काठमाडौं । सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा समेत विरोध प्रदर्शन गर्ने भएको छ । ३० वटा देशमा रहेका पार्टीनिकटको नेपाली जनसम्पर्क समितिमार्फत कांग्रेसले सरकारको विरोध गर्न लागेको हो । कांग्रेस केन्द्रको तयारीअनुसार आगामी १ देखि ३ अगस्टभित्र सरकारविरोधी कार्यक्रम हुनेछन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

जनसम्पर्क समिति कांग्रेससँग आस्था राख्ने विदेशमा बस्नेहरूको समिति हो । जनसम्पर्क समितिहरूलाई महाधिवेशनमा भाग लिने अधिकार पनि कांग्रेसले दिँदै आएको छ । कांग्रेसका नेताहरू विदेश जाँदा जनसम्पर्क समितिमार्फत नै कार्यक्रम हुँदै आएका छन् ।

१५ साउनका कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा सरकारविरोधी प्रदर्शन गर्दै छ । ‘देशदेखि विदेशसम्मबाट सरकारमाथि दबाब बढाउन कांग्रेसले एउटै मितिमा विरोध प्रदर्शनको तयारी गरेको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ पत्रिकासित भने, ‘यहाँ १५ साउन अर्थात् जुलाई ३१ मा विरोधको कार्यक्रम छ ।

काठमाडौं । तीन वर्षको छँदै ‘बेबी किङ’का रूपमा चर्चित पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाह तन्नेरी भएका छन् । सोमबारदेखि उनी १७ वर्षका लागे । बलियो राजयोग लिएर जन्मिएका हृदयेन्द्र आजभोली ज्ञानेन्द्रजस्तै आमा पूर्वयुवराज्ञी हिमानी शाहसँग धार्मिक गतिविधिमा सक्रिय हुन थालेका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

गणतन्त्र स्थापनापूर्व राजतन्त्र रहने कि नरहने भन्ने बहस चलिरहेका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हृदयेन्द्रलाई बेबी किङ बनाउन सकिन्छ भन्ने अभिव्यक्ति दिएका कारण आलोचना पनि भएको थियो । राष्ट्रप्रमुखकै हैसियतमा रहेका कोइरालाको वात्स्यायनले ‘सिनो राजतन्त्र’ बोकेको कार्टुन बनाएर सांकेतिक अलोचना समेत गरेका थिए ।

हृदयेन्द्रको गत वर्ष ब्रतबन्ध गरिएको थियो । जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी पनि आशिश दिन पुगेकी थिइन् । हृदयेन्द्र उच्च माध्यमिक तहको शिक्षा आर्जन गरिरहेका छन् । बेलामौका अभिभावकसँग विभिन्न शक्तिपिठ धाउने भइसकेका छन् ।

केही महिनाअघि मात्र आमा हिमानी शाहसँग उनी गोरखाको मन्दिर दर्शनका लागि पुगेका थिए । त्यसपछि हजुरबुवा ज्ञानेन्द्रसँगै पश्चिम नेपाल भ्रमणमा समेत पुगेका थिए ।

पारसपुत्र हृदयेन्द्र बाहिर निस्कँदा प्रायः कमिज सुरूवाल र नेपाली टोपीमा देखा पर्छन् । अघिल्लो साता आमा हिमानीसँग उनी पशुपतिलगायतका विभिन्न मठमन्दिरको दर्शन गर्न पुगेका थिए ।

‘उहाँमा दरबारभित्रको रहनसहन छ । दरबारले सिकाएको अनुशासनमा रहने गर्नुभएको छ’, निर्मल निवास स्रोतले भन्यो,‘मठमन्दिर भ्रमण पुजाआजामा धेरै रूची राख्नुहुन्छ । समाजसेवामा पनि लगनशिलता देखाउने बानी छ ।’

प्रायः बाहिर ननिस्कने उनी मिडियाको नजरमा खास समयमा मात्र पर्ने गरेका छन् । उनको मठमन्दिर धाउने बानीको प्रमाण हो, ब्रतबन्ध सम्पन्नपछि जिद्दि गरेर पुगेको– बसन्तपुरको अशोकविनायको मन्दिर । उनको एकल जिद्दिले त्यहाँ पुगेका थिए । गत वर्षको १७ चैतमा उनको ब्रतबन्ध भएको थियो ।

ज्योतिषिहरूका अनुसार हृदयेन्द्रको जन्म राज्यको उपल्लो तहमा पुग्ने योगका साथ भएको छ । २ सय ३७ बर्षको इतिहास बोकेको राजसंस्थाको अवशेषका रूपमा जन्मिए पनि हजुरबुवा ज्ञानेन्द्रकै कार्यकालमा नेपालबाट राजतन्त्र समाप्त भएपछि उनको राजा हुने योगमा राजनीतिक बादल लागेको थियो । तर ज्योतिषिहरू अझ प्रभावकारी ठाउँमा हृदयेन्द्र पुग्ने भविष्यवाणी गर्छन् ।

ज्योतिष पण्डित पद्मभक्त खरेलका अनुसार कृष्णपक्ष षष्ठी तिथिको अमृत समयमा जन्मिएका कारण उनको राजयोग छ । अर्थात्, राज्यको उपल्लो निकायमा उनी बस्नुपर्ने देखिन्छ ।

हृदयेन्द्र विस २०५९ श्रावण १४ गते (३० जुलाई २००२) मंगलबार श्रावण कृष्णपक्ष षष्ठी तिथिका दिन मध्यान्ह १२ बजेर ४९ मिनेटमा जन्मिएका थिए । ‘कर्मस्थानमा सूर्य, मंगल, बुध र बृहस्पति सहितका ४ बुधादित्यका कारण राज योगमा जन्म भएको छ’, खरेलले भनेका छन्,‘राजा हुने योग छ । यो शास्त्रीय प्रमाणको आधार हो ।’

हृदयेन्द्र जन्मेको बर्षको १८ असोजमा ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए । उनी दुई महिनाको हुँदा नै हजुरबुवाले तानाशाही शासन लागु गरेपछि उनको भाग्यमा दोष आउने संकेत देखा परेको थियो । जसका कारण ०६२/६३ को जनआन्दोलनले हृदयेन्द्र पुर्खाको सत्ता नामेट हुनेगरी जनआन्दोलन सफल भयो ।

चन्द्रमालाई राशि स्वामीको मित्र दृष्टि प¥यो भने धनवानको योग समेत ल्याएका हृदयेन्द्रको जन्म लग्न कुण्डलीअनुसार छैठौं भावमा कृष्ण पक्षको दिनको चन्द्रमा रहेकाले सबै अनिष्ठ नाश हुने शास्त्रीय प्रमाण रहेको खरेल बताउँछन् ।

‘चन्द्रमा बसेको घर मीन राशि हो । मीन राशिको स्वामी बृहस्पति राज्यभावमा बसेर नवौं दृष्टिले पूर्ण देखेको हुँदा योगले राजा नभई छोड्ने छैनन् भन्छ’, खरेलले भनेका छन् ।

हृदयेन्द्रको जन्मलाई पृथ्वीनारायण शाहको कुन्डलीसँग दाँजेका उनले कुनै पनि स्थानमा ४ ग्रह वा त्यो भन्दा माथि हुने मान्छे पुरूषार्थ हुने ज्योतिष विज्ञानले पुष्टि गरेको दाबी गरे । पृथ्वीनारायण शाहको ६ वटा ग्रह थियो ।

‘पृथ्वीनारायण शाहले जन्मिदै एउटै घरमा ६ ग्रह लिएर जन्मिबक्सेकाले त्यो प्रबज्या योगले पुरूषार्थ गरेर देखायो । यस्तै हृदयेन्द्रकोे हकमा पनि लागू हुने देखिन्छ ।’, उनले भनेका छन्,‘ प्रबज्या योगको प्रबल योग बनेर पनि पृथ्वीनारायण शाह एकीकरणका महापुरूष राष्ट्र निर्माता किन भए त भन्दा जन्मलग्न कुण्डलीको ६ ग्रहका साथ पञ्चमभावमा रहेको बृहस्पतिले लग्नलाई नवम पूर्ण दृष्टिले देखेको अवस्था हुँदा सबै अरिष्टहरू नाश भएर गए ।’

हृदयेन्द्रको जन्म लग्न कुण्डलीको दशम् केन्द्र भावमा कर्कटको बृहस्पति उच्च भएर रहेको अवस्था हुँदा सबै अरिष्टहरू नाश भएका छन् । दशमभावमा रहेका ४ ग्रह मध्ये ३ ग्रह सूर्य, बुध, बृहस्पति कारक ग्रह हुन् । दशमस्थानको सूर्यले राज्यकृपा गराउँछ भने मंगलसँग बुधको युति पनि यसै घरमा भएकाले जातकलाई सुरवीर गराउँछ ।

गणतन्त्र सँगै मुलुक संघात्मक प्रणालीको अभ्याससहित कम्युनिस्ट बहुमतको केन्द्र सरकार रहेका बेला राजसंस्थाको परिकल्पना नै गलत सावित हुनेजस्तो देखिएको छ ।

तर ज्योतिषहरूले यो राज्यप्रणालीमा भए पनि हृदयेन्द्रको भविष्यको सुनौलो सिंहाशन टाढा नरहेको दाबी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रको भन्दा पनि बलियो योग लिएर आएको उनको जन्मदिनमा समेत बताइयो ।

१४साउन, समुन्द्रटार । शहरी बिकास तथा भौतिक निर्माण विभाग डिभिजन कार्यालय नुवाकोट मार्फत निर्माण गरिएको दुप्चेश्वर गाँउपालिका वडा नं. ६ स्थित ‘समुन्द्रटार स्वास्थ चौकी तथा प्रसुती केन्द्र’को भवन समुदायलाई हस्तान्तरण गरिएको छ ।
२०७१ सालदेखि निर्माण सुरु गरिएको भवनको विनासकारी भूकम्पले पु¥याएको असर तथा त्यसपछिको असहज बनेको परिस्थिती पश्चात निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले तोकिएको मापदण्ड अनुसार निर्माण गरेको भूकम्प तथा बहुविपद प्रतिरोधी भवन सोमबार गाँउपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा नं ६ का वडाध्यक्ष किशोर आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । नयाँ भवन हस्तान्तरण गर्दै गाँउपालिका अध्यक्ष तामाङले गाँउपालिकाबासीको लागी पायक पर्ने स्वास्थ्य सँस्था समुन्द्रटार भएकाले निकट भविष्यमा डाक्टर सहितको अस्पताल र त्यही अनुसारको सेवा प्रदान गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले अहिले बर्थिङ सेन्टर सहितको सुविधालाई सुचारु गराई त्यसको लागी आवश्यक पर्ने नेपाल सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराएर गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
भवन हस्तान्तरण कार्यक्रममा गाँउपालिका उपाध्यक्ष अञ्जु आचार्यले सुविधासम्पन्न भवन सहितको स्वास्थ्य सँस्था सञ्चालनले मातृशिशु, नवजात शिशु, गभर्वती तथा सुत्केरी महिलाको लागी प्रत्यक्ष लाभ पुग्ने र त्यसले समुदायको स्वास्थ्य अबस्थामा उल्लेख्य सुधार ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
‘सिद्धार्थ, धजञ्जय र मदरल्याण्ड’ जेभी मार्फत करिब दुई करोड रुपैयाँको लगानीमा निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन आगामी आइतबारदेखि सञ्चालनमा ल्याउने व्यबस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष आचार्यले बताउनुभएको छ । भूकम्पले पु¥याएको जोखिमको भवनमा सञ्चालनमा रहेको स्वास्थ्य सेवालाई नयाँ भवनमा हस्थान्तरण गरी सरकारले तोकेको निःशुल्क स्वास्थ सेवालाई प्रभावकारी रुपमा उपलब्ध गराएर आगामी दिनमा अस्पतालको रुपमा विकास गर्ने गाँउपालिकाको लक्ष्य पूरा गर्न सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।
भवन निर्माणको लागी निःशुल्क रुपमा तीन रोपनी जग्गा उपलब्ध गराउनुभएका जग्गादाता होमबहादुर डंगोल र दुई रोपनी जग्गा उपलब्ध गराउनुभएका जग्गादाता मधुुसुदन आचार्यलाई सम्मान गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य शशी आचार्यले जानकारी दिनुभएको छ ।
नयाँ भवन निर्माण भएसँगै बिरामी जाँच, गर्भवती तथा बर्थिङ सेवा, निःशुल्क औषधिको उपलब्धता, बिरामीको एकीकृत, तथ्याङ्क लगायतमा सहजता पुगेकाले आगामी दिनमा स्वास्थ्य प्रयोगशाला सेवा उपलब्ध गराउने तयारी रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ताराकुमार श्रेष्ठले बताउनुभएको छ ।
कार्यक्रममा गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णहरी पौडेल, स्वास्थ्य शाखा प्रमुख बिहारीशरण कुइकेल सहित विभिन्न शाखाका प्रमुख, वडाध्यक्षहरु तथा वडा सदस्य एवम् कार्यपालिका सदस्यहरु, स्थानीयतहमा रहेका बैंक तथा बित्तिय सँस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

१४ साउन, काठमाडौ । गीत संगीत क्षेत्र एक यस्तो माध्यम हो जसले मानब मात्र होईन प्रकृतिका हरेक प्राणीको मन जितेको हुन्छ । संगीतले हरेक क्षेत्र अनि हरेक पेशाका मान्छेहरुको मन तानेको हुन्छ । पोखराको बेगनासमा जन्मिएका गणेश कंडेल पेशाले ईन्जिनियर हुन । उनको नेपाली गजल साहित्यमा उच्चतम् खुबि रहेको छ भन्ने कुरा उनको भर्खरै सार्वजानिक भएको

"पैसा मात्र तिरि पाउने सुन होईन माया,
औंसी सगै बिलाउने त्यो जुन होईन माया"  गजलले प्रष्ट पारेको छ ।
प्रस्तुत गजलमा आवाज र संगीत भने अहिलेका चर्चित गायक तथा संगीतकार थानेश्वर गौतमको रहेको छ भने उक्त गजलमा एरेन्ज भने कृष्ण बिकले गरेका छन् ।
नेपाली गजलमा बिल्कुलै फरक शैली अपनाउने गायक थानेश्वर गौतम गजलकार गणेश कंडेलको पहिलो रोजाईमा परे ।
उक्त गजलको भिडियो हालै सार्वजानिक गरिएको छ । जसमा वास्तबिक गजल गायन शैलीलाई प्रयोग गरि भिडियो सम्पादन गरिएको छ यो भिडियोमा क्यामरामा राजन केसी र ईश्वर बाबू रहेका छन भने भिडियो सम्पादन राजन केसीले गरेका छन उक्त भिडियो निर्देशन गायक थानेश्वर गौतमले गरेका छन् भने जननी नेपालले यो गीत बजारमा ल्याएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

काठमाडौं । भदौ १ देखि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था लागू हुने भएको छ । भदौ १ देखि कार्यान्वयनमा आउने गरी मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन र फौजदारी कसुर ऐन २०७४ निर्माण भएको छ ।

ऐनमा भनिएको छ– ‘कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनुहुँदैन । दोषी प्रमाण भयो भने कसुर गर्ने वा गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुनेछ ।’ यदि पीडक वा दोषी विदेशी भए त्यस्तो व्यक्तिलाई कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनुपर्ने ऐनमा प्रावधान छ ।नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

काठमाडौं । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ। गत वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण चीनको सिचुवान प्रान्तको छेन्दूमा हुने भएको हो। अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा १६ जना सैनिक अधिकारीको सहभागिता हुने सैनिक स्रोतले बताएको छ। गत वर्ष वैशाखमा भएको संयुक्त सैन्य अभ्यास यसपटक सरकार गठन र त्यसपछि लगत्तै भएको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका कारण केही ढिलाइ भएको थियो।

प्रधानमन्त्री ओलीको भ्रमणपछि संयुक्त सैन्य अभ्यास गर्नेमा दुवै मुलुकका रक्षा मन्त्रालय सहमत भएका थिए। प्रधानमन्त्री ओली र त्यसलगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणले संयुक्त सैन्य अभ्यासको टुंगो लगाएको हो।

प्रधानसेनापति क्षत्री चीन भ्रमणमा गएका बेला त्यहाँका रक्षामन्त्री र सेना प्रमुखसँग समेत संयुक्त सैन्य अभ्यासलगायत द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए।

संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद व्यवस्थापनलगायतमा केन्द्रित हुने छ। सैनिक जनसम्पर्क निर्देशनालयका सहप्रवक्ता महासेनानी विजय थापाले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास चीनको सिचुवान प्रान्तको छेन्दुमा हुने बताए।

महासेनानी थापाले अन्नपूर्णसँग भने, ‘सैन्य अभ्यासमा सहभागी हुने सैनिक अधिकारीहरूबाहेक नेपाली सेनाको तर्फबाट पर्यवेक्षक टोलीसमेत त्यसतर्फ प्रस्थान गर्ने छ।’

संयुक्त सैन्य अभ्यासको मिति तय भएसँग दुवै मुुलुकका सैनिक अधिकारी त्यसको तयारीमा जुटेका छन्। नेपाली सेनाले संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सैनिक अधिकारीलाई विभिन्न विषयमा तालिम दिइरहेको छ।

काठमाडौं । डा. गोविन्द केसीको लम्बिँदो आमरण अनशनले सत्ता र प्रतिपक्षीबीचको सम्बन्धमा पनि तिक्तता बढाउँदै लगेको छ । चार दिनयता केसी पक्षधरसँग सत्तापक्षको औपचारिक वार्ता हुन नसकिरहेका बेला केसीको अनशनका विषयमा सत्ता–प्रतिपक्ष एकअर्कालाई कमजोर बनाउने रणनीतिक तयारीमा केन्द्रित हुन थालेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । प्रतिपक्षी कांग्रेस केसी प्रकरणमा सत्तापक्षलाई गलाउने योजनामा देखिएको छ भने सत्तारुढ नेकपा पनि डा. केसीको अनशन राजनीति–प्रेरित रहेको निष्र्कषसहित सरकारको प्रतिरक्षामा उत्रने तयारीमा लागेको छ ।

कांग्रेसले सडक आन्दोलनको घोषणा गरेकै दिन प्रधानमन्त्री केपी ओलीले सरकारको बचाउ गर्न सत्तारुढ नेकपाका नेता–कार्यकर्तालाई अपिल गरेसँगै सत्ता र प्रतिपक्षबीच द्वन्द्वको संकेत देखिएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा सरकारविरुद्धको मोर्चाबन्दीमा क्रियाशील देखिन थालेपछि सत्तापक्षले पनि आफ्नो रणनीति बनाउन लागेको हो । कांग्रेस सभापति देउवाले आइतबार पार्टी कार्यालय सानेपामा आयोजित बीपी स्मृति दिवसको कार्यक्रममा आफ्ना कार्यकर्तालाई कम्युनिस्टविरुद्ध आन्दोलनमा उत्रन निर्देशन मात्रै दिएनन्, आफ्नो पूर्वनिर्धारित भारत भ्रमण समेत स्थगित गरे ।

देउवाले सरकारविरुद्ध आन्दोलन प्रभावकारी बनाउन भ्रमण स्थगित गरेको बताएका छन् । उनले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता–कार्यकर्तालाई अपिल गर्दै भने, ‘कांग्रेसले हिजो पनि प्रजातन्त्रका लागि राणा र पञ्चायती शासकहरूसँग लडेकै थियो, अहिले पनि कम्युनिस्टहरूका विरुद्ध लडने बेला आएको छ, लड्छौं ।’

काठमाडौ । त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्राहयले एक विशेष कार्यक्रम गरी बुधबार ४४ औं वार्षिक दिवस सम्पन्न गरेको छ । मुलुककै पहिलो प्राकृतिक विज्ञान संग्राहलयले ५५ हजार ७ सय विभिन्न जिवजन्तुहरुको अवशेष प्रदर्शनमा राखेको छ । लामो समयदेखि जिवजन्तुका वारेमो अध्ययन एवं अनुसन्धान गर्दै आइरहेको संग्राहलयको वार्षिक दिवस कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्राकृतिक विज्ञान संग्रहालयका त्रिवि मात्रै नभई मुलुककै गहना भएकोले यसको संरक्षण र सम्वद्धनका लागी त्रिवि प्रयत्नशील रहेको बताउनुभयो ।
पुरानौ भौतिक संरचनामा अवस्थिति यस संग्राहलयको भौतिक पूर्वाधार विकास र यसको व्यापाक प्रचार÷प्रसार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले स्वयम्भू क्षेत्रको ऐतिहासिकतालाई मध्यनगर गरी संग्राहलय निर्माण गर्ने जानकारी दिनुभयो । कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा रामप्रसाद खतिवडाले संग्रहालयको विकास र यसको उन्नयनमा आफूहरु लागिपर्ने बताउनुभयो । संग्रहालयको दिगो व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै उहाँले आधुनिक भवन निर्माणको लागी कीर्तिपुरमा जग्गा समेत छुट्याइसकिएको जानकारी गराउनुभयो।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक डा.दिपक खड्काले स्वायत्ततामा गएर संग्रहालयकोले भौतिक पूर्वाधारको विकासमा महत्वपूर्ण प्रगति हासिल गर्नसक्ने बताउनुभयो । जिर्ण भौतिक पूर्वाधारले यसको गरिमा र महत्व खस्कन थालेको भन्दै व्यापक प्रचार गरी विभिन्न दातृ निकायहरुसँग सहकार्य गरी प्राकृतिक विज्ञान संग्रहालयको विकास गर्न सुझाव दिनुभएको थियो।
त्रिवि अन्तराष्ट्रिय सम्वन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.भूपप्रसाद धमलाले प्राकृतिक विविधताको संरक्षण र सम्वद्धन गर्दै आइरहेको प्राकृतिक विज्ञान संग्राहलयले विज्ञानका विद्यार्थीहरुको आर्कषण एवं अन्तराष्ट्रिय अनुसन्धानको महत्वपूर्ण हव वन्न सक्ने दृष्टिकोण व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख प्रा.डा धर्मराज डंगोलले संग्रहालयले पछिल्लो समयमा गर्दै आइरहेको सुधारका कामहरु र भविष्यमा अघि वढ्न वनाइएको योजना समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्राकृतिक स्रोतका नमुनाहरुलाई संरक्षित,संगहित र प्रदशैनी गर्ने उद्देश्यले निर्माण भएको यस संस्था वि.स २०३२ श्रावण २ गते स्थापना भएको हो । संग्रहालयका बैज्ञानिकहरुले प्र्रकृति सम्बन्धी विभिन्न अध्ययन÷अनुसन्धान गरिरहेका छन । विभिन्न स्वदेशी–विदेशी संस्थाहरुसग मिलेर बन,कृषि,सिमसार क्षेत्रका वोटविरुवा,किटपतङ,सरिसृप,स्तनधारी प्राणीका बारेमा समेत अध्ययन÷अनुसन्धान गरिरहेको संग्राहलयका प्रमुख प्रा.डा डंगोलले जानकारी गराउनुभयो ।

काठमाडौ ।

सञ्चारकर्मी विनिता मरहठ्ठा र व्यवसायी रेजिना भट्टराईले फलैँचा स्पट सञ्चालनमा ल्याएका छन्। उनीहरुले काठमाडौँको कालिकास्थानमा कार्यक्रम गर्ने हल ‘फलैँचा स्पट’ सञ्चालनमा ल्याएका हुन्।

हल सञ्चालनबारे जानकारी गराउने उद्देश्यले गरिएको भेटघाटमा साना बजेटका कार्यक्रम गर्ने ठाउँको अभाव खड्किरहेकाले फलैँचा स्पट सञ्चालनमा ल्याएको सञ्चालक विनिता मरहठ्ठाले बताइन्।

मध्यम वर्गका कार्यक्रमलाई लक्षित गरेर फलैँचा स्पट सञ्चालनमा ल्याएको उनले बताइन्।

‘यहाँ कुनै पनि किसिमको सभा, सेमिनार, पुस्तक तथा एल्बम विमोचन, तालिम, कार्यशाला लगायतका कार्यक्रममा आयोजकले प्याकेजमा सेवा लिन सकिने साथै उच्च गुणस्तरको साउन्ड सिस्टम र प्रोजेक्टर सहित मिडिया व्यवस्थापन, उद्घोषक, खाजालगायत आवश्यकता अनुसारका सुविधा उपलब्ध गराइने छ’, उनले भनिन्।

कार्यक्रमको प्रकृति अनुसार थिएटर वा राउन्ड टेबल शैलीको हल व्यवस्थापनको सुविधा पनि रहेको अर्का सञ्चालक रेजिना भट्टराईले बताइन्। फुड डेलिभरी कम्पनी फाइन्ड यु फुडले फलैँचामा खाना उपलब्ध गराउनेछ।

एजेन्सी । विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । फाइनलमा क्रोएसियाले ४–२ गोलले हराँउदै फ्रान्सले उपाधि जितेको हो । फाइनलमा क्रोएसियालाई ४–४ गोलअन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो ।

रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्दा फाइनलमा पहिलो पटक पुगेको क्रोएसियाले भने उपाधि उचाल्ने राम्रो अवसर गुमायो ।

फ्रान्सलाई उपाधि दिलाउन एन्टोइनी ग्रिजम्यान, किलियन एमबाप्पे र पाउल पोग्बाले गोल गरे भने एक गोल उपाहार स्वरुप पाएको थियो ।

मैदान, नुवाकोट । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका)मार्फत निर्माण गरिएको तादी गाँउपालिका वडा नं. २ मैदान स्थित रालुका माध्यामिक विद्यालयको १६ कोठे भवन शनिबार समुदायलाई हस्तान्तरण गरिएको छ ।
तीन करोड ८९ लाख १७ हजार रुपैयाँ लगानीमा निर्माण गरिएको भूकम्प प्रतिरोधी पक्कि भवन र विद्यालयको लागी आवश्यक पर्ने फर्निचर लगायतका अन्य सामाग्रिहरु गाँउपालिकको उपाध्यक्ष इश्वरी उप्रतीले विद्यालय व्यवस्थापन समितिका सदस्य डोलकुमारी थापा ‘जानुका’लाई हस्तान्तरण गर्नुभयो ।
भवन हस्तारन्तरण गर्दै उपाध्यक्ष उप्रेतीले भूकम्पले क्षति पुगेको विद्यायलको लागी चाहिने सबै बन्दोबस्ती सहितको संरचनाको निर्माण पूरा भएकाले अब विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीबीच समन्वयन गरेर गुणस्तरीय शिक्षा प्रवाहमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उहाँले विद्यालयको लागी आवश्यक देखिएको खेल मैदान, विद्यालय आसपासमा समस्या देखिएको सडकलाई व्यवस्थित बनाउन आगामी दिनमा गाँउपालिकाको तर्फबाट सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा तर्फको जिल्ला प्रमुख बैकुण्ठ सुवेदीले भूकम्पले क्षति पुगेका विद्यालय निर्माणको कामलाई तिव्र गतिमा आघि बढाइएको जानकारी दिनुभयो । जापान सरकारको ऋण सहयोगमा ‘आपतकालीन विद्यालय पुर्ननिर्माण’ कार्यक्रमा मार्फत केन्द्रीय ठेक्का प्रणालीबाट सम्झौता भएको रालुका मावि सहित ५७ वटा विद्यालयहरु विभिन्न कठिनाईको बाबजुत केही विद्यालयको भवन निर्माण सम्पन्नको नजिक र केही ठेक्का प्रणाली मार्फत निर्माणलाई तिव्रता दिइएको छ ।

उहाँले जापान सरकारको सहयोगमा निर्माण भइरहेका विद्यायलहरु सबै पक्कि संरचना रहेको, फर्निचर सहितको व्यवस्था र भूकम्प लगायतका बहुविपद् प्रतिरोधात्मक संरचना रहेकाले बालबालिकाहरु विद्यालयमा सुरक्षित हुने वातावरण बनेको बताउनुभयो ।

यस्तै, शिक्षा विकास तथा समन्वयन इकाईका प्रमुख मदनकुमार थापाले भूकम्पले क्षति पुगेका विद्यालयहरु पुर्ननिर्माणको अन्तिम चरणमा पुगेकाले अब सामुदायिक विद्यालयहरुले शैक्षिक क्षेत्रको विकासमा जोड दिन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

विद्यालय भवन हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक तिलक पण्डितले निर्माण सम्पन्न हुन बाँकी संरचना र फर्निचर लगायतको व्यवस्थापन समयमै मिलाइदिन भवन निर्माणको जिम्मेवारी पाएको सँस्थालाई आग्रह गर्दै आगामी साउन २५ गतेदेखि अहिले बन्द रहेको विद्यालय सुचारु हुने भएकाले अस्थायी टहरामा अध्ययन गर्दै आएका विद्यार्थीलाई सुरक्षित भवनमा अध्यापन गराएर गुणस्तरीय शिक्षा र रचनात्मक विकासमा ध्यान दिने बताउनुभयो ।

उहाँले विद्यालयमा अध्ययनरत ३५० जना विद्यार्थीको लागी माध्यामिक तहसम्म
अध्यापन गराउन कक्षाकोठा, खानेपानी, शौचालय, फर्निचर लगायतको व्यवस्था
भएपनि आगामी दिनमा कम्युटर कक्षा, पुस्तकालय, विज्ञान प्रयोगशाला लगायतको
आवश्यकता रहेको बताउनुभयो ।

विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र र साचो स्वीकार गर्दै विद्यालय व्यवस्थापन समितिका सदस्य जानुका थापाले भूकम्पले अवशरको रुपमा सुविधासम्पन्न भवन निर्माण भएकाले यसको संरक्षण र सदुपयोगमा प्रशासन र अभिभावक दुवै पक्षको जिम्मेवारी रहेको बताउनुभयो ।

‘डिजाइन एण्ड सुपरिभिजन कन्सल्टेन’का जिल्ला अनुगमन ईञ्जिनियर गणेश कंडेलका अनुसार जापान सरकारको सहयोगमा निर्माण गर्न लागिएको ५७ मध्ये निर्माण सम्पन्न भएको पहिलो विद्यालयको रुपमा श्यामसुन्दर र गुलिभर जेभी मार्फत निर्माण गरेको रालुका मावि पहिलो विद्यालय हो ।

श्यामसुन्दर र गुलिभर जेभी मार्फत निर्माण भइरहेका अन्य पाँच विद्यालयहरु नर्जा स्थित विज्ञान मावि, रालुकादेवीको प्रभुडाँडा आधारभूत विद्यालय, सातविसेको सुन्दरा मावि, समुन्द्रादेवीको जनसहयोग प्रावि र महाकालीको जालपादेवी आधारभूत विद्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेकाले क्रमशः हस्तान्तरण गर्न लागिएको ठेकेदार कम्पनीका प्रतिनिधि उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भवन हस्तान्तरण कार्यक्रममा ‘डिजाइन एण्ड सुपरिभिजन कन्सल्टेन’का प्रमुख इञ्जिनियर नरेशराज आचार्य, लिखु गाँउपालिका अध्यक्ष धुव्र श्रेष्ठ, तादी गाँउकार्यपालिका सदस्य यशोदा कट्टेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामशरण तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो ।

काठमाडौं । हातमा राजीनामा बोकेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुगेका एक प्रहरी हवल्दार भन्दै थिए, ‘प्रहरीको ‘जागिर’ अब पुग्यो ।’ नेपाल प्रहरीमा करिब १९ वर्ष बिताएका ती हवल्दारले ‘पेन्सनर’ सेवा पूरा गरेकाले राजीनामा दिएको बताएका हुन् । त्यस्तै राजीनामा गर्ने तयारीमा रहेका एक अर्का प्रहरी जवानले पनि प्रहरीमा अवसरभन्दा दुख–कष्ट बढी भएकाले राजीनामा दिने निर्णयमा पुगेको बताए । तलव–भत्ता सुविधा बढ्दैन, ती जवानले दुखेसो पोख्दै भने,‘प्रहरीमा अवसर भन्दा दुःख बढी छ, पीडा सहेर कति जागिर खानु ।’
रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय र टेकुस्थित महानगरीय प्रहरी परिसरमा भेटिएका यी दुई प्रहरी कर्मचारीको जस्तै दुःख– पीडा सहन नसकेर जागिर छोड्नेहरूको लर्को नै लागेको छ । राज्यका प्रमुख तीन सुरक्षा सङ्गठनमध्ये जागिर छोड्नेको सङ्ख्या प्रहरीमा अधिक छ ।
सशस्त्र प्रहरी र सेनामा पनि राजीनामा दिएर जागिर छोड्ने तल्लो तहका कर्मचारीको सङ्ख्या विगतका तुलनामा आर्थिक वर्ष २०७४÷२०७५ मा बढेको पाइएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै सेवा–सुविधा र वृत्ति विकासप्रति असन्तुष्टि जनाउँदै राजीनामा गर्नेको सङ्ख्या बढेको हो ।
सुरक्षा सङ्गठनमा कार्यरत तल्लो तहका कर्मचारीहरुको तलब स्केल मासिक करिब १७ ÷ १८ हजारसम्म हुन्छ । रासन वापत न्यूनतम दैनिक एकसयदेखि दुर्गममा पाँचसयसम्म भत्ता आउँछ । यो तलवले परिवार पाल्न त परै जाओस् छाक टार्न नै समस्या परेको गुनासो उनीहरूको छ । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द बढ्दो महँगी र न्यून तलव सुविधाका कारण सबैभन्दा बढी प्रहरी कर्मचारीहरू मर्कामा परेको बताउँछन् । प्रहरी कर्मचारीले निजामती सेवाको पियनले पाउने जति तलव सुविधा समेत नपाउने गरेका जानकारी दिए, याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ ।