४० वर्षपछि ब्राजिल पहिलो खेलमा अंक बाढ्यो

असार ४, २०७५ मा प्रकाशित | 15022 views

एजेन्सी ।  विश्वकपको दाबेदार मानिएको ब्राजिल रसिया विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ । समूह ‘ई’ को खेलमा स्वीट्जरल्याण्डले ब्राजिलसँग १–१ गोलको बराबरी खेलेको छ ।
हरेक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल सन् १९७८ पछि पहिलोपटक विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्न असफल भएको हो ।

निकै कमजोर मानिएको स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ गोलको बरारबीमा रोक्दै अंक बाँडेको छ । पहिलो हाफमा ब्राजिलले अग्रता लिएको थियो । ब्राजिलका लागि फिलिपे कौन्टिन्होले गोल गर्दै अग्रता दिलाएका थिए । रास्टोभ एरिनामा खेलको २० औं मिनेटमा कौन्टिन्होले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको ब्राजिलले दोस्रो हाफमा भने गोल गर्न सकेन । ब्राजिलका कुनै पनि  खेलाडी दोस्रो हाफमा चम्किन सकेनन् । स्वीट्जरल्याण्डका लागि स्टेभन जुबेरले खेलको ५० औं मिनेटमा गोल गर्दै बराबरीमा पु¥याएका थिए । सन् २०१४ को विश्वकप फुटबलमा ब्राजिल घरेलु मैदानमै सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो ।  तीन पटक क्वाटरफाइनलसम्म पुगेको स्वीट्जरल्याण्डले ११ औँ पटक विश्वकप  खेलेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web