काठमाडौं । थवाङ गाउँपालिका ५ उवाखोलाकी धनपुरी रोकाको काख रित्तिएको छ । दुई श्रीमानबाट गरी चार सन्तानकी आमा रहेकी रोकाले एकैपटक चारै जना सन्तान गुमाउनुपरेको छ ।

पहिलेका श्रीमानबाट जन्मेका कमानसिंह रोका र कर्मजिता (कविता) घर्ती तथा दोस्रो श्रीमानबाट जन्मेका राष्ट्रे रोका र महेश रोकाको मुस्ताङमा भएको टिप्परमा दुर्घटनामा परेर निधन भएपछि उहाँले सम्पूर्ण सन्तान गुमाउनुपरेको हो ।

पहिलेका श्रीमानको निधनपछि धनपुरीले गाउँकै हितबहादुर रोकासँग विवाह गर्नुभएको थियो । अब हितबहादुर रोका पनि सन्तानविहीन हुनुभएको छ । दुर्घटनामा ज्यान गुमाएका कमानसिंहकी श्रीमती र कविताका श्रीमान घाइते भएका छन् । कमानसिंह रोल्पाबाट बसाइ सरी कपिलवस्तु बस्दै आउनुभएको थियो भने कविताको विवाह दाङमा भएको थियो । नेपाल समाचारपत्रबाट ।

काठमाडौं । विदेश भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई शनिबार प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । उनी क्यानडाको भ्यानकोभर सहरमा हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन ७ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रस्थान गर्न लागेका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बोर्डिङ पास लिएर विमान चढ्न लागेका कोइरालालाई प्रहरी टोलीले नियन्त्रणमा लिई सोझै प्रधानमन्त्री निवास बालुवाटार लगेको थियो । बालुवाटारमा करिब एक घन्टा कुराई उनलाई घर जान दिइएको थियो । स्रोतका अनुसार प्रधानमन्त्रीको ठाडो निर्देशनमा उनलाई भ्रमणमा जान वञ्चित गरिएको हो ।

‘मलाई प्रधानमन्त्री ओलीले भेट्न खोज्नुभएको छ भन्दै प्रहरी लगाएर बालुवाटार पुर्याइयो,’ कोइरालाले भने, ‘प्रधानमन्त्री निवासको एउटा कोठामा एक घण्टा थुनेर अपराधीजस्तो व्यवहार गरी घर फर्काइयो ।’ कोइरालाको टोलीका अन्य ६ जना भने शनिबारै क्यानडा प्रस्थान गरे ।

एजेन्सी । आयोजक राष्ट्र रसियालाई हराउँदै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनल प्रवेशका लागि क्रोएसियाले टाइब्रेकरसम्म कुर्नुपर्यो । उसले टाइब्रेकरमा रसियालाई उसको घरेलु मैदानमा ४-३ ले हराएको हो।
निर्धारित र अतिरिक्त समयमा बराबरी भएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा फिदोर स्मोलाभको फितलो प्रहार क्रोएसियाका गोलकिपर डेनियल सुबेसिचले बचाएका थिए भने मारियो फर्नाण्डेजले बललाई सहि दिशा दिन सकेनन् । क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा पुगेको हो ।

सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा क्रोएसिया सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनलमा फ्रान्स ९जसले विश्वकप जित्यो० सँग पराजित भयो । र, तेस्रो स्थानको प्लेअफमा क्रोएसियाले नेदरल्याण्डलाई हरायो ।

खेलको ३८ औं मिनेटमा चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए। तर उसको अग्रतालाई क्रोएसियाले खेलको ३९ औं मिनेटमा गोल गर्दै बराबरी गरिदियो। क्रोएसियाका लागि करामारिकले गोल गरेका थिए।

पहिलो तथा दोश्रो हाफमा १(१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएका थियो ।

अतिरिक्त समयमा धकेलिएको खेलमा कोएसियाका लागि १०१ मिनेटमा डिडेले गोल गरे ।

तर आक्रमक भएको रसियाले खेलको ११५ मिनेटमा बराबरी गोल फर्काउदै खेल बराबरीमा पुर्योयो । रसियाका लागि सो गोल फर्नानडेजले गरेका थिए।

तर पेनाल्टी सुटआउटमा क्रोएसिया विजयी भएपछि ५२ वर्षपछि पहिलो पटक सेमिफाइनलमा पुग्ने रसियाको लक्ष्यमा पूर्णविराम लाग्यो ।

२० वर्षपछि क्रोएशिया सेमिफाइनलको यात्रा तय गरेको क्रोएशियाले आगामी बुधबार सेमिफाइनलको खेल इङ्ल्याण्डसँग खेल्दैछ ।

काठमाडौं । रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलका खेल सुरु हुँदै छन् । शुक्रबार हुने क्वार्टरफाइनलले फाइनलकै झल्को दिने पक्का छ । शुक्रबार हुने दुवै क्वार्टरफाइनलमा खेल्ने टोलीको इतिहास, जारी प्रतियोगितामा उनीहरूको प्रदर्शन र खेलाडीको व्यक्तिगत क्षमताले पनि दुवै खेललाई फाइनलको ‘रिहर्सल’ (पूर्वाभ्यास) भन्दा फरक नपर्ला । शुक्रबार साँझ निझ्नी नोभगोरोद रंगशालामा हुने पहिलो क्वार्टरफाइनलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने हुँदैछन् । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । काजन रंगशालामा शुक्रबार राति हुने दोस्रो क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिलले पछिल्लो समय उच्च लयमा देखिएको बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ ।

जारी विश्वकपमा बाँकी रहेका चारमध्ये तीन पूर्वविजेता शुक्रबार नै मैदानमा ओर्लंदै छन् । पक्कै पनि विश्वभरका करोडौं फुटबल पारखीका लागि यी खेलले छुट्टै आनन्द दिनेछन् । उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० मा विश्वविजेता टोली हो । जारी विश्वकपमा पनि उरुग्वेका स्ट्राइकरद्वय लुइस स्वारेज र एडिन्सन काभानीको जोडी निकै जमेको छ । प्रिक्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध दुई गोल गरेका काभानी चोटग्रस्त भएकाले शुक्रबार मैदानमा उत्रने निश्चित भइसकेको छैन । उनको अनुपस्थितिमा पनि उरुग्वेसँग क्षमतावान खेलाडीको कुनै कमी छैन ।

यसैगरी सन् १९९८ मा विश्वकप जितेको फ्रान्ससँग पनि युवा र उत्कृष्ट फुटबलरको कमी छैन । अग्रपंक्तिमा एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे र ओलिभर गिरोडको बलियो ‘ट्रायो’ जम्दा मिडफिल्डमा पल पोग्बा र रक्षापंक्तिमा बार्सिलोनाका सामुएल उम्टिटीको सुदृढ ‘ब्याकअप’ रहनेछ । सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँचपटक विश्वकप जितेको ब्राजिलको टोली पनि आक्रमण, मिडफिल्ड र डिफेन्स सबैमा सन्तुलित देखिएको छ । अन्नपूर्ण पोस्टबाट ।

काठमाडौं । बैठकमा नेताहरू भीमबहादुर रावल, अमृतकुमार बोहरा, युवराज ज्ञवाली, रघुजी पन्तलगायत करिब एक दर्जन नेताले सरकारको आलोचना गरेका हुन् । सरकारको काम जनताले दैनिक जीवनमा प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी हुन नसकेको उनीहरूको टिप्पणी थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

बजेटले सकारात्मक प्रभाव पार्न नसकेको, बजेटलगत्तै बढेको कालोबजारी नियन्त्रण गर्न नसकेको, कालोबजारी गर्नेमाथि कारबाही गर्ने सवालमा आपूर्तिमन्त्रीले कुनै प्रभावकारी कदम चाल्न नसकेको, सरकारको काममा मन्त्री–मन्त्रीहरूबीच नै समन्वय नदेखिएको उनीहरुको भनाई थियो ।

यातायात क्षेत्रको सिन्डिकेट तोडेर सरकारले राम्रो सुरुवात गरे पनि निरन्तरता दिने सवालमा गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीबीच आपसी समन्वय नहुँदा नकारात्मक सन्देश गएको स्थायी समिति सदस्यहरूको भनाइ थियो ।

कतिपय नेताले प्रदेशहरूमा पनि बजेटका विषयलाई लिएर आलोचना भइरहेको विषय पनि उठाए । उनीहरूले प्रदेश र केन्द्र सरकार तथा प्रदेश सरकार र पार्टीको संसदीय दलबीच नै राम्रो समन्वय नरहेकोमा ध्यानाकर्षण पनि गराए ।

एजेन्सी । मेक्सिकोलार्इ पराजित गर्दै ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार साँझ भएको खेलमा ब्राजिलले मेक्सिकोलार्इ २-० गोलअन्तरले पराजित गरेको हो।
ब्राजिलको जितमा नेमार र रोबार्टो फर्मिनोको १-१ गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि ब्राजिलले दोस्रो हाफमा नै दुर्इ गोल गरेको थियो।

खेलको ५० अौं मिनेटमा नेमारले गोल गर्दै मेक्सिकोविरुद्ध सुरुवाती अग्रता दिलाएका थिए। उनले विलियनको पासमा नेमारले गोल गरेका हुन्। रुस विश्वकपमा यो नेमारको दोस्रो गोल हो। यसअघि उनले कोस्टारिकाविरुद्ध गोल गरेका थिए। यस्तै नेमारको पासमा खेलको ८८ अौं मिनेटमा फिर्मिनोले दोस्रो गोल गरेका थिए। अब ब्राजिलले क्वार्टफाइनलमा जापान वा बेल्जियम मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

काठमाण्डौ ।

नेपाली सांगितिक क्षेत्रमा हरेक दिन नयाँ नयाँ गीतहरु सार्वजनिक भइरहेका हुन्छन् । त्यहि गीतहरुको भिडमा एउटा पृथक शैलीको गीत सार्वजनिक गरिएको छ । तिमि करोडमा सानु बोलको गीतमा प्रेमी र प्रेमीका बिचको दुरीलाइ देखाइएको छ ।

संगम लिम्बुको शव्द संगीत तथा श्वरमा तयार यो गीतमा गायक स्वयंले अभिनय गरेका छन् उनलाइ अभिनयमा साथ दिएकी छिन् शान्ति लिम्बु ले । गीतको भिडियोलाइ बिरेन्द्र भाट बिपिन तथा संगम लिम्बुको निर्देशन , महेश महराको छायाकन तथा बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।

काठमाडौं । लामो समयदेखि समस्या नै समस्याले झेलिएको नेपाल प्रहरीमा पछिल्लो समय सुधारका संकेतहरु देखिन थालेका छन् । राजनैतिक हस्तक्षेप, भ्रष्ट संयन्त्र र नीजि स्वार्थका कारण प्रहरीमा सरुवा बढुवादेखि पोष्टिङसम्म चलखेल हुँदै आएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । जसले गर्दा संगठनका प्रमुखहरु एकपछि अर्को गर्दै बद्नाम हुँदै गए । अहिले भने नेपाल प्रहरीले नयाँ प्रमुख पाएसँगै सुधारका संकेतहरु देखिन थालेका छन् । आईजीपी सर्वेन्द्र खनालले आफ्नो तीन महिने कार्यकालमा गरेको कामले प्रहरीभित्र तल्लो स्तरका कर्मचारीहरुको समेत मनोवल बढेको छ ।

त्यसैगरी आईजीपी खनालले फास्ट ट्रय्राक शैलीमा बढुवा गर्दा प्रहरी कर्मचारीहरुको बृत्ति विकासमा समेत सकारात्मक प्रभाव परेको छ । आईजीपी खनालले २० वर्षदेखि रोकिएको सईहरुको बढुवा गरेसँगै प्रहरीमा देखिएको नैराश्यता हटेको छ । सबै दर्जाको सरुवा र बढुवामा सफल आईजीपी खनालले काबिल र अवसरबाट बञ्चित नयाँ अनुहारलाई पनि जिम्मेवारी दिएका छन् । प्रहरी जवानदेखि प्रहरी नायब महानिरिक्षकसम्मको सरुवामा निश्चित मापदण्ड बनाईएकाले एकाध बाहेकका सरुवामा आईजीपी खनालले जस पाउन सफल भए । पहुँचको आधारमा ५ देखी २० बर्ष सम्म आकर्षक कार्यालयहरुमा अड्डा जमाइरहेका प्रहरीहरुको न्यायोचित सरुवा गरी उनले प्रहरीभित्रको सिण्डिकेट तोडेका छन् ।

रिक्त स्थान हुँदाहुँदै पनि पदावधिका कारण अनिवार्य अवकास पाउन बाध्य भइरहेका थिए राम्रा प्रहरी अधिकृत । कतिले त समयमा बढुवा नभएको भन्दै नैराश्यता पोखेर राजिनामा समेत दिने गरेका थिए । यसले गर्दा व्यक्तिगत र व्यावसायिक रुपमा संगठनमा नकारात्मकता असर परेको थियो । प्रहरीमा रहेको भद्रगोल अवस्थालाई सहि दिशामा ल्याउन आईजीपी खनालले सरुवा र बढुवामा निश्चित मापदण्ड बनाई बैज्ञानिक तवरले काम गरेका छन् । अहिले उनले संगठनलाई चुस्त र दुरुस्त बनाएका छन् ।

त्यतिमात्र नभई २० बर्ष भन्दा बढि समय एकै पदमा बस्न बाध्य प्राबिधिक (कम्प्युटर, संचार, स्वास्थय) सई, प्राबिधिक प्रहरी जवान देखि प्राबिधिक प्रहरी नायब महानिरिक्षकसम्मको बिबादरहित बढुवा गरी आईजीपी खनालले आफ्नो कार्यक्षमता प्रस्तुत गरिसकेका छन् । यसले प्रहरी कर्मचारीहरुमा एक प्रकारको सकारात्मक उर्जा थपिएको छ ।

जनशक्ति अभावले प्रहरी कार्य र अपराध अनुसन्धानमा ह्रास आईरहेको बिद्यमान अवस्थामा आईजीपी खनालकै अथक प्रयास एवं अहोरात्र खटाइका कारण पहिलो चरणमा नेपाल प्रहरीमा तीन हजार एक सय एक दरबन्दी थप भएको छ । जुन आफैमा एक उदाहरणीय कार्य पनि हो । प्रहरीभित्रको विकृति र विसंगती हटाउँदै गुण्डागर्दीको सफाया, आम जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुनेलगायत कार्यहरु गर्दै आईजीपी खनाल गृह मन्त्रालयले अवलम्बन गरेका नीति निर्देशनहरुको अक्षरस पालना गरी अगाडि बढिरहेका छन् ।

नेपाल प्रहरीको रासनमा हुने बिभेद र भ्रष्टाचार, ठेकापट्टामा हुने अनियमितता, भौतिक पूर्वाधारहरुको द्रुत निर्माणमा ढिलाई, आन्तरिक कुशासन, यूएनमिसनमा सहभागितालगायत प्रहरी कर्मचारीहरुको बृत्तिबिकासका बाधकहरुको समेत सुक्ष्म अध्ययन गरिसकेका आईजीपी खनालले निकट भविष्यमा पहिचान भैसकेका यसका कुतत्वहरुबारे कठोर कदम चाल्ने प्रक्रियामा छन् । आईजीपी खनाल संघीय प्रहरी ऐन लागु गर्न दिनरात खटिरहेका छन् ।

भर्खरै संयुक्त राष्ट्र संघका विशिष्ठ पादधिकारीहरूसँग अमेरिकामा छलफल गरेर स्वदेश फर्किएका आईजीपी खनालले छलफलमा २०२० सम्ममा शान्ति स्थापनामा महिला सहभागितामा वृद्धि गरी २० प्रतिशत पु-याउने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशकै भरमा क्यासिनोहरु सञ्चालन हुँदा राज्यलाई डेढ अर्व भन्दा बढि घाटा लागेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशले चलेका क्यासिनो र मिनी क्यासिनोहरूले करिब डेढ अर्व रुपैयाँ रोयल्टी तिरेका छैनन् । युनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

क्यासिनोमा नयाँ नियमावली लागू हुँदा समेत उनीहरुले राज्यलाई रोयल्टी नतिरी अटेर गरी बसेका छन् । क्यासिनोहरुले यतिसम्म सेटिङ मिलाएर बसेका छन् कि विगत चार वर्षदेखि उनीहरुले अदालतबाट स्टे अर्डर लिएकै भरमा अर्बौं रोयल्टी नबुझाई राज्यलाई ठगी गरिरहेका छन् ।

गत साता सर्वोच्च अदालतको संबैधानिक इजलाशले समेत क्यासिनोहरुले रोयल्टी तिर्नुपर्ने विषयमा निर्णय नगरी इजलाश नै स्थगित गरियो ।

क्यासिनोका डनहरु किशोर सिलवाल, सुरेन्द्रबहादुर सिंह र नगेन्द्र साह तेलीले अदालतमा सेटिङ मिलाएर निर्णय गर्न नदिएको स्रोत बताउँछ । चार वर्ष देखि अन्तिरिम आदेशकै भरमा क्यासिनो चल्दा समेत राज्यले यस बारेमा कुनै निर्णय लिन नसक्नुलाई क्यासिनो माफियाहरुकै प्रभावको रुपमा लिइएको छ ।

अन्तरिम आदेश क्षणिक समयको लागि मात्रै दिने गरिन्छ । तर, चार वर्ष वितिसक्दा पनि त्यहि अन्तरिम आदेशकै भरमा क्यासिनो सञ्चालन गरी अर्बौं रोयल्टी छल्ने माफियाहरु हावी हुँदा अदालतको गरिमामाथि नै आँच आउने देखिन्छ ।

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा अभियोग लागेका बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठलाई होटल मल्लमा बेल्लिज क्यासिनो सञ्चालन गर्न अनुमति दिएको थियो । क्यासिनो नियमावली २०७० अनुसार प्रक्रिया पूरा नगरी अदालतमा गएर अन्तरिम आदेश ल्याएर क्यासिनो सञ्चालन गरिरहेका बाबाले प्रहरीका उच्च अधिकारीहरुलाई पनि सेटिङ मिलाई नेपालीलाई प्रवेश गराउँदै आएका छन् ।

बेल्लिजलाई क्यासिनो सञ्चालन गर्ने अन्तरिम आदेश हालका कामु प्रधानन्यायाधीश ( तत्कालीन न्यायाधीश) दीपकराज जोशीको एकल इजलासले दिएको थियो ।

पर्यटन विभागले बक्यौता नतिर्ने होटल अन्नपूर्णको क्यासिनो, होटल सोल्टीको नेपाल क्यासिनो, बन्द अवस्थामा रहेको एभरेष्ट क्यासिनो, होटल मल्ल प्रालि, होटल याक एण्ड यतिको रोयल क्यासिनो, नेपाल रिक्रियसन सेन्टर, ह्याप्पी आवर प्रालि र दी फुलबारी रिसोर्टले तिर्नुपर्ने बक्यौता रकमको विवरण सहित ताकेता गर्दा पनि रोयल्टी उठ्न सकेको छैन ।

अदालतले ३ बर्षअघि दिएको अन्तरिम आदेशका आधारमा ८ वटा मिनी क्यासिनो सञ्चालित छन् । सुरेन्द्रबहादुर सिंहसहितका ४ जना संचालक रहेको ह्याप्पी आवर प्रालिले २०७१ साउन १५ मा अन्तरिम आदेश ल्याएर ४ वटै मिनी क्यासिनो सञ्ंचालन गर्दै आएको छ । तर, सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका भरमा चलेका क्यासिनोले न राज्यलाई कर बुझाएका छन्, न त बक्यौता नै ।

काठमाडौं । प्रहरी फन्दामा परेका अन्तर्राष्ट्रिय सट्टेबाजी गिरोहका नाइके अमृत भन्ने नथमल अग्रवाल उर्फ नागराजले अबैध सम्पत्तिलाई बैध बनाउन चलचित्र निर्माणको तयारी गरेको खुलेको छ । ‘चरी जिउँदै छ’ नामको चलचित्र निर्माण गरिरहेका नागराज अन्ततः प्रहरी फन्दामा परेसँगै उनको सपना तत्कालका लागि पूरा नहुने भएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

किनकी नागराजले खेलमा सट्टेबाजी गरेर कमाएको स्रोत नखुलेको करोडौंको सम्पत्ति जफत हुने अवस्थामा छ । महानगरीय अपराध महाशाखाले नागराजको अवैध सम्पत्ति छानविनका लागि सम्पत्ति सुद्दिकरण विभागसँग समन्वय गरी अनुसन्धान सुरु गरेको छ ।

आफूलाई नागराज नभई प्रोफेसर भनेर चिनाउन चाहने अग्रवालले फिजिक्समा मास्टर्स गरेका छन् । यद्यपी उनको मोह भने अर्कै रहेछ ।

वैध रुपमा करोडौं रकम कमाएपछि फिल्म निर्माण गर्ने नाममा मोडल र हिरोइनहरुलाई भेला गरी नागराजले विलाशिताको जीवन विताउँदै आएका थिए ।

पानीपोखरीस्थित आफू बस्ने अपार्टमेन्टमा तिनै मोडल र हिरोइनहरुलाई भेला गराई नागराजले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रका उच्च अधिकारीहरुसँग जमघट गराउँदै आएको स्रोत बताउँछ ।

सट्टेबाजीको धन्दालाई अन्तर्राष्ट्रिय रुपमा फैलाइसकेका नागराज प्रहरीका उच्च हाकिमहरुसँग हिरोइनहरुलाई भेला गराएकै भरमा कारबाहिबाट जोगिदै आएका थिए । तर, अपराध महाशाखाको पञ्जाबाट भने उनी फुत्किन पाएनन् ।

विश्वकप र आईपीएल क्रिकेटलगायतका खेलहरुमा करोडौंको सट्टेबाजी गराउँदै आएको अन्तर्राष्ट्रिय गिरोहका नाइके नागराज पक्राउ परेसँगै उनलाई छुटाउन प्रहरीलाई दबाब परेको छ ।

नागराज पक्राउ परेकै दिनदेखि सरकारी वकिल कार्यालयमा समेत ठूलो चलखेल शुरु भइसकेको छ । नागराजको मुद्दा कमजोर बनाई उनका एजेन्ट गौरव तिवारीको शैलीमा छुटाउन महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रहरी भित्रकै एक समूहले चलखेल गरेको छ ।

नागराज र तिवारीको सम्बन्ध पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल, पूर्व एआईजी विज्ञानराज शर्मा, सुन काण्डमा थुनामा रहेका डिएसपी प्रजित केसीदेखि केही वहालवाला डिआईजीसम्म रहेको प्रहरी स्रोत बताउँछ ।

महानगरीय अपराध महाशाखाको टोलीले आईपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा तीन महिनामा रकम तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भन्दै दुई करोड ४० लाख ठगी गरी फरार भएका नागराजलाई शनिबार पानीपोखरीबाट पक्राउ गरेको थियो । नागराज राकेश सिंहलगायतका व्यक्तिहरुबाट उक्त रकम उठाई फरार भएका थिए ।

प्रहरीले खोजिको सूचीमा राखेदेखि नै नागराज भारतको गोवा, मुम्बई, बैङलोर, दुवई, सिंगापुर कोलम्बिया, थाइल्याण्ड, अमेरिकालगायतका मुलुकमा बसेर नै धन्दा चलाउँदै आएका थिए । नेपालमा कुनै व्यापार व्यवसाय नभएका नागराजले सट्टेबाजीको धन्दा चलाएकै भरमा एक अर्व भन्दा बढिको अवैध सम्पत्ति जोडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नागराजको महाराजगञ्ज बाँसबारीमा एक रोपनी जग्गामा फैलिएको घर, बालुवाटार प्रधानन्यायधीश क्वार्टर नजिक ८ आना घडेरी, नारायाणथान पार्कभिलेज नजिक तीन रोपनी जग्गा र झण्डै २० करोड बराबरको पानीपोखरीको अपार्टमेन्ट रहेको छ ।

यसअघि नागराजकै समूहका गौरव तिवारीलगायत पाँच जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी जुवा ऐन अन्तर्गत मुद्दा चलाई छाडेको थियो ।

सट्टेबाजी मार्फत झण्डै १४ करोडको अवैध कारोबार गरेको तिवारीको समूहलाई परिसरले मुद्दा कमजोर बनाई जुवा ऐन अन्तर्गतमात्र मुद्दा चलाउँदा उनीहरु दुई सय रुपैयाँ धरौटीमा छुटेका थिए । जुन विषयले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा ठूलो हंगामा मच्चिएको थियो ।

काठमाडौं । विवादास्पद ब्यापारी सुवास श्रेष्ठले चलाएको सिन्डिकेटका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र आन्तरिक र वाह्य पर्यटक तथा सेवाग्राहीहरू दिनदहाडै लुटिने गरेका छन् । अति संवेदनशील क्षेत्र स्टराइल कक्षमा रहेका कफि सपमा उनले लुटतन्त्र मच्चाइरहेका छन् । शक्ति केन्द्रलाई रिझाएकै भरमा श्रेष्ठले ५०० प्रतिशत भन्दा बढि नाफा लिएर कफि, पेय पदार्थ, जंक फुडहरु विक्री गरी सेवाग्राहीहरुलाई लुटिरहेका छन् । यूनाइटेड पोष्ट दैनिकले समाचार छापेको छ ।

जवकि सरकारी मापदण्ड अनुसार २० प्रतिशत भन्दा बढि नाफा लिन पाईंदैन । विमानस्थल सुधारका लागि आफैले १० बुँदे निर्देशन जारी गरेका पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले एयरपोर्ट भित्रका यस्ता सिन्डिकेटवालालाई कहिलेसम्म संरक्षण दिइरहने हुन् ? कर्मचारीहरु नै प्रश्न गर्छन् ।

श्रेष्ठको होटेल स्वनिगाको नामबाट अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल प्रस्थान कक्षमा सञ्चालित आधा दर्जन पसलमा संकलन हुने विदेशी मुद्रा अवैध तरिकाले मुलुक बाहिर तस्करी हुने गरेको समेत स्रोतको दावी छ । यस बारेमा सुन तस्करीको छानविन समितिल अनुसन्धान गर्ने हो भने श्रेष्ठ पनि कारबाहीको दायरामा आउने ति कर्मचारी बताउँछन् ।

राजपाका नेता शरतसिंह भण्डारीले पर्यटनमन्त्री छँदा नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराई निर्जला राउत र श्रेष्ठको साझेदारीमा रहने गरी त्रिभुवन विमानस्थलको स्टराइल कक्षमा टि कफी सप सञ्चालन गर्न अनुमति दिलाएका थिए । सो वापत भण्डारीले आजसम्म पनि श्रेष्ठबाट अवैध रकम आर्जन गर्दै आइरहेको स्रोत बताउँछ । निर्जला भने भण्डारी निकट महिला हुन् । तर, सेवाग्राहिहरु भने ठगिएको ठगिएकै छन् ।

श्रेष्ठको नाममा रहेको ग्रिनतारा मिडिया ग्रुप मार्केटिङ प्रालिले ९ वर्षदेखि विमानस्थल परिसरभित्र रहेको गोल्डेन गेटदेखि अप्रेसन भवनसम्म २५ थान र इन्टरनेशनल टर्मिनल भवनदेखि डोमेस्टिक टर्मिनल भवनसम्म २५ थान विज्ञापनका होर्डिङ बोर्ड राख्न अनुमति पाएको छ ।

२०६६ भदौ २२ र २०६८ भदौ ११ मा दुई पटक गरी १० वर्षका लागि सम्झौता गरिएको थियो । सो सम्झौतामा उक्त होर्डिङ बोर्डका साथै विमानस्थल भित्रका उपर्युक्त क्षेत्रहरुमा ब्यूटिफिकेशन(गार्डेन बनाउने र साजसज्जा) कार्य गर्न सम्झौता भएको थियो । तर, एक दशक वित्न लाग्दा पनि श्रेष्ठले पैसा र शक्तिको आडमा कुनै पनि ब्यूटिफिकेशनको कार्य नगरी होर्डिङ बोर्डको मात्रै काम गर्दै आइरहेका छन् ।

एउटा होर्डिङ बोर्ड राख्दा बार्षिक ९ लाखसम्म असुल्ने श्रेष्ठले महानगरपालिकालाई तिर्नुपर्ने कर समेत बुझाएका छैनन् । तर, उनले बार्षिक रुपमा भण्डारी र राउतलाई भने कमिसन बुझाउँदै आएका छन् । स्रोतका अनुसार १० वर्षको अवधि सकिन लाग्दा श्रेष्ठले सम्झौता नविकरणका लागि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई प्रभावमा पार्न खोजेका छन् ।

त्यसका लागि उनले गौतम निकट कर्मचारी निर्देशक प्रदिप अधिकारीसँग सम्बन्ध बढाई महानिर्देशक मार्फत सम्झौता नविकरण गराउन ठूलो रकमको चलखेल गरिरहेका छन् ।

विमानस्थल परिसरमा सरसफाईको ठेक्का लिएर डलर र हुण्डीको अवैध काम गर्दै आएका श्रेष्ठलाई विमानस्थलका प्रवत्ता एवम् निर्देशक प्रेमनाथ ठाकुरले संरक्षण दिंदै आएका छन् । १० वर्षदेखि विमानस्थलमा अड्डा जमाएर बसेका ठाकुरले श्रेष्ठसँग भित्रभित्रै साझेदारीमा समेत काम गरिरहेको विमानस्थल स्रोत दावी गर्छ ।

एजेन्सी – साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । दक्षिण कोरियासँग २-० ले पराजित हुँदै जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । आजै भएको अर्को खेलमा पनि स्विडेनले मेक्सिकोलाई हराएको थियो।

समूह 'एफ' मा रहेको दुवै टोलीका लागि यो महत्वपूर्ण खेल थियो। अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३-० ले हराउँदै समूह विजेता भएर अन्तिम १६ मा प्रवेश गर्यो। लगातार दुई खेल गुमाईसकेको दक्षिण कोरियाले जर्मनसँग अंक खोस्नाले एसियाली मुलुक ४ अंक सहित समूहमा तेस्रो भएर रसिया विश्वकपको सुखद अन्त्य गरेको छ।