विश्वकप: विश्व विजेता जर्मनी समूह चरणबाटै बाहिरियो,दक्षिण कोरियाको सुखद अन्त्य

असार १३, २०७५ मा प्रकाशित | 13413 views

<p>एजेन्सी – साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । दक्षिण कोरियासँग २-० ले पराजित हुँदै जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । आजै भएको अर्को खेलमा पनि स्विडेनले मेक्सिकोलाई हराएको थियो।<br><br>समूह 'एफ' मा रहेको दुवै टोलीका लागि यो महत्वपूर्ण खेल थियो। अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३-० ले हराउँदै समूह विजेता भएर अन्तिम १६ मा प्रवेश गर्‍यो। लगातार दुई खेल गुमाईसकेको दक्षिण कोरियाले जर्मनसँग अंक खोस्नाले एसियाली मुलुक ४ अंक सहित समूहमा तेस्रो भएर रसिया विश्वकपको सुखद अन्त्य गरेको छ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web