‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को चौथो संस्करण सम्पन्न (फोटो फिचर )

चौथो ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को चौथो संस्करण सम्पन्न भएको छ । वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, राम अविरल थापालाई रङ् पत्रकारिता सम्मान तथा पुरस्कार शिवराम भण्डारीलाई लोक सञ्चारकर्मी सम्मान तथा पुरस्कार, मच्छेश्वर सापकोटालाई दीर्घ कलाकारिता सम्मान अनि हरि कमाचार्यलाई कलाकारिता सम्मान प्रदान गरिएको थियो सो अवार्ड समारोहमा ।

शनिवार काभ्रको बनेपामा एक भव्य कार्यक्रमबीच अवार्ड समारोहमा प्रेमध्वजलाई ११ हजार १ सय ११ रुपैयाँ र सम्मान गरिएको छ । त्यस्तै राम अविरल थापा र शिवराज भण्डारीलाई ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान गरिएको थियो ।

अवार्डमा लोक, आधुनिक, तामाङ सेलो, पपसहित गीत, सङ्गीत, शब्द, म्युजिक भिडियोलगायतमा उत्कृष्ट पाँचबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो । ‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराको साथ मोफसलको नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा भएको यो राष्ट्रिय अवार्डको व्यवस्थापन नाटेश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले गरेको थियो ।

अवार्डलाई सभ्य र भव्य बनाउनका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिदै अवार्डका अध्यक्ष किरण अधिकारीले जुरीको निर्णयअनुसार उत्कृष्ट बाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरेको बताए । पहिलो दोस्रो क्षेत्रियस्तरमा भएको यो अवार्ड तेस्रो संस्कणदेखि राष्ट्रिय स्तरमा हुन लागेको हो ।

अवार्ड चुम्न सफल हुनेहमा :

राष्ट्रिय गीत

हाम्रो नेपाल राम्रो नेपाल

मेन्दोमाया तर्फ:
गायक सागर एस वाईबा
गायिका लक्ष्मी स्याङ्तान
मोडल पुरुष राजकिङ वाईबा,
महिला एन्जिला वाईबा,
जुरि अवार्ड शिल्पा तामाङ,
ईन्करेजमेन्ट एरिन तामाङ र पब्लिक च्वाईस रोम लामा

पपतर्फ :
गायक डेभिड शङ्कर,
गायिका केन्जुमा सुब्बा,
मोडेल पुरुष पुष्प खड्का,
मोडेल महिला आरुशी मगर,
शब्द राज सागर र सङ्गीत सन्तोष श्रेष्ठ

आधुनिकतर्फ :
गायक शिब परियार,
गायिका सरु गौतम,
मोडेल पुरुष देबेन्द्र छेत्री,
मोडेल महिला मन्जिता केसी,
निर्देशक माधब खरेल,
छायाँकार जनकराज अधिकारी,
सम्पादक तुलसी बास्कोटा,
गीतकार किरण केसी,
नवगायिका सारिका घिमिरे,
ईन्करेज्मेन्ट सिमान्त सन्तोश,
एसएमएस उशा सुवेदी,
पब्लिक च्वाईस निराजन प्रधान,
पब्किक च्वाईस महिला सगुन साही,
जुरी बिरेन्द्र भाट बिपिन र किरण नेपाली,

लाकदोहोरीतर्फ :
गायक रामजी खाड,
गायिका सम्झना लामिछने,
नवगायक केबल श्रेष्ठ,
नवगायिका सीता बराल,
लय कस्तुप पन्थ,
शब्द रमेश बिजी,
मोडेल महिला नृत्य करिश्मा ढकाल,
महिला मोडेल अभिनय दीपाशा बिसी,
मोड्ल पुरुष नृत्य नारायण ढकाल,
पुरुष अभिनय धुर्ब हिमाली,
नवमोडल पुरुष प्रेम खड्का,
नवमोडेल महिला मालती घले,
निर्देशन काजिस श्रेष्ठ,
सम्पादन नवीन घर्ती,
छायाँकार दुर्गा पौडेल,
नवनिर्देशक मौसम हिमाली,

लोक गीत :
प्रकाश सपूत चरचर बरबर,
जुरी मायाको ओखती,
जुरी मोडेल महेन्द्र गौतम र बिक्रम चौहान,
ईन्करेज्मेन्ट टीका भुजेल,
एसएमएस बुद्धबिर थापा,
पब्लिक च्वाईस टिका तारामी मगर,
सुन्दरादेबी पपुलर प्रतिभा अवार्ड निर्देशन बबिता श्रेष्ठ,
पपुलर अमृता लुङेली मगर र प्रकाश कटुवाल /

ठूला मुुद्दा जो अझै टुंगो लागेका छैनन्, यी हुन् हाइप्रोफाइल मुद्धा

काठमाडौं । सर्वोच्च अदालतमा धेरै मुद्दामा अन्तरिम आदेश जारी हुने र लामो समयसम्म पेसी नचढ्ने समस्या छ । खासगरी ठूलो आर्थिक अनियमितता, सडक विस्तार तथा नियुक्तिका मुद्दामा बढी अन्तरिम आदेश जारी हुने गरेको छ । साथै, मुद्दा लामो समयदेखि अल्झिने गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

न्यायाधीश दीपकराज जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नक्कली अन्तःशुल्क स्टिकर तस्करलाई छाड्न आदेश दिएको थियो । १२ कात्तिक ०७४ मा भएको उक्त आदेशले ६ करोड राजस्व प्रभावित भएको अनुमान छ ।

नेपाली बजारमा नक्कली अन्तःशुल्क स्टिकर भित्र्याएर करोडौँ राजस्व छल्न मद्दत पु-याउने भारतीय नागरिक गुप्तालाई थुनामा राख्ने आधार र कारण नदेखिएको भन्दै उक्त इजलासले थुनामुक्त आदेश दिएका थिए ।

नक्कली अन्तःशुल्क स्टिकर बनाएर नेपाल भित्र्याउँदै गर्दा प्रहरीले गुप्तालाई १ असोज ०७४ मा पक्राउ गरेको थियो ।

बिनोद गुप्ता बिरगञ्जबाट सामान आयात निर्यात गर्ने गर्थे । बिरगञ्जमा सामान्य पसल थापेर बसेका उनले नक्कली स्टिकर ओसारपसार गर्दै गर्दा ५० केजी कागजको नक्कली राजस्व स्टिकर सहित पक्राउ परेका थिए ।

त्यसैगरी, सोल्टी क्यासिनोको वक्यौता विवादमा पनि यस्तै प्रकरण छ ।१७ पुस २०७४मा निर्वतमान प्राधानन्यायाधीश गोपाल पराजुली र वमकुमार श्रेष्ठको संयुक्त इजलास पाँच तारे होटल सोल्टी क्यासिनोको १२ करोड वक्यौता तिनुनपर्ने आदेश जारी ग-यो ।

सरकारले क्यासिनोको रोयल्टी बुझाउन पत्र काटेपछि यो दायित्व आफ्नो नभएर क्यासिनो सञ्चालन गर्दै आएको रिक्रियसन सेन्टरको रहेको दाबीसहित होटल सोल्टीकातर्फबाट सञ्चालक दिनेशबहादुर विष्टद्वारा २०६७ फागुनमा सर्वोच्चमा रिट दायर भएको थियो । सोल्टी, सांग्रिला, याक एन्ड यती, एभरेस्ट, फूलबारी रिसार्ट, हायातसहितका पाँच तारे होटलको रोयल्टी ५३ करोड रुपयाँ बाँकी छ ।

निकै विवादमा आएको नेशनल मेडिकल कलेजलाई मान्यतासम्बन्धी विवाद पनि चर्चामा रहेको मुद्दा हो । सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल ईजलासले ८ कार्तिक २०७४ मा नेशनल मेडिकल कलेजको सम्बन्ध खारेज गर्ने निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको थियो ।

त्रिभुवन विश्वविद्यालयले २१ भदौमा नेशनल मेडिकल कलेज खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै नेशनल मेडिकल कलेजका सञ्चालक जैनद्धुन अन्सारीले ३१ असोजमा रिट दायर गरेका थिए । मापदण्ड पुरा गरेको उक्त कलेजलाई त्रिविको कार्यपरिषद् बैठकले १२ साउनमा सम्बन्धन दिएको थियो ।

सडक विस्तार गर्ने सरकारी योजनाविरुद्ध कलंकी, चावहिल क्षेत्रमा स्थानीयले दायर गरेको मुद्दामा लामो समय अन्तरिम आदेशबाट रोकिएका थिए । तर, अहिले ती मुद्दा टुंगो लागेपनि फैसलाको पुर्ण पाठ नआउँदा काम अगािड बढाउन समस्य छ ।

पौडेल समूहले देउवालाई अफ्ठ्यारो बनाउने,यसरी हुँदैछ भित्रभित्रै तयारी

काठमाडौं । आगामी ५, ६ र ७ असारका लागि हेटौंडामा डाकिएको कांग्रेस जिल्ला सभापतिहरूको भेलामा संस्थापन पक्ष र संस्थापनतर पक्ष विभाजित हुने देखिएको छ । पार्टीको संस्थापन पक्षले जिल्ला सभापतिहरूको भेलामार्फत पार्टीको तल्लो तहको वर्तमान अवस्था बुझ्ने र नयाँ संरचनाअनुसारको संगठन निर्माणमा राय लिने बताइरहेका बेला संस्थापनइतर समूह भने फरक रूपमा प्रस्तुत हुन लागेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले भेलामा पार्टीको विधान संशोधनका लागि जिल्ला सभापतिहरूमार्फत राय लिन चाहेका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरू भने विधान संशोधनका विषयसँगै सम्पन्न निर्वाचनमा भएको अप्रत्याशित हारको विषयलाई समेत जिल्ला सभापतिहरूमार्फत उठाउने तयारीमा छन् । संस्थापनइतर समूहका मानिने नेता नवीन्द्रराज जोशीले भेलामा विधान संशोधन, सांगठनिक बनावट र निर्वाचनको पराजयका विषयमा छलफल हुने बताए ।

‘संविधानले व्यवस्था गरेअनुसार पार्टीको विधान परिमार्जनसहित सांगठनिक बनावट र निर्वाचनमा पार्टीले भोगेको पराजयको गम्भीर समीक्षा बैठकमा हुन्छ,’ नेता जोशीले राजधानीसँग भने ।

तर, संस्थापन निकट मानिने कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले भने सभापतिहरूको भेला विधान संशोधन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिका विषयमा केन्द्रित हुने बताए । उनले निर्वाचन समीक्षामा भने बैठक प्रवेश नगर्ने जानकारी दिए ।

‘निर्वाचन समीक्षाबारे केन्द्रीय समितिमा छलफल भइसकेको छ, हरेक तहमा छलफल गरेर कुनै परिणाम आउँदैन । त्यो आवश्यक पनि छैन, सभापतिहरूले आफ्नो जिल्लामा समीक्षा गरेर प्रतिवेदन भने ल्याउन सक्नुहुनेछ,’ नेता खाँडले भने ।

कांग्रेस बर्दियाका सभापति सञ्जय गौतमले भने पार्टीलाई विधिसंगत तरिकाबाट चलाउन जिल्ला सभापतिहरूले भेलामार्फत दबाब दिने बताए । ‘पार्टी नेतृत्व विधिबाट चल्नुपर्छ । यहाँ विधिविधानलाई लत्याउने काम भइरहेको छ । भेलामार्फत विधिविधानमा टेक्न नेतृत्वलाई दबाब दिन्छौं र निर्वाचनमा भएको हारको कारण माग्छौं,’ बर्दिया सभापति गौतमले भने ।

पर्साका सभापति अजय द्विवेदीले भने भेलामा निर्वाचनको हारको विषयमा पुनः समीक्षा दोहा¥याउनु आवश्यक नभएको बताए । उनले निर्वाचनमा भएको हारलाई पृष्ठभूमिमा पाठका रूपमा लिँदै अघि बढ्नुपर्ने बेला पुनः कुनै नेतामाथि दोष थोपर्नु र आरोपप्रत्यारोपमा उत्रिनुको औचित्य नभएको बताए ।

‘हारको समीक्षा केन्द्रीय समितिबाट भइसकेको छ, अब हारलाई पृष्ठभूमिमा पाठका रूपमा लिएर अघि बढ्नुपर्छ । फेरि कुनै नेतामाथि दोष थोपरेर आरोप प्रत्यारोपमा लाग्नु जायज हुँदैन । सबै मिलेर पार्टीलाई एक ढिक्का बनाएर लैजानु आजको आवश्यकता हो । त्यतातर्फ भेला केन्द्रित हुनु आवश्यक छ,’ द्विवेदीले भने ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको भेलामार्फत पार्टीको सांगठनिक संरचनाका विषयमा व्यापक छलफल गर्ने जानकारी दिए । उनले भेलाले पार्टीको आगामी दिशाबारे जिल्ला सभापतिहरूको राय लिने र त्यहीअनुसार नेतृत्वले पार्टीको भावी कार्यदिशा तय गर्ने समेत बताए ।

प्रवक्ता शर्माले जिल्ला सभापतिको भेलामा पार्टीमाथि आइपरेको वर्तमान चुनौतीलाई एक ढिक्का भएर कसरी सामना गर्ने भन्ने विषयमा नेतृत्व केन्द्रित रहने र बैठकमा आवश्यकतातर्फ मात्रै बहस हुने प्रवक्ता शर्माले जानकारी दिए ।

फोरम सरकारमा गएपछि संविधान संशोधन के हुँदै छ?

काठमाडौं । संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको बहस सुरु भएको छ । फोरमले नेकपासँग संशोधन गर्नेसहित दुईबुँदे सहमति गरेपछि फेरि संशोधनको बहस सुरु भएको हो । राजपा र फोरमले ३ असोज ०७२ मा संविधान जारी भएदेखि नै संशोधनको माग राख्दै आएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आन्दोलनका क्रममा फोरम र राजपाले ११ वटा बुँदामा संशोधन खोजेका थिए । अहिले ३ वटा बुँदामा संशोधन भए हुनेमा पुगेका छन् ।

तर, संशोधनबारे अहिलेसम्म प्रयास भने केही पनि भएको छैन । सत्तापक्ष तत्काल संशोधन गर्ने पक्षमा देखिएको छैन । कार्यान्वयनका क्रममा जटिलता देखिए संशोधन गर्दै जाने सत्तापक्षको तर्क छ ।

हिमालयन बैंकलाई राष्ट्र बैंकको अंकुश, श्रेष्ठ र राणाबीच विवाद

काठमाडौं । कर्जा प्रवाह र जग्गा खरिदमा विवाद नै विवादमा फसेको हिमालयन बैंकलाई राष्ट्र बैंकले अंकुश लगाउने तयारी गरेको छ । राष्ट्र बैंकले शेयर स्वामित्वका आधारमा सञ्चालन समितिको व्यवस्था गर्न निर्देशन दिएसँगै बैंकभित्र लफडा बढेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

आइतबार राष्ट्र बैंकको पत्र आएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले शेयरधनीका आधारमा सञ्चालक समिति गठन गर्ने प्रक्रिया शुरु गरेका छन् ।

शेयरधनीका आधारमा संस्थापकबाट ५ जना, एक जना स्वतन्त्र र एक जना साधारण शेयरबाट सञ्चालक समिति चयन गर्न उनी लागि परेका छन् ।

हिमालय बैंकमा ८५ प्रतिशत संस्थापक र १५ प्रतिशत सर्वसाधारणको शेयर रहेको छ । अध्यक्ष मनोजबहादुर श्रेष्ठ र कार्यकारी अधिकृत राणाबीच लामो समयदेखि विवाद चल्दै आएको छ ।

नयाँ सञ्चालक समिति गठन गर्दा आफ्नो बर्चस्व कम हुने भएपछि श्रेठले मानेका थिएनन् । तर, राष्ट्र बैंकको पत्र आएसँगै उनी आत्तिएका छन् ।

हिमालयन बैंकको संस्थापकमा हबिब बैंक पाकिस्तान, मनोजबहादुर श्रेष्ठ समूह, अशोक राणा समूह तथा खेतान समूहको शेयर रहेको छ । ८५ प्रतिशत संस्थापक शेयरका हिसाबमा सञ्चालक चयन गर्दा हालका अध्यक्ष मनोजबहादुर श्रेष्ठ समूहको प्रतिनिधित्व घट्छ । सोही कारण बैंकको बोनस शेयर र चुक्ता पुँजी स्वीकृत हुन समेत सकिरहेको छैन ।

शेयरधनीका आधारमा सञ्चालक समिति गठन नगर्दा पुसमा साधरणसभा सम्पन्न भए पनि अहिलेसम्म लगानीकर्ताले बोनस शेयर पाउन सकेका छैनन् । जसका कारण बैंकका १७ हजार लगानीकर्ता समेत प्रभावित भएका छन् ।

बैंकमा देखिएको विवादका कारण साधारणसभाबाट पारित भएको बोनस शेयर पनि चुक्ता पूँजीमा सूचीकृत हुन सकेको छैन । बैंकको गत पुस २८ गते बसेको साधारणसभाले २५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेर चुक्ता पूँजी ८ अर्ब पु-याएको छ ।

यस अघि बैंकको एटीएम घोटलामा मुछिएका अनिशभक्त सुवाल नामका कर्मचारीलाई जोगाउन खोज्दा पनि श्रेष्ठ र राणाबीच ठूलो विवाद भएको थियो ।

३३ किलो सुनकाण्डमा भण्डारीले यसरी फसाए खरेल र मल्ललाई, भण्डारी ‘रअ’का मान्छे

काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको बचाउ गर्न खोज्दा पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्व डीआइजीद्वय रमेश खरेल र हेमन्तमल्ल ठकुरी संकटमा परेका छन् ।

अभियुक्तहरु पूर्पक्षका लागि थुनामा रहेको र अदातलतमा विचाराधिन मुद्दामा जथाभावी बोलेपछि उनीहरुमाथि गृह मन्त्रालयले समेत ‘एक्सन’ लिने अवस्था सिर्जना भएको छ । गृहमन्त्रालयले विज्ञप्ति निकालेर विचाराधिन मुद्दामा नबोल्न सचेत गराएपछि भण्डारी, खरेल र मल्लले त्यसको जवाफ भने दिन सकेका छैनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रहरीमा रहँदा निकै घमण्डी स्वभावका भण्डारीले हुण्डी कारोबारी र भिओआईपी मार्फत कल वाइपास गर्ने गिरोहसँग साँठगाँठ गरी अवैध सम्पत्ति आर्जन गरेको विषयमा अख्तियारमा मुद्दा परेको थियो । पछि अख्तियारका तत्कालिन प्रमुख आयुक्त दिप बस्नेतसँग सेटिङ मिलाई मुद्दालाई तामेलीमा राख्न भण्डारी सफल भएका थिए ।

स्रोतका अनुसार सुन काण्डका मुख्य मालिक मोहन अग्रवाल धरानियाँ पक्राउ परेको खण्डमा भण्डारी समेत तानिने भएपछि उनले यो मुद्दालाई कमजोर बनाउन खरेल र मल्ललाई प्रयोग गरेका हुन् । भण्डारीमाथि विशेष टोलीको एसपी हुँदा हुण्डी, डलर र सुन तस्करीमा संलग्न अग्रवालबाट ठूलो रकम खाएको आरोप लागेको थियो ।

अग्रवाल हुण्डी, डलर र सुनका ठूला कारोबारी हुन् । भण्डारीमाथि भारतीय गुप्तचर संस्था ‘रअ’ सँग मिलेर यूनिस अन्सारीमाथि हत्या गर्ने योजना बनाएको आरोप पनि लागेको थियो । जुन कुरा यूनिसका बाबु सलिममियाले पत्रकार सम्मेलन नै गरी भण्डारीमाथि छानविनको माग गरेका थिए ।

भण्डारीले सिआईवीमा प्रमुख छँदा इन्टरनेट सेवा प्रदायक संस्था वल्र्ड लिंकका सञ्चालक विजय जलान र दिलिप अग्रवालको समूहसँग पैसाको डिल नमिलेपछि सम्पत्ति सुद्दिकरण मुद्दामा छानविन गरी उनीहरुलाई दुःख दिएका थिए । पछि उनीहरुले सफाई पाएका थिए ।

त्यस्तै खरेल पर्साको प्रहरी प्रमुख छँदा लोहनी उनका ट्वाईसी थिए । खरेलले चोरी गाडिको सुराकीमा आफ्नी श्रीमती रन्जु खरेल र लाहेनीको नाम राखेर भन्सारबाट सुराकी भत्ता लिएका थिए । खरेलले प्रहरीको बचाउका लागि अभिब्यक्ति दिंदा आफैं चिप्लिएका छन् ।

उनले २९ बर्षको प्रहरी सेवामा अपराध अनुसन्धानका क्रममा ७ किलो चरेस बोकेर गएको बताएका थिए । उनले ७ किलो चरेस कोबाट कहाँ बरामद गरेका थिए भन्ने खुलाएका छैनन् । ७ किलो चरेस कहाँबाट बरामद गरिएको थियो र खरेलले बोकेर अपराधी पक्राउ गर्न गए ? र, ७ किलो चरेस बोकेर गएर उनले कसलाई पक्राउ गरे त्यो पनि खुलाएका छैनन् ।

७ किलो चरेस त ठूलो परिमाण हो । त्यति ठूलो परिमाणको चरेस बरामद भएको समाचार त राष्ट्रिय चर्चाको बिषय हुन्थ्यो । यी र यस्ता प्रश्नको जवाफ खरेलले दिनुपर्ने सामाजिक सञ्जालहरुमा आवाज उठेका छन् । त्यत्रो चरेस बरामद गरेपछि मान्छेसमेत मुद्दा दायर गरेको विवरण खरेलले दिन सक्छन् ? यो प्रश्न प्रहरीभित्रैबाट उठेको छ ।

गृहमन्त्राललयको छानबिन समितिमाथि प्रश्न उठाउँदै खरेलले भनेका छन्–‘प्रहरी अनुसन्धानको बारेमा अनुभव नै नभएका ब्यक्तिलाई छानबिन समितिमा राखिएकाले पनि गल्ती नै नभएका प्रहरी अधिकृतहरुलाई सुन प्रकरणमा फसाइएको छ ।’

तर हालै मात्र सुन तस्करी र हत्याका नाइके चुँडामणी उप्रेती उर्फ गोरे, डिएसपी केसी र सई सञ्जेलबीचको वार्तालापमा सिधै पैसाको डिल भई गोरेलाई जोगाउने अडियो नै सार्वजनिक भएपछि खरेल र भण्डारीको मुख बन्द भएको छ ।

हत्याका नाइके गोरेलाई जोगाउन खरेल र भण्डारीले राम्रा प्रहरी भनेका डिएसपी केसीले नै प्रतिवेदनमा गोरेलाई प्रतिवादी बनाएका थिएनन् । नेपाल प्रहरीमा छँदा सधैं विवादास्पद अभिव्यक्ति दिएर चर्चा कमाइरहने खरेललाई भने यस पटक भण्डारीले उक्साएर पुनः विवादमा ल्याएको स्रोत बताउँछ ।

गोरेसँग सञ्जेलले २५ लाख रकम लिएको पुष्टि भइसकेको अवस्थामा पनि पूर्व डिआईजी मल्लले सञ्जेललाई राम्रा प्रहरी अधिकारी भनेका थिए । मिटरब्याज र अपहरणका नाइके विरेन्द्रलाल श्रेष्ठसँग जग्गा र लेनदेनको कारोबार गर्ने मल्ल पनि विवादास्पद पूर्व डिआईजी हुन् ।

यस अघि पूर्व एआईजी विज्ञानराज शर्माले पनि लोहनीको पक्षमा अभिव्यक्ति दिएका थिए । तर, उनका भाई दया शर्मा सुन तस्करीमा संलग्न रहेको कुरा बाहिर आएपछि शर्माको पनि मुख बन्द भएको थियो ।

हुण्डी विरुद्ध प्रहरीको कडाई, अष्ट्रेलियाबाट यसरी भित्रिन्छ अवैध रकम

काठमाडौं । सुन तस्करी, खेलमा हुने सट्टेबाजी, घुसदेखि अपहरणजस्ता संगठित अपराधमा हुण्डीमार्फत अवैध कारोबार बढ्न थालेपछि प्रहरीले कडाई शुरु गरेको छ । देशको अर्थतन्त्रको मेरुदण्ड बनेको विप्रेषण अझै पनि ठूलो परिमाणमा गैरकानुनी हुण्डीमार्फत आउने हुँदा अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा देशमा भित्रिन नसकेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अर्थ मन्त्रालयले हुण्डी कारोबारीविरुद्ध कारबाही गर्न प्रहरीलाई पटक–पटक निर्देशन दिंदै आएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

महानगरीय अपराध महाशाखाले जेठ २१ गते हुण्डी काराबोरमा संलग्न ७ जनालाई पक्राउ गर्यो । राजधानीको न्यूरोडलगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा नेपाल ओभरसिज मार्केटिङका राहुल राय अग्रवाल, एलाइट बिजनेश प्रालिका राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिव कुमार साङतानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया र रविन्द्र चोखानी, बिनिका सेल एण्ड साइन मार्र्र्केिटङका राजकुमार सिघान्ची र जगदिश सरियालाई महाशाखाले पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट ५१ लाख ४ हजार ५ सय नगद र ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानब्बे रुपैयाँ बराबरको चेक बरामद गरेको छ ।

यसअघि महाशाखाको टोलीले नक्साल भाटभटेनी नजिकैको एक बुटिक पसलबाट हुण्डी गर्न लागिएको १७ लाख अवैध रकमसहित वाइड हुसेन र उनका भाईलाई पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरी हुसेनको नेटवर्क भित्र पसेको खण्डमा ठूला हुण्डी कारोबारीहरुको पर्दाफास हुने एक व्यवसायी बताउँछन् । तर, हुसेनलाई मात्र मुद्दा चलाएर प्रहरी उसको नेटवर्क भित्र पस्न नसक्दा ठूला कारोबारी उम्कने खतरा बढेको छ । यद्यपी महाशाखाले भित्रभित्रै हुसेनसँग मिलेर काम गर्ने ठूला कारोबारीहरुलाई खोजि गरिरहेको स्रोत बताउँछ ।

हुसेनले नेपालबाट जेपी भट्टराई नाम गरेका व्यापारीको एजेन्ट बनी हुण्डीमार्फत अष्ट्रेलियाबाट आउने रकमलाई नेपाली बजारमा पु¥याउँदै आएका छन् । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको रकम भने जेपीका छोरा विनोदले फेसबुकमा मोवाइल नम्बर र रेट नै राखेर हुण्डीमार्फत नेपाल पठाउने गरेका छन् । अष्ट्रेलियामा अवैध रुपमा बस्दै आएका विनोदले सोझा साझा विद्यार्थीहरुलाई विभिन्न प्रलोभनमा पार्न फेसबुकमार्फत सहयोगीहरुलाई स्टाटस लेख्न लगाई हुण्डीबाट रकम पठाउन प्रोत्साहन गर्दै आइरहेका छन् ।

विदेशबाट आउने अवैध रकममध्ये सबैभन्दा बढि अष्ट्रेलियाबाट नेपाल भित्रिने गरेको छ । खाडी राष्ट्र, भारत र कोरियाबाट पनि हुण्डीमार्फत अवैध रकम भित्रिदै आएको छ । केही समय अघि एसएसपी दिवेश लोहनी अपराध महाशाखामा छँदा प्रहरीले जेपीको स्वार्थमा अर्का एक हुण्डी व्यापारीलाई पक्राउ गरी कारबाही गर्न खोज्दा जेपीको अवैध धन्दाको पोल खुलेको थियो । जेपीले प्रहरीलाई ति व्यापारी ठूलो कारोबारी हो भन्दै सूचना दिएर आफ्नो धन्दा लुकाई करोडौं असुल्न खोजेपछि दुबै जना कारोबारी रहेको खुलेको थियो ।

स्रोतका अनुसार अष्ट्रेलियामा रहेका भट्टराईका छोरा विनोद र ति व्यापारीका आफन्तबीच पार्टनरसीपमा हुण्डीको अबैध काम हुने गरेको थियो । जसका आधारमा भट्टराईले ग्राहकलाई पैसा दिँदै आएका थिए । अहिले प्रहरीले व्यापारको आवरणमा हुण्डीको काम गर्ने जेपीको समूहलाई पनि जालोभित्र पार्न लागेको छ ।

हुसेन कारबाहीमा परेपछि जेपी केही समय विदेश गई नेपाल फर्केका थिए । आफ्नै सूचनाका आधारमा प्रहरीले हुसेनलाई कारबाही गरेको भन्दै जेपी आफूलाई प्रहरीले केही गर्न नसक्ने बताउँदै हिड्न थालेको कारोबारहीहरुबीच चर्चा छ । जेपीलाई एक मेनपावर व्यवासायीले पनि हुण्डी कारोबारमा साथ दिंदै आएका छन् । ति व्यवसायीको प्रहरीका उच्च अधिकारीहरुसँग समेत उठबस रहेको छ । उनीहरुले हुण्डीमार्फत फसेको पैसा उठाउन प्रहरीमा लेनदेनको कागज बनाउँदै आएका छन् ।

आफूले निरन्तर हुण्डीको कारोबार गर्ने र विरोधिहरुलाई ठेगान लगाउन प्रहरीलाई सूचना दिई गोरे शैलीमा जेपीको समूहले काम गर्दै आइरहेको छ । तस्करीको साढे ३३ केजी सुन काण्ड र सनम शाक्य हत्या प्रकरणमा महाशाखाको छवी गुमेको थियो । पछिल्लो समय महाशाखाले आक्रमक रुपमा हुण्डी कारोबारीहरुलाई पक्राउ गरी कारबाही गर्न थालेपछि भारतको बोर्डरमा बसेर विदेशी नम्बर सञ्चालन गरी अवैध हुण्डीको कारोबार गर्दै आएका जेपीलगायत फन्दामा पर्ने अवस्था देखिएको छ ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह भने अवैध हुण्डी कारोबारीविरुद्ध सचेत भएर नै हुण्डी कारोबारीविरुद्ध अप्रेसन सुरु गरिएको बताउँछन् । उनले भने–‘हुण्डी कारोबारीहरु फन्दामा पर्ने क्रम जारी छ । प्रहरीले कुनै पनि त्रुटिपूर्ण काम गर्दैन ।’

हेटौंडा भेलालाई हतियारको रुपमा प्रयोग गर्दै देउवा, पौडेललाई सिटौलाको कडा टक्कर

काठमाडौं । निर्वाचनमा भएको पराजयपछि चर्को आलोचना खेप्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा माहोल बनाउँदै लगेका छन् । जिल्ला सभापतिहरूको भेला बोलाउन लगाएका सभापति देउवाले विशेष महाधिवेशन र महासमिति बैठकलाई टार्ने योजना बनाएका छन् ।

जिल्ला सभापतिहरूको भेला बोलाउने विधानमा नै व्यवस्था छैन । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दवाव र आलोचनालाई केही मत्थर बनाउन देउवाले जिल्ला सभापतिहरूको भेलालाई हतियारका रुपमा प्रयोग गर्न लागेको आरोप छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

जिल्ला सभापतिहरूको भेला असार ५, ६ र ७ गते हेटौंडामा हुँदैछ । भेलालाई देउवाले उद्घाटन गर्नेछन् । भेलामा पौडेल समूह पनि सहभागी हुनेछ । पौडेल समूहका एकजनाले नेताले भने,‘विशेष महाधिवेशनको कुरा उठेको थियो । महासमितिको बैठकको कुरा पनि आएको थियो । सभापति शेरबहादुर देउवाले ती दुबै कुराबाट पञ्छिन विधानमा नभएको व्यवस्थालाई अनुसरण गर्नुभएको छ । तैपनि जिल्ला सभापतिहरूको भेलाले केही हदसम्म कांग्रेसभित्रको विवादलाई समाधान गर्न सहयोग मिल्नेछ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले जिल्ला सभापतिहरूको भेलाले निर्वाचनमा भएको हारको समीक्षा गर्ने बताए । ‘हामी किन र कसरी हा-यौं त्यसको तस्बीर जिल्ला सभापतिहरूले दिनु हुनेछ’, उनले भने,‘विधानले के भन्छ भन्दैन मलाई थाहा भएन । तर, जिल्ला सभापतिहरूको भेला समय सन्दर्भअनुसार उचित र ठीक छ ।’

पौडेल समूहले निर्वाचनको पराजयको विषयलाई लिएर देउवालाई विशेष महाधिवेशनबाट हटाउने योजना बनाएको छ । तर, देउवा पनि पौडेल समूहको दवाव र योजना समक्ष झुक्ने पक्षमा छैनन् । १२औँ महाधिवेशनका बेला विपरित ध्रुबमा रहेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला अहिले एक भएका छन् । तर, पौडेल समूहलाई सिटौला समूहले अहिले पनि मान्यता दिन सकेको छैन ।

दुई दिन अगाडि सिटौला समूहले काठमाडौंको बत्तीसपुतलीमा भेला आयोजना गरेको थियो । नेविसंघको नाममा गरिएको सिटौला समूहको भेलामा सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहलाई बोलाइएको थिएन । निर्वाचनका बेला घाइते भएकी कार्यकर्तालाई आर्थिक सहयोग उपलब्ध गराउने नाममा कुन्दन काफ्ले समूहले नेविसंघको व्यानर प्रयोग गरेको थियो ।

कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउनुको साटो एकले अर्कोलाई निषेधको राजनीति गरेर जगत हँसाएको भनेर आलोचना हुँदै आएको छ । सिटौला र पौडेल समूह मिलेर कांग्रेसलाई बलियो बनाउन सक्छन् । तर, सिटौला र पौडेल समूह आफैमा मिल्न सकिरहेका छैनन् ।

त्यति मात्रै होइन पौडेल समूहका प्रकाशमान सिंह पनि कसैलाई नेता मान्ने पक्षमा छैनन् । प्रतिनिधि सभा निर्वाचनमा विवेकशील साझा पार्टीका रविन्द्र मिश्रलाई झिनो मतअन्तरले पराजित गरेका सिंहले आफ्नो क्षेत्रमा हप्ताको दुई दिन कार्यकर्तासँग प्रत्यक्ष भेट्ने गरेका छन् । उनले ती भेटहरूमा आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएको भन्ने गरेका छन् ।

चिठ्ठा परेको भन्दै ‘इमो’ मार्फत ठगी गर्ने दुईजना पक्राउ

प्रकाश खनाल । २२ जेठ, नुवाकोट । सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँको एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३ इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्धामा कारबाही सुरु गरेको छ ।
नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत रु २५ लाखको चिठ्ठा परेको भन्दै त्यो रकम प्राप्त गर्न राजश्व शुल्क चाहिने लगायतका बाहनामा ती महिलालाई ठगी गर्ने ३४ वर्षका घिमिरे विरुद्ध सोमबार नुवाकोट जिल्ला अदालतमा मुद्धा दर्तागरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिनुभयो ।
“इमो मार्फत बिजय कुमार भन्ने व्यक्तिले फोन र सन्देश मार्फत ठगी गर्ने गिरोहको सदस्य घिमिरे माथी गरिएको अनुसन्धानको क्रममा थप अन्य व्यक्तिहरु पनि ठगी गरेको तथ्यहरु भेट्टिनेक्रम सुरु भएको छ ।” प्रहरी प्रमुख कुंवरले बताउनुभयो “सबैजसो बैंकमा खाता खोल्ने र नेपालदेखि भारतसम्म नै सञ्जाल रहेकाले अनुसन्धानको दायरामा धेरैको संलग्नता देखिएको छ ।”
उहाँको अनुसार पक्राउ परेका घिमिरेको बयानको आधारमा प्रहरीले काठमाडौ महानगरपालिका–२१ का अमिर शाक्यलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।
उनीहरु पक्राउ परेको जानकारी पाएपछि पीडितहरुबाट उजुरी संकलन सुरु गर्ने क्रममा पोखराका अस्मी गुरुङले ‘आफू पनि ठगिएको’ भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।
नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरे बापत चिठ्ठा परेको भन्दै इमो मार्फत यसअघि यहाँको तार्केश्वर गाँउपालिका–१ दाङसिंहका दुई युवासंग पनि रु दुई लाख ४५ हजार ठगी भएको थियो ।
उनीहरुलाई ठगी गर्ने पनि अहिले पक्राउ परेका व्यक्तिहरुबाट नै हुनसक्ने प्रहरीको दाबी छ ।

चिठ्ठा परेको भन्दै ‘इमो’ मार्फत ठगी गर्ने दुईजना पक्राउ

प्रकाश खनाल । २२ जेठ, नुवाकोट । सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँको एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३ इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्धामा कारबाही सुरु गरेको छ ।
नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत रु २५ लाखको चिठ्ठा परेको भन्दै त्यो रकम प्राप्त गर्न राजश्व शुल्क चाहिने लगायतका बाहनामा ती महिलालाई ठगी गर्ने ३४ वर्षका घिमिरे विरुद्ध सोमबार नुवाकोट जिल्ला अदालतमा मुद्धा दर्तागरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिनुभयो ।
“इमो मार्फत बिजय कुमार भन्ने व्यक्तिले फोन र सन्देश मार्फत ठगी गर्ने गिरोहको सदस्य घिमिरे माथी गरिएको अनुसन्धानको क्रममा थप अन्य व्यक्तिहरु पनि ठगी गरेको तथ्यहरु भेट्टिनेक्रम सुरु भएको छ ।” प्रहरी प्रमुख कुंवरले बताउनुभयो “सबैजसो बैंकमा खाता खोल्ने र नेपालदेखि भारतसम्म नै सञ्जाल रहेकाले अनुसन्धानको दायरामा धेरैको संलग्नता देखिएको छ ।”
उहाँको अनुसार पक्राउ परेका घिमिरेको बयानको आधारमा प्रहरीले काठमाडौ महानगरपालिका–२१ का अमिर शाक्यलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।
उनीहरु पक्राउ परेको जानकारी पाएपछि पीडितहरुबाट उजुरी संकलन सुरु गर्ने क्रममा पोखराका अस्मी गुरुङले ‘आफू पनि ठगिएको’ भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।
नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरे बापत चिठ्ठा परेको भन्दै इमो मार्फत यसअघि यहाँको तार्केश्वर गाँउपालिका–१ दाङसिंहका दुई युवासंग पनि रु दुई लाख ४५ हजार ठगी भएको थियो ।
उनीहरुलाई ठगी गर्ने पनि अहिले पक्राउ परेका व्यक्तिहरुबाट नै हुनसक्ने प्रहरीको दाबी छ ।

लिखुका विद्यार्थीबाट २१ नयाँ उपकरण अविस्कार

अशोक ढकाल
खानीगाँउ । ‘नुवाकोट बिज्ञान क्लब’मा आबद्ध यहाँको विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण अविस्कार गरेका छन् ।
लिखु गाँउपालिकामा जन्मेर डिप्लोमा ईञ्जिनियर अध्ययनरत विद्यार्थीहरु मिलेर क्लब मार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सर लगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरणहरु अविस्कार गरेका हुन् । उक्त उपकरण लिखु गाँउपालिका–१ स्थित नारायणदेवी माविमा प्रदर्शनी समेत गरिएको छ ।
अध्ययनको क्रममा सिकेको सिपलाई अभ्यासको माध्यमबाट व्यवहारमा उतार्न सफल भएको क्लबका अध्यक्ष नरेश्वर पाण्डेले जानकारी दिनुभयो ।
“बट्टार स्थित शुभेनियर बोर्डिङ स्कुलबाट विसं २०७२ सालको माध्यामिक शिक्षा परीक्षामा लिखु गाँउपालिकाबाट सहभागी विद्यार्थी मात्र क्बलमा आबद्ध छौ ।” अध्यक्ष पाण्डेले भन्नुभयो “विद्यालयतह, दश जोड दुई र अहिले केन्द्रीय क्याम्पसमा डिप्लोमा इन ईञ्जिनियर अध्ययनका क्रममा पाठ्यक्रममा उल्लेखित विषयवस्तुको सहयोगले नयाँ उपकरणको अविस्कार गर्न सफल भएका हौ ।”
राती आफै बल्ने र दिउँसो आफै निभ्ने बत्ति, सेन्सर मार्फत चल्ने स्वचालित धारो र पानी तान्ने उपकरण, हाइड्रोलिक डोजर, विद्युतीय नियन्त्रक उपकरण लगायतका प्रविधि दैनिक जीवनमा प्रयोग गरी लाभ लिन सकिने क्बलका उपाध्यक्ष जनार्दन ढकालले जानकारी दिनुभयो ।
“ड्रोनको निर्माण अन्तिम चरणमा पुगेकाले अब परीक्षणको क्रममा छ तर, सञ्चालन तथा उपयोगको लागी कानूनी समस्याले ढिलाई भइरहेको छ ।” ढकालले  भन्नुभयो ।
२१ प्रकारका नयाँ अविस्कार निर्माण गर्न रु पाँच लाख खर्च भएको र त्यसमा केही लिखु गाँउपालिकाको समेत सहयोग छ । “सामाग्रि खरिदमा धेरै लगानी नहुने भएपनि यसमा मिहेनत खर्चनु पर्र्छ ।” उहाँले भन्नुभयो “यसअघिका अविस्कार र आधुनिक समाजको मानवीय जीवनको दैनिकीमा सहयोग पुग्ने उपकरण निर्माणमा लाग्ने अब सोच बनाएका छौ ।”
क्बलमा आबद्ध विद्यार्थीहरु हाल सुरक्षा प्रणाली, सेन्सर, स्वचालित र रोबट प्रणाली लगायतका उपकरण निर्माणमा जुटेका छन् ।

१५ केदी माफी पाएर रिहा

ढुङ्गे । ११औँ गणतन्त्र दिवसका अवसरमा जिल्ला कारागारमा रहेका पन्ध्र जना कैदी बन्दीको बाँकी कैद माफी गर्दै रिहा गरिएको छ ।
कैद मिनाहा पाउनेमा बहुबिबाह मुद्धाका सात जना, चोरी मुद्धाका चारजना, सवारी ज्यान मुद्धाका दुई जना र कर्तव्य ज्यान र कुटपिट मुद्धाका एक÷एक रहेको कारागार प्रमुख टंक चिमोरियाले जानकारी दिनुभयो । कैद मिनाह पाउनेमा बहुबिबाह अन्तगतका पूर्णबहादुर नेपाली, सरिता नेपाली, रामबहादुर चित्रकार, राजकुमार बलामी, विक्रम बलामी, नानू बलामी र बिशु तामाङ रहेका छन् । कर्तव्य ज्यान मुद्धाका कैदी प्रमिला थापा, सवारी ज्यान मुद्धाका जीवन विश्वकर्मा र आइतराम तामाङ, कुटपिट मुद्धाका बम्बु तामाङ रहेका छन् ।
गणतन्त्र दिवसको अवसरमा कैद माफी पाएर रिहा हुनेमा चोरी मुद्धाका गजमान तामाङ, लक्ष्मण भनिने लक्षमान तामाङ, सेते भनिने हरिबहादुर तामाङ र सरिता थापा (सुनार) रहेको कारागार प्रमुख चिमोरियाले जानकारी दिनुभयो ।
उहाँको अनुसार कारागार ऐन २०१९, नियमावली २०२० संशोधित २०७३ को तफा २९ अनुसार तोकिएको कैदको चालिस प्रतिशत कैद भुक्तानी गरेका, असल आचरण भएका, कानूनले माफी दिन सक्ने भनेर किटानी गरेका मुद्धाका कैदीलाई कारागार प्रशासनको सिफारिसको  आधारमा कैदीको बाँकी रहेको कैद मिनाहा भएको हो ।
पचास जना बन्दी गृह क्षमता रहेको यहाँको कारगारामा अब १४६ जना पुरुष र ११ जना महिला कैदी रहेका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web