दोधारा चाँदनीको बडुवाल टोलमा बिद्युत बत्ती बल्ने भएपछि स्थानियबासी हर्षित

पप्पु गुरुङ्, २५ चैत्र, दोधारा चाँदनी/ कञ्चनपुर । हात्तीको आतंकबाट लामो समय देखि मारमा खेप्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका बासिन्दामा बिद्युत बत्ती जल्ने भएपछि उनिहरु हर्षित भएका छन् । नेपाल बिद्युत प्रधिकरणले उपलब्ध गराएको ५ वटा बिद्युत पोललाई दिएपछि चाँडै बडुवाल टोलमा बिद्युत बत्ती बल्ने भएको छ् । बडुवाल टोलमा बिद्युत बत्ती बल्ने भएपछि स्थानियहरुमा खुशी छाएको छ् । “अब बल्ल हामी सुरक्षित हुने भयौं” स्थानिय बुद्धी देबि सुनारले भने । दोधारा चाँदनीको बडुवाल टोल, वडा नं. ३ मा १ सय २५ घरधुरीमा ६ सय ६९ परिवार बस्दै आएका छन् । नेपाल बिद्युत प्रधिकरणले केही महिना अघि ६० थान पोल र एक थान ट्रान्सफरमर बडुवाल टोललाई उपलब्ध गराएको थियो । स्थानियहरुको आपसी बिबादको कारण ५ थान बिद्युत पोल अन्यत्र खोसेर लगेपछि बिद्युत लाईन बिस्तारमा समस्या आएको प्रधिकरणले जनाएको छ् । नेकपा (एमाले ) दोधारा चाँदनी नगरकमिटीका अध्यक्ष किशोर कुमारले महेन्द्रनगरबाट ढुवानी भाडा दिएर हिजै बिद्युत पोल दोधारा चाँदनीमा ल्याएपछि बडुवाल टोलमा चाँडै बिद्युत बत्ती बल्ने निश्चित भएको स्थानियबासी आशा रानाले बताएका छन् । बिगत लामो समय देखि भारतिय जंगलबाट आएको हात्तीको बथानले स्थनियहरुको बाली नोक्सानस् गनुृको साथै घरवार भत्काउदै आएको समस्या केही हद सम्म हल हुने अड्कल काट्न थालिएको छ् ।
 

 

आणबीक आक्रमण धम्कीपछि जापान, दक्षिण कोरियार अमेरिकाको उत्तरलाई चेतावनी

१९ चैत, एजेन्सी ।
आफुलाई उक्साउने काम गरे आणविक आक्रमण गर्ने उत्तरकोरियाको धम्कीपछि जापान सहित अमेरिका र चीनले संयुक्तरुपमा उसलाई उत्तेजनामा नआउन चेतावनी दिएका छन् ।

उत्तर कोरियाको आणविक हतियारबारे भएको छलफलपछि अमेरिकी राष्ट्रपति बाराक ओबामा, दक्षिण कोरियाली राष्ट्रिपति पार्क गुनहेई र जापानी प्रधानमन्त्री सिन्जो आवेले उत्तरलाई चेतावनी सहित विज्ञप्ति जारी गरेका छन् ।

अमेरिकाको पहलमा वासिंटनमा भएको परमाणु शिखर सम्मेलनका क्रममा उत्तर कोरियालाई परमाणु कार्यक्रम बन्द गर्न संयुक्त रुपमा चेतावनी दिंदै संयम रहन भनिएको छ ।

ओबामाले सोही क्रममा चिनियाँ राष्ट्रपति शि जिनपिङसँग पनि उत्तर कोरियाको परमाणु कार्यक्रमबारे छलफल गरेका थिए ।

केही समयअघि उत्तर कोरियाले लागातर दुईवटा परमाणु हतियार परीक्षण गरेपछि अमेरिकाले उत्तर कोरियामाथिको नाकाबन्दी थप कडा बनाएको थियो ।

उत्तर कोरियाले भने त्यसलगत्तै अमेरिकाको राजधानी वासिंङटन डिसी ध्वस्त बनाएको एनिमेसन भिडियो सार्वजनिक गरेको थियो ।

उनीहरुबीच पनि उत्तर कोरियाको परमाणु क्षेप्यास्त्र परीक्षण रोक्न सामूहिक रुपमा अघि बड्ने सहमति भएको छ ।

एकदिन अघिमात्र अर्को रकेटको परिक्षण गरेको उत्तर कोरियाले भने यि राष्टले दिएको चेतावनी पछि केही बोलेको छैन ।

आफुलाई उक्साउने काम नगर्न भन्दै दक्षिण कोरिया र अमेरिकालाई संयुक्त सैन्य अभ्यास सिमा क्षेत्रमा नगर्न भनेपनि अमेरिकाले नै उत्तरलाई उक्साउने काम गर्दै आएपछि कोरियन प्रायद्धिपमा सँधै युद्धको अवस्था देखिने गरेको छ ।

उत्तर कोरियाको साथमा रहेको ठानिएको चीनलेपनि पछिल्लो समय अमेरिकाले प्रस्ताव गरेको उत्तर कोरियालाई आणविक हतियार विहिन बनाउने योजनामा सहमत जनाउँदै आएको छ ।

तर उत्तर कोरियाले भने आफु आणविक हतियार सम्पन्न भइसकेको भन्दै अब कसैको धम्कीले नडराउने भन्दै हिम्मत भए आक्रमण गरेर देखाउन अमेरिकालाई चेतावनी दिंदै आएको छ ।

राहत समाग्रीको दुरुपयोग, मान्छेलाई गुन्द्री बाख्रालाई ब्ल्यांकेट !

काठमाडौं,चैत २० । भूकम्पपीडितलाई संघसंस्थाहरुले गरेको सहयोगको अनुगमन गर्न मार्मिङ गाउँ विकास समितस्थित त्याङथली पुगेका प्रमुख जिल्ला अधिकारी गाकर्णमणि दुवाडी गाउँमा एउटा दृश्य देखेपछि आश्चर्य चकित बने । मानिसभन्दा पशुका लागि राम्रो देखेपछि उनी अचम्मित भएका अाजको राजधानी दैनिकमा समाचार छ ।

संघसंस्थाले भूकम्प लगत्तै निर्माण गरिदिएको अस्थायी टहरामा बाख्रा बाँधिएको थियो । बेलुकी बाख्रा राख्नको लागि व्यवस्थित नै थियो । बाहिर भने ब्ल्यांकेटले बारेर बाख्रालाई हावाहुरीबाट जोगाइएको थियो ।

जस्ताको अस्थाई टहरामा बाख्रालाई जोगाउन ब्ल्यांकेटले बारेको मात्रै होइन, नजिकै रहेको मान्छेलाई बस्न निर्माण गरिएको अस्थायी टहरोमा भने गुन्द्रीले बारिएको थियो ।

प्रमुख जिल्ला अधिकारी अधिकारी र संघसंस्थाको प्रतिनिधि तयस्ता दृश्य देखेपछि छक्क पर्‍यो । स्थानी भने  भन्दै थिए, सरकार र संघसंस्थाले हामीलाई सहयोग गरेनन् बरु प्रचार मात्र गरे ।संघसंस्थाले आफूखुसी त्रिपाल, जस्ता, ब्ल्यांकेट लगायतका राहत समाग्री वितरण गर्दा कतै समानको दुरुपयोग भएकेा छ भने कतै भूकम्पपीडितको स्थिति नाजुक बनेको छ ।

 

माओवादी आन्दोलन पूर्ण रुपमा एकताबद्ध हुन्छ– दाहाल

१ बैशाखा,  काठमाडौं ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई नयाँ चरणमा पुर्याउन र आर्थिक समृद्धिमा अघि बढाउने महत्वपूर्ण अवसरलाई कार्यान्वयन गर्न सबै देशभक्त शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद परिवार समाज र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको संयुक्त प्रशिक्षण भेलालाई आज सम्बोधन गर्दै उहाँले सबै खाले बाधा व्यवधानलाई छिचोलेर अगाडि बढ्ने र जनताको भावनालाई सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

माओवादीमा विश्वास गर्ने शक्तिहरुबीचको एकता प्रक्रिया छिट्टै लक्षित उद्धेश्यमा पुग्ने विश्वास उहाँले ब्यक्त गर्नुभयो ।

सशस्त्र द्वन्दका बेला मृत्यु भएका तथा वेपत्ता भएकाहरुका सपना पूरा गर्न आफु प्रतिवद्ध भएको पनि अध्यक्ष दाहालले बताउनुभयो ।

नेपाल बिरुद्ध वक्तव्यबाजी गर्ने युरोप र भारतको नेपाल सरकारद्धारा बिरोध

१९ चैत, काठमाडौं ।
नेपाल सरकारले ब्रसेल्समा सम्पन्न युरोपेली संघ र भारतको १३ औ शिखर बैठक पछि जारी संयुक्त बक्तव्यमा उल्लेखित नेपाल सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज प्रेस बिज्ञप्ति जारी गरि संबिधान निर्माण र जारी एउटा देशको आन्तरीक मामिला भएको स्पष्ट गरेको छ ।

युरोपेली संघ र भारतको संयुक्त बक्तव्यले नेपाली जनताको भाबनामा ठेस पुर्याएको मात्र नभई राष्ट्रसंघीय वडापत्र र अन्तराष्ट्रिय कानूनको समेत उल्लंघन गरेको बिज्ञप्तिमा जनाइएको छ ।

नेसपाको राष्ट्रिय महाधिवेशन जनकपुरमा शुरु

२६ चैत, जनकपुर ।
नेपाल सद्भावना पार्टीको छैठौं राष्ट्रिय महाधिवेशन आज देखि जनकपुरधाममा शुरु भएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन पार्टीका राष्ट्रिय अध्यक्ष अनिल कुमार झाले गर्नु भयो ।

महाधिवेशनमा १ सय १ निर्वाचन क्षेत्रवाट ८ सय ९२ जना प्रतिनिधि र १ सय २५ जना पर्यवेक्षक गरेर १ हजारको सहभागिता रहेको छ ।

चैत्र २८ गतेसम्म चल्ने त्यस राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय अध्यक्ष सहित ३० जना केन्द्रीय सदस्यको चयन हुनेछ ।

पुग्ला त बोली । उर्जामन्त्री भन्छन् -‘बैशाखदेखि ३ देखि ५ घण्टासम्ममात्रै लोडसेडिङ’

काठमाडौं, चैत्र २७ । उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँ वर्ष २०७३ (बैशाख) मा लोडसेडिङ् आधारभूत रुपमा अन्त्य हुने र ०७४ सालमा पूर्णरुपमा अन्त्य हुने घोषणा गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले लोडसेडिङ् अन्त्य गर्ने सवै पूर्वाधार पूरा भैसकेकोले आगामी नयाँ वर्षवाट यसको प्रभाव देखिने उद्घोष गरेका हुन् ।
 
उनले भने,‘उर्जा संकट निवारण गुरुयोजनाअनुसार द्रुत गतिमा काम भैरहेकोले आगामी २०७३ सालमा दैनिक ४ देखि ५ घण्टासम्ममात्रै लोडसेडिङ् हुने ठोकुवा गर्दछु, मैले बलियो जग हालिसकेको छु, सरकार परिवर्तन भएपनि केही असर पर्दैन, काम अघि बढ्छ ।’

आयोजित साक्षात्कारमा मन्त्री रायमाझीले विभिन्न अपठ्यारो परिस्थितिको बावजुद पनि आफूले उर्जा क्षेत्रमा आमूल परिवर्तन ल्याएको दाबी गर्दै अब मुलुकले आगामी दिनमा उर्जाको समस्या भोग्नु नपर्ने बताए । उनले भने,‘हामी केही वर्षमै विद्युत उत्पादन गरेर निर्यात गर्ने सामाथ्र्य राख्नेछौं ।’
उनले उर्जा क्षेत्रको विगत १ सय ५ वर्षे लामो ईतिहास अत्यन्तै कमजोर रहेको उल्लेख गर्दै पूरानोलाई क्रमभंग गरेर नयाँ गुरुयोजनाहरु सूचारु गर्न आफूले उल्लेखनीय काम गरेको दाबी गरे ।

उनले भने,‘उर्जा क्षेत्रको संकट निवारणका लागि उर्जा दशकको रुपमा मैले विभिन्न विशेषज्ञहरुसँग परामर्श गरेर वैज्ञानिक र वस्तुवादी कार्ययोजना ल्याएको छु, यसले उर्जा क्षेत्रमा उथलपुथल ल्याउँछ ।’
उर्जा क्षेत्रको विकासको लागि विभिन्न ठाउँमा सञ्चालित आयोजनाहरुलाई समेत समायावधिमै समाप्त गर्न आपूmले आवश्यक पहलकदमी चालिसकेको जानकारी दिँदै उनले भने,‘निर्माणधिन सबै आयोजनाहरुलाई समयमै पूरा गर्न मैले आदेश दिसकेको छु।’
ठूला आयोजना अन्र्तगतका बुढीगण्डकी, नौमुरे, नलसिंहगाढ, अपर अरुण, सुनकोशी लगायतका हाईडा«ेप्रोजेक्ट समेत चाँडै निर्माण कार्य अगाडि बढ्ने मन्त्री रायमाझीले जानकारी दिए ।
भारतबाट आउने भनिएको ६ सय मेगावाट विद्युत्त ढल्केवर र अन्य ठाउँमा सव–स्टेशनको अभावका कारण आउन नसकेको बताउँदै त्यो पनि चाँडै आउने उनको दाबी छ । उनले क्रस ब्रोडर टा«न्समिसन लाईनको काम समेत तिव्र रुपमा अघि बढिरहेको बताउँदै छिट्टै चीन र भारतसँग विद्युत आदान–प्रदान हुने जानकारी दिए ।
ट्रान्समिसन लाईनको समस्याका कारण पूर्वी तराई र काठमाडौं उपत्यकावीच सन्तुलन कायम गर्न असहज भएको कारण उपत्यकामा दैनिक ११ घण्टा लोडसेडिङ् हुने गरेको मन्त्री रायमाझीले स्पष्ट पारे ।
अहिले ओलीको विकल्प छैन
फरक प्रसंगमा मन्त्री रायमाझीले ओली नेतृत्वको सरकारले स्थानीय निर्वाचन र संसदीय निर्वाचन गराएरमात्रै सत्ता हस्तान्तरण गर्ने दाबी गरे । उनले भने,‘यो सरकार ढल्ने सम्भावना नै छैन, यसले आफ्नो कार्यकाल पूरा गरेरै छाड्छ ।’
वर्तमान सरकार ढाल्न एमाओवादी अध्यक्ष नै लागिपरहेका छन नि भन्ने सञ्चारकर्मीको जिज्ञासमा मन्त्री रायमाझीले भने,‘यो मिथ्या हो, यो वामपन्थीको सरकार हो, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख वामपन्थीको छ, मुलुक वामपन्थीमय बनेको छ, यो अवस्थामा अध्यक्ष प्रचण्ड पनि सरकार परिवर्तन गर्ने पक्षमा हुनुहुन्न, त्यसैले अहिले ओलीको विकल्प छैन ।’
उनले ओलीकै नेतृत्वमा सहभागी भएर संविधान कार्यान्वयन गर्न प्रतिपक्षी दल काँग्रेस र मधेशवादी दलहरुलाई समेत आग्रह गरे् ।
कमल थापाको असन्तुष्टिले केही फरक पार्दैन
संघीयता कार्यान्वय गर्न बनेको संघीय आयोगवारे सरकारकै उपप्रधानमन्त्री कमल थापाको असन्तुष्टिले कुनै फरक नपर्ने भन्दै उनले भने,‘‘ सरकारमै बसेर असन्तुष्टी व्यक्त गर्नुको कुनै तुक छैन तर परिवारमा त कहिले असन्तुष्टि हुन्छ, यो कुरा त ऋषि धमलाजी स्वयम्लाई थाहा छ, त्यसैले हामी सरकारमा पनि धेरै दल छौं, असन्तुष्टि हुनु स्वभाविक हो ।’
बावुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आफू कुनै पनि हालतमा नजाने ठोकुवा गर्दै उनले भने,‘नयाँ नेपालमा नयाँ पार्टीहरु जन्मिन्छन्, तर आजको दिनमा एमाओवादी सवै हिसावले राष्ट्र विकासको पहेदार भएकाले म यही पार्टीमै बसेर जनताको सेवा गर्छु ।’

 

पशुसंग किन यौन सम्पर्क राखिन्छ ?

मानिसले पशुमाथि गर्ने बलात्कारलाई पाशविक क्रियाकै रुपमा लिइन्छ ।

तर दुनियामा कोही मानिसहरु यस्ता यौन पिपाशु हुन्छन् जसले जनावरहरु पनि छाड्दैनन् आफ्नो यौन प्यास मेटाउन । अमेरिकाको उत्तरपूर्वी फ्लोरिडामा हुने पशुकरणीका घटनामा बाख्रो नै सबैभन्दा बढि तारो हुने गरेको पाइएको छ ।

यसै विषयमा स्थानीय क्यारिभेल पत्रिकाले फिचर पनि प्रकाशित गरेको थियो । रिपोर्टमा शरोन क्रुज पिसिना नामकी एक महिलाले आफ्नो घरका ३ वटा बाख्रामाथि धेरै पटक लगातार बलात्कार भएको खुलासा गरेकी छिन् । बाख्रा करणीमा फ्लोरिडा निकै बदमान छ ।

सन् २००७ मा ४८ वर्षका एक पुरुषले फ्लोरिडाको मोसी हेडमा बाख्रामाथि बलात्कार गरेका थिए । बलात्कारपछि उनले बाख्राको हत्या गरे । त्यसपछि फ्लोरिडामा पशु करणीलाई यौन अपराध घोषित गरेर अवैध ठहर गरियो ।

ती पुरुषमाथि भने पशु चोरीको आरोपमा ११ महिना २९ दिनको जेल सजाय तोकिसकिएको थियो । बढ्दो पशु करणीसँगै एउटा प्रश्न उठेको उठ्छ, आखिर मानिसले पशुसँग किन सेक्स गर्छ ?

फोरेन्सिक विज्ञहरुका अनुसार यी १० थरीका मानिसहरु पशुकरणीमा संलग्न हुन्छन्

ह्युमन एनिमल रोल प्लेयर्स :  जसले जनावरसँग कहिल्यैपनि सेक्स गरेका हुँदैनन् । तर सेक्सको मामिलामा भड्किएसँगै उनीहरु जनावरप्रति आकषिर्त हुन्छन् ।

रोमान्टिक पाशविक : यस्ता मानिसहरु जनावरलाई पालेर राख्छन् र उनीहरु मनोयौनिकता तर्फ रुची राख्दछन् । तर करणी भने गर्दैनन् ।

अस्थीर कल्पनाशील व्यक्ति :  यस्ता मानिसहरु त्यस्ता हुन् जुो पशुसँग सहवासको कल्पना गर्छन् तर कहिल्यै गर्दैनन् ।

पशुमै हराउने :  यस्ता मानिसहरु पशुहरुलाई यौन मनोभावनाले स्पर्श गर्दछन् । पशुहरुलाई आलिंगन गर्छन् । पशुहरुको यौनांग पनि छुन्छन् तर सेक्स गर्दैनन् ।

अन्धभक्त मानिस :  यिनीहरु पशुहरुलाई हरेक कोणबाट हेर्छन् । कहिलेकाहीँ कामूक नजरबाट नाप्दछन् । पशुहरुबीचमै हुने यौनक्रिडाका बेला पनि उनीहरु बढि नै सक्रिय हुन्छन् ।

यौन पिपासु : उनीहरु पशुसँग सेक्स गर्छन् र सेक्स मात्र होइन पशुलाई पीडा पनि दिन्छन् ।

मौकापरस्त :  उनीहरु यौन सम्बन्धको मामिलामा सामान्य हुन्छन् तर मौका मिल्नासाथ पशुसँग पनि सेक्स गर्न पछि पर्दैनन् ।

नियमित यौन पिपासुः यस्ता मानिसहरु पशुसँग सेक्स गर्न बढि मन पराउँछन् । उनीहरुलाई मानिससँग सेक्स गर्दा भन्दा पशुसँग सेक्स गर्दा बढि आनन्द आउँछ ।

हिंश्रक :  यस्ता मानिसहरु सेक्सका दौरान पशुको हत्या पनि गर्दछन् । पशु मरिसकेपछि समेत पशुमाथि सेक्स गर्न छाड्दैनन् ।

एक्सक्लुसिभ पाशविक :  यस्ता मानिसहरु केवल पशुसँग मात्र सेक्स गर्दछन् । मानिससँग गर्दैनन् ।

एजेन्सीको सहयोग/अनलाईनखवरबाट साभार

नेपाल बिरुद्ध बोल्ने भारत र ईयुलाई काँग्रेस र मधेशी मोर्चाको साथ

२१ चैत, काठमाडौं ।

भारत र युरोपेली युनियन 'ईयु'ले संयुक्त विज्ञप्तिमार्फत नेपालको संविधानबारे प्रतिकूल टिप्पणी गरेको भन्दै सरकार र वाम दलबाट तीब्र आलोचना भइरहँदा प्रमुख पतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चा विज्ञप्तिको समर्थनमा देखिएका छन् ।
 
नेकपा मालेका अध्यक्ष एवं उपप्रधानमन्त्री सीपी मैनालीले भारत र र्इयुको टिप्पणी र व्यवहारलाई नेपालीमाथिको हस्तक्षप बताएका छन्।
 
तर सर्वाधिक मतद्वारा नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य चुनिएका डा। शेखर काइरालाले नेपाली सार्वभौमिकतालाई पुनःपरिभाषित गर्नुपर्ने अडान लिएका छन् ।

कांग्रेसका अन्य नेताहरूबाट भारत र ईयुको संयुक्त वक्तव्यबारे आधिकारिक प्रतिक्रिया नआएपछि पार्टी नेता रामचन्द्र पौडेलसँग सम्पर्क गर्दा उनले यसबारे सभापति शेरबहादुर देउवासँग सम्पर्क गर्न आग्रह गरे।
 
'पार्टीको आधिकारिक धारढण सभापति देउवाबाटै आउँछ,' उनले भने । पौडेलको मौनता र कोइरालाको अभिव्यक्तिले भारतीय कूटनीतिक तहबाट अनौपचारिक रुपमा ‘नेपालको सार्वभौमसत्ताबारे बहस आवश्यक छ,’ भन्ने अभिव्यक्तिको अनुमोदन गर्छ।
 
उता सत्ता गठबन्धनमै रहेको गैरवाम शक्ति राप्रपाले भारत-इयु टिप्पणीको आलोचना गरेपनि सरकारको प्रतिक्रिया आवश्यकताभन्दा बढी भएको बताएको छ ।
 
आन्दोलनरत मधेसी मोर्चाका नेता एवं सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने संविधान निर्माणमा भारतको उपेक्षा गरेबापत नेपालले खेप्नुपर्ने स्वभाविक प्रतिक्रिया ब्रसेल्सबाट आएको बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

बारको चुनावमा फर्जी मतदाता !

काठमाडौं,चैत २२ । नेपाल बारको शनिबार सम्पन्न निर्वाचनमा अर्कैको नाममा फर्जी भोट हाल्न मतदान केन्द्र पुगेको आरोपसहित ती व्यक्तिमाथि कारबाहीको माग राखेर बार महासचिव सुनलिकुमार पोखरेलले आइतबार प्रहरीसमक्ष किटानी जाहेरी दिएका छन् ।

पुनरावेदन अदालत पाटन बार एकाइको नक्कली परचयपत्र बनाएर गुल्मी लिम्घा घर भई हाल काठमाडौं बस्ने सागर ज्ञवालीले सर्वोच्च अदातलको पछाडि रहेको सिंहदरबारतर्फको ३ नम्बर बुथमा फर्जी मत खसाउने प्रयास गरेको दाबी जाहेरीमा गरिएको आजको अन्नपूर्णमा समाचार छ ।

पाटन बारमावामपन्थी निकट प्रगतिशील समूहको वर्चस्व छ । बास्तविक मतदाता रहेका अधिवक्ता शैलेशकुमार अर्यालको कानुनव्यवसाइी प्रमाणपत्र बनाएर ज्ञवालीले मत खसाउने दुस्प्रयास गरेको भन्दै जाहेरीमा कारबाही माग गरिएको छ ।

 

विद्रोहको तयारीमा वामदेव,संस्थापन छाड्ने मनस्थितिमा

काठमाडौं,चैत २२ । पार्टीको नवौं महाधिवेशनमा खुलेर अध्यक्ष केपी शर्मा ओलीतर्फ लागेका उपाध्यक्ष वामदेव गौतम समूह संस्थापन पक्षसँग असन्तुष्ट बनेको छ। झन्डै एक दर्जन केन्द्रीय सदस्य भएको गौतम समूह संस्थापनको साथ छाड्ने मनस्थितिमा पुगेको छ। अध्यक्ष ओलीसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष गौतम अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग असन्तुष्ट बनेको उनी निकट स्रोतले बतायो।
 
पछिल्लो समय उपाध्यक्ष गौतम अध्यक्षको साथ छोडेर मध्यमार्गी जस्तै देखिएका छन्। गत साता बसेको स्थायी समिति बैठकमा समेत उनले संस्थापन पक्षलाई साथ दिएनन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र संस्थापन पक्षबीच विभागमा राख्ने नामका विषयमा विवाद हुँदा उनले मध्यमार्गी बाटो अपनाउँदै सवैलाई समेटर लैजान सुझाव दिएका थिए।
 
नवौं महाधिवेशन अघिसम्म तत्कालीन अध्यक्ष झलनाथ खनालका पक्षमा रहेका गौतम त्यसयता भने अध्यक्ष ओली पक्षमा लागेका थिए।संसदीय दलको निर्वाचन हुँदा पनि गौतमले खुलेरै ओलीको समर्थन गरेका थिए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

इएल क्लासिकोः फेरि एकपटक रोनाल्डो भर्सेज  मेस्सी

एजेन्सी,चैत १९ । स्पेनिस क्लब बार्सिलोनाले शनिबार राति ला लिगा रियल मड्रिडको सामना गर्दैछ । रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लब सम्हालेपछि हुन लागेको यो पहिलो एल क्लासिको लागि विश्वले नै महत्वपूर्णको साथ हेरेको छ ।  आफ्नै घरेलु मैदानमा रियाललाई आतिथ्यता दिँदा बार्सिलोना स्पष्ट जीतको खोजीमा मैदान उत्रदै छ । 

३९ खेलमा अपराजित रहेको बार्सिलोनालाई  रियल म्याड्रिडले हराउन सके ला लिगाले रोमाञ्चक मोड लिनेछ ।  बार्सिलोनामा लियोनल मेसी, लुईस सुआरेज र नेइमारजस्ता विश्वकै उत्कृष्ट खेलाडी छन् । तर तीनै खेलाडी भर्खरै मात्र आ–आफ्नो देशका लागि विश्वकपको छनोट खेल खेलेर फर्किएका छन् । तर, डिफेण्डर म्याथुले यो सिजनका बाँकी खेलहरु गुमाउने भएका छन् । बार्सिलोनाको गोलकिपर ब्राभो भन्दा अगाडि डिफेन्स लाइनमा जोर्डी अल्बा, ड्यानी अल्भेस, जेरार्ड पीके र मासेरानो हुनेछ । 

अनुभवी खेलाडीका साथ बार्सिलोना उच्च मनोबलको साथ मैदान उत्रने छन् ।  बार्सिलोनाले खेल जितेमा प्रशिक्षकको परीक्षामा जिनेदिन जिदान फेल हुनेछन् । च्याम्पियन्स लिगमा रियाल म्याड्रिडले एएस रोमालाई हराएपछि जिनेदिन जिदानमाथिको दबाब कम भएको । तर स्पेनिस ला लिगामा रियाल म्याड्रिड बार्सिलोनाभन्दा निकै पछि छ । 

क्रिष्टियानो रोनाल्डो ,बेल तथा लुकास भाजक्वेज जस्तो ठूला हतियारको साथ मैदान उत्रन लागेको रियलपनि  बार्सिलोनालाई चुनौती दिने दाउमा रहेको छ । 

रियल मड्रिडको गोलपोष्ट नाभासले सम्हाल्नेछन् भने डानिलो, रामोस्, पेपे र मार्सेलोले डिफेन्स लाइन सम्हाल्नेछन् भने मिडिफिल्डमा टोनी क्रुज र लुका मोडरिक हुनेछन् । फवार्ड लाइनमा भने बेलसँगै करिम बन्जिमा र  रहनेछन् । 

रियाल र बार्सिलोनाबीचको खेललाई रोनाल्डो र मेस्सीको भिडन्तको रुपमा लिईन्छ । 
रियाल म्याड्रिडले यस सिजन घर बाहिर राम्रो खेलेको छैन् । बेनिटेज प्रशिक्षक छदाँ नै रियाल घरबाहिर कमजोर देखिएको थियो र जिदानको प्रशिक्षणमा पनि यो क्रम जारी छ । 
 

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web