दिनमा एकताबद्ध भएर वर्तमान संकटको सामना गर्नुपर्छ भन्ने विषयमा मैले आफ्नो धारणा राखें,’ वनस्थली बैठकमा सहभागी नुवाकोट सभापति केसीले भने ।

उनले हेटौंडा भेलामा निर्वाचनको परिणाम, विगतमा सरकारमा रहँदा नेतृत्वबाट भएका कमजोरी, राजदूत प्रकरण, प्रधानन्यायाधीश प्रकरण र प्रहरी महानिरीक्षक प्रकरणमा पार्टी कसरी चुक्यो भन्ने विषयमा जिल्ला सभापतिहरूले नेतृत्वको धारणा माग गर्नेसमेत बताए ।

तर, भेलामा नबोलाइएका भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले भने हेटौंडा भेलामा जिल्ला सभापतिहरू गुट उपगुट भन्दा पार्टी सुधारका पक्षमा आवाज उठाउने जानकारी दिए ।

‘गुट उपगुटका कारण पार्टीले झनै संकट बेहोर्नुपरेको छ । हामी गुट उपगुटतिर जादैनौं । कसले कहाँ के भेला वा बैठक राख्यो थाहा छैन । तर, जिल्ला सभापति भेलामा सबै सभापतिहरू एकताबद्ध भएर जानेछौं,’ थापाले भने ।

उनले सभापति भेलाले पार्टी नेतृत्वमा नै नयाँ सन्देश भने दिने जानकारी दिए । पौडेल—सिटौला पक्षीय नेतासहित उपलब्ध जिल्ला सभापतिको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा.रामशरण महत, डा. मीनेन्द्र रिजाल, गगन थापासहित राजधानीमा उपलब्ध जिल्ला सभापतिहरू सहभागी थिए ।
यसअघि शनिबार महामन्त्री कोइरालाले समेत आफू निकटका नेताहरूलाई टोखास्थित आफ्नै निवासमा डाकेर सभापति भेलामा कसरी प्रस्तुत हुने भन्नेबारे चासो राखेका थिए ।

काठमाडौं । २०७५ असार २ गते शनिबार नेकपाको पहिलो स्थायी समितिको बैठक त्यति सुखद् हुन नसकेको खबर छ । केही नेताहरू नै अनुपस्थित भएभने केही नेताहरूले चर्को आलोचना गरे ।
नेताहरूले आफ्नो वरीयताप्रति असहमति जनाउँदै अमृतकुमार बोहरा र अमिक शेरचन असन्तुष्ट रहेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ । असार २ गतेको बैठकमा अमिक शेरचन भने उपस्थिति भएनन् । उनीहरूलाई नेकपाले आमन्त्रित स्थायी समिति बनाएको छ । यो पदप्रति उनीहरू पहिला नै रुष्ट त थिए तर यसरी बैठक नै बहिस्कार गर्लान् भन्ने अनुमान थिएन ।

तर, नेकपामा सबैभन्दा बढी पेलानमा परेका भने नेता बोहरा हुन् । बोहराका श्रीमान् र श्रीमती नै पेलानमा परेको गुनासो छ । वास्तवमा अष्टलक्ष्मी शाक्य प्रदेश ३ को इञ्चार्ज भएकाले मुख्यमन्त्रीको दावेदार थिइन् । शाक्यलाई पार्टीका शीर्ष नेताहरूले साथ दिएनन् जसले गर्दा उनी झिनो मतान्तरले संसदीय दलको नेता निर्वाचित हुन सकिनन् र मुख्यमन्त्रीको पद गुम्यो ।

एजेन्सी । विश्वकपको दाबेदार मानिएको ब्राजिल रसिया विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ । समूह ‘ई’ को खेलमा स्वीट्जरल्याण्डले ब्राजिलसँग १–१ गोलको बराबरी खेलेको छ ।
हरेक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल सन् १९७८ पछि पहिलोपटक विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्न असफल भएको हो ।

निकै कमजोर मानिएको स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ गोलको बरारबीमा रोक्दै अंक बाँडेको छ । पहिलो हाफमा ब्राजिलले अग्रता लिएको थियो । ब्राजिलका लागि फिलिपे कौन्टिन्होले गोल गर्दै अग्रता दिलाएका थिए । रास्टोभ एरिनामा खेलको २० औं मिनेटमा कौन्टिन्होले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको ब्राजिलले दोस्रो हाफमा भने गोल गर्न सकेन । ब्राजिलका कुनै पनि खेलाडी दोस्रो हाफमा चम्किन सकेनन् । स्वीट्जरल्याण्डका लागि स्टेभन जुबेरले खेलको ५० औं मिनेटमा गोल गर्दै बराबरीमा पु¥याएका थिए । सन् २०१४ को विश्वकप फुटबलमा ब्राजिल घरेलु मैदानमै सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो । तीन पटक क्वाटरफाइनलसम्म पुगेको स्वीट्जरल्याण्डले ११ औँ पटक विश्वकप खेलेको हो ।

एजेन्सी । विश्वकप फुटबल २०१८ को दाबेदार मानिएको जर्मनी मेक्सिकोसँग एक—शून्यले पराजित भएको छ । समूह एफ अन्तरगतको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले स्तब्ध पारेको छ । मेक्सिकोका लागि हिर्विङ लोजानोले ३५ औँ मिनेटमा गोल गरे ।

जर्मनी सन् १९८२ यता विश्वकपको पहिलो खेलमा पहिलो पल्ट हारेको छ । जर्मनीले थुप्रै पटक गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । समूह एफमा दक्षिण कोरिया र स्वीडेनका साथै मेक्सिको र जर्मनी रहेका छन् ।

काठमाडौं । सशस्त्र प्रहरीका २४ जना एसएसपीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले शसस्त्र मूख्यालयले गरेको सिफारिस शुक्रबार दिउँसो सदर गरेको हो । गृहमन्त्रालयले गरेको सरुवा अनुसार एसएसपीहरु प्रजाभक्त श्रेष्ठ, विपत व्यवस्थापन तालिम केन्द्र, कमल गिरी नौबस्ता तालिम केन्द्र, गणेश ठाडा युएन तालिम केन्द्र, ककनी र अभिकुमार खत्री उपत्यका सुरक्षा कार्यालय सरुवा भएका छन् ।

यसैगरि एसएसपीहरु राजु अर्याल सुरक्षा परिषदमा सरुवा भएका छन् । डिआईजीको बढुवा लाइनमा रहेका एसएसपी सिपी गौतम र रामप्रसाद श्रेष्ठलाई सहायक बाहिनीपतिको जिम्मेवारी दिएको छ ।

को कहाँ परे ?
वेचैन यादव–औद्योगीक सुरक्षा निर्देशानलय
वंशी दाहाल– गुणस्तर निर्देशानलय
शम्भु सुवेदी–सिमा सुरक्षा तालिम केन्द्र, वर्दाघाट
राजेन्द्र बस्नेत–तालिम केन्द्र पोखरा,
भरत श्रेष्ठ–बराह बाहिनी पकली,
चन्द्र प्रकाश गौतम–मुक्तिनाथ बाहिनी,पोखरा
राजु अर्याल–सुरक्षा परिषद्को सचिवालय
दुर्गा भट्टराई–मा.वि.वि.प्र.का,
कुल बहादुर नेम्वाङ –प्र.वि .प्र.का,
महेश श्रेष्ठ–राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय
विजयकुमार पण्डित– स.प्र.म.नि.को सचिवालय
कृष्ण भक्त व्रहमाचार्य–सुरक्षा महाशाखा

एजेन्सी । विश्वकप २०१८ मा उरुग्वेले विजयी सुरुवात गरेको छ । समूह एमा रहेको उरुग्वेले आफ्नो पहिलो खेलमा इजिप्टलाई १–० ले हराएको हो । उरुग्वेका लागि खेलको ८९ औँ मिनेटमा कार्लोस सान्चेजले हानेको फ्रिकिकमा होजे गिमिनेजले हेडमार्फत सुन्दर गरेका हुन् । पटक पटक गोल गर्ने मौका गुमाएको उरुग्वेका लागि ग्यामेनिजले अन्तिम समयमा शशक्त हेडिङ गर्दै गोल गरेका थिए।

त्यसअघि उरुग्वेका लुइस सुआरेज र इडिसन काभानी पटक पटक गोल गर्न चुकेका थिए। २३ औं मिनेटमा सुआरेजले ६ यार्ड नजिकै बल पाएपनि गोलपोष्ट बाहिर प्रहार गरेका थिए। समूह एमा आयोजक राष्ट्र रुस ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने उरुग्वे समान अंकका साथ दोस्रो स्थानमा रहेको छ । रुसले बिहीबारको उद्घाटन खेलमा साउदी अरेबियालाई ५–० को फराकिलो अन्तरले हराएको थियो । समूहका विजेता र उपविजेता टोली अर्को चरणमा पुग्नेछन् ।